म अब रक्सी खान्न !

आजका नयाँ पुस्ता आफ्ना अभिभावक वा आफन्तलाई झुक्काएर वा लुकेर रक्सी खान्छन् । यसरी लुकेर रक्सि खाँदा झन धेरै समस्या आउने रहेछन् । कुनै दिन अकस्मात बिरामी नपरिएला भन्न सकिन्न । त्यो दिन अस्पतालको बेडमा वुवा, आमा वा दाईको अगाडि डाक्टरले रक्सी पिउनु हुन्छ भनेर सोध्दा , उत्तर के दिने ? खान्न भनौँ भने रोग पत्ता लगाउन गार्हो पर्छ कि भन्ने डर । खान्छु भनौ भने वुवा अगाडि रुन्चे मुख डरले काप्दै बस्नु भएको छ। ठ्याक्कै यहि वेला डाक्टरले सोध्ने प्रश्नको उत्तर के हुन्छ ? यसको उत्तर हजार चोटि आफ्नै मनलाई सोध्नुस् र रक्सि खाने वा नखाने निर्णय गर्नुहोस् ।

यो साल कहिले लकडाउन वा कहिले कोरोनाको त्रासले खासै बाहिर निस्कन सकिएन। बिशेष काम पर्दा निस्कनु पर्थो भने कहिले निस्कनैपर्ने वाध्यता पर्थो। अझै भन्नु पर्दा अस्पताल वा अस्पताल एरियामा हिड्न खुब डर लाग्थ्यो। तर समय मेरो प्रतिकूलमा चलिदियो । यही वेला बुबा बिरामी परेर सात दिन अस्पताल बस्नुपर्ने वाध्यता आईलाग्यो।

पहिलो दिनै बुबालाई अस्पतालले उहाँलाई आईसियुमा राख्यो। मैले आईसियुको ढोकापछाडि कालो म्याटको विस्तारा बनाएँ र आफू बस्ने ठाउँ ओगटेँ ।

आइसियुमा बुबाई राखेदेखि डाक्टरले हरेक चोटि सोध्ने प्रश्न थियो, बाले रक्सि खानु हुन्छ ? भोलिपल्ट पनि सुरुमा यहि प्रश्न गर्थे । प्रश्न पनि यस्तो तरिकाले गर्थे मानौ बुबाले रक्सि पिउनु हुन्छ भनेको भए रक्सिलाई दोष लगाएर आफु उम्किन पाइन्छ ।

हरेक पटक डाक्टरले सोधेको यो प्रश्नले मेरो मनमा ठ्रलो तरङ्ग ल्यायो । मनमा डरको भाव उत्पन्न भयो। डाक्टर बाहिर निस्केपछि नम्र अभिवादन गरेर सोधे, ‘डाक्टर साप बा लाई खास के भएको रहेछ ?’ मुखमा दुई ओटा माक्स लगाएका डाक्टरले सुस्तरी भने, ‘यदि रक्सि खानु हुन्न भने खासै ठ्रलो समस्या नहोला, तर रिपोर्ट नआई केहि भन्नचाहिँ सकिन्न।’

२ घण्टापछि रिपोर्ट आयो तर यो बीचमा मनमा वेचैनी उत्पन्न भयो । के सोचेँ, कहाँ सम्म सोचेँ, त्यो कुरा भावनामै सिमित राखेँ, माफ गर्नुहोस्, शव्दमा लेख्नै सकिनँ । रिपोर्ट खासै नेगेटिभ आएन हेमोलोग्लोबिनको मात्रा केही कम देखियो । दुई पोका रगत चढाएपछि बुबा अस्पतालबाट डिस्चार्ज हुनुभयो ।

डिस्चार्जपछि बुबा भन्नु हुन्थ्यो, ‘यदि रक्सि मात्रै खाएको भए ठ्रलो समस्या पर्थ्यो रे।’ पटक पटक डाक्टरले यो कुरा दोहोराउथे रे । त्यसपछि वुवाले भावुक हुदै भन्नु भो, ‘रक्सि नखा है कहिलै पनि । यहि दिनबाट मैले पनि रक्सि नखाने प्रण गरेँ ।

खासै धेरै रक्सि खाने त हैन तर आउटिङ जादा वुवा ममिलाई झुक्काएर कहिले काहि नखाएको भने हैन । कहिले काहि ट्रेकिङ जादा खुव रमाईलो हुन्थ्यो। ममिलाई पुग्ने वित्तिकै फोन गर्यो र भन्यो फलानो ठाउमा आईपुगेँ, आज यहाँ नै बसिन्छ। थाकेको छु, अब सुत्छु भनेर प्याक्क तान्न सुरु हुन्थ्यो। ममिलाई फोन गरेपछि फोन अफ गर्थे । मलाई त टन्टै साफ तर गलफ्रेन हुने साथिलाई बहुत समस्या पर्थ्यो।

दिउसैवाट वहाना खोज्न सुरु हुन्थ्यो के भन्ने मेरो गलफ्रेनले त रक्सि खाएको थाहा पाई भने छोड्छे , मार्छे, रिसाएर बोल्दिन । यस्तै यस्तै शव्द प्रयोग गर्थे उनीहरु र वाहाना जुराउन सुरु गर्थे।
कोहिले हामी आज बस्ने ठाउमा नेटवर्को समस्या छ, फोन मिल्दैन एसएमएस गर भन्थे। कोहिले साथिहरुले रमाईलो गर्छन वोल्न मिल्दैन होला है भन्दै मनाउथे। कोहि को त गलफ्रेनलाई फकाउन सकस नै पर्थ्यो । हजुर न सुति म नि सुत्दिन भन्दै म्यासेज फोन गर्थे, त्यस्तो साथिलाई क्या समस्या पर्थ्यो ।

हामी पछाडिबाट ओइ पिडित भन्दै जिस्काउथ्यौं । खुट्टा दुख्या छन् ल म सुते अब भनेर निद्राले च्यापे जस्तरि साबी बोलेपछि उसले पनि छुट्करा पाउथ्यो र प्याक समाउन सुरु हुन्थ्यो। ूखाने मुखलाई जुगाँ ले छेक्दैन भन्दै टुक्का निकाल्थे साथिहरु । म थपडि बजाउदै सहि हो भन्दै स्वरमा स्वर मिलाउथे। यसरि रमाईला गरेका दिन दिमाखमा ताजै छन्।

विगत भनेको विगत नै हो । विगतसँग पछुताउदा भविष्यको योजनासमेत सकिन्छन्। विगतलाई गुनासो गर्ने फुर्सद नहोस्, भोलिको योजना बनाउदै आजैबाट रक्सि नखाने अठोटका साथ अगाडि बढियो भने पक्कै अस्पतालमा जादा गर्वका साथ रक्सि खान्न भन्न त पाईन्छ।