कविता : राजनीतिको तन्त्र साधना

थुप्रै चटके र जादुगरहरु
आआफ्नो गच्छे र भाग्य अनुसार
अजङ्को सरकारको हिस्सा बनेको
चालै पाएनन् मानिसहरुले

विकास र समृद्धिको मन्त्रले सम्मोहित पार्दै
बहुमतको वनदेवी
संसद भवनभित्र नचाएर
सेता चामलमा काला तीलको मात्रा बढाएर
दुबै एकै साथ मिसाएर छर्न थालेपछि
बल्ल होस खुल्न थालेको छ मानिसहरुको

भीमकाय शरीर सहितको गणतन्त्र बोकेर
सिंहदरवारबाट अलप भएको
अजङ्को सरकारको नायक
हेर्दा हेर्दै
सरकारी पिपाले
जम्मा पारेका दाउराको धुनी जगाएर
वालुवाटारको विशाल आगनमा
आफ्ना गणहरुसंग
शाबर मन्त्र साधना गर्दैगरेको
फेला परेको कथा
पत्रकारहरुले नागरिकसम्म पुर्याकएकै हो

कृष्ण मन्दिर प्रतिस्थापनाको यज्ञोत्सवमा
भूते बालकहरुले
कोलाहल मच्चाउदै
मात्र खान मागिरहे झैं, र
निरन्तर खाइरहे जस्तै
अजङ्को सरकार
भण्डार रित्याएरै पनि भोकनमेटिएर
असन्तुष्टै रहेका कथाहरु पनि
नागरिकहरुलेसुनिरहेकै हो

प्रचण्ड शक्तिको अघिल्तिर
सर्पको रुप धारण गर्छ, शायद
इमान्दार कोहि देखिए
त्यागीको रुप धारण गर्छ, शायद
सविकल्पको आग्रहलाई
निर्विकल्प समाधिको पासा फ्याक्ने गर्छ,शायद
बालुवाटारबाट मन्छिएर अक्षता
वरिपरिका मसान, वायु र वीरलाई
गर्ल्यामगुर्लुम ढलाउने त्रास पैदा गर्छ, शायद
त्यसैले अजिङ्गर जस्तै
दोश्रो आहाराको ढुकाइमा
विना हलचल शान्त रहेका
राजनैतिक दल र कार्यकर्ताहरु पनि
भोगिरहेका छन् नागरिकहरु

आफ्नो र आफ्नैका खातिर
टोल र चोकहरुमाखेला देखाउदै
धन जम्मा पार्दै हिंडेकाचटकेहरु, वा
रोग र दोषको उपचारको बहानामा
ठगी गर्दै हिंड्ने नक्कली तान्त्रिकहरु
बेला बखत लखेटिने गरेका
समाचारहरु पनि
सुनिरहेका छन् नागरिकहरु

निमुखा र विपन्नको
मुटु कलेजो आफै झिक्छ
देशको गरिबीको चित्रण गर्छ, र
दातालाई देखाउछ
देश जस्तै पीडित आमाकाआँसु
आफ्नै हातले पुछेको नाटक गर्छ, र
भिजाउछ आफ्नै ओठ
न दायित्व बोध
न जिम्मेवारीको चिन्ता
छोपेर लुकाउनै नसकिने
अजङ्को सरकार
नागा बाबाहरु जस्तै
विना आवरणको भएकोछ
अघोर पन्थीले
पंचमकारको विकृत प्रयोग गरे जस्तै
रागमय जीवनकै साधनामा लिप्त रहेका
राजनीतिका बहुरुपी चटकेका
घिनलाग्दा कथाहरुबीच पनि
बाँचिरहेको छ
तन्त्र साधनाका गौरवशाली परम्परा, र
जामनः गुभाजुका रोचक प्रसंगहरु ।

७ कार्तिक २०७७