अब यो नाटक धेरै दिन रहँदैन

अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको बिबाद के हो ? नेपाली जनताका समस्या हल गर्ने माध्यम के हो ? ओली को हुन् ? प्रचण्ड को हुन् ? ७१ वर्षको लामो कम्युनिष्ट आन्दोलन कसरी ओली र प्रचण्डमा केन्द्रित हुन पुग्यो ? यी प्रश्नहरूको उत्तर नखोजेसम्म अहिलेको स्थिति बुझ्न सकिँदैन ।

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । राजनीतिक हिसाबले पनि विश्वमा सार्वभौम देश जम्मा सत्तरी वटा हुँदा पनि यो एक सार्वभौम देश थियो । मानव शक्तिका हिसावले पनि विश्व प्रसिध्द छ । राजनीतिक क्रान्ति जनआन्दोलनमा पनि पछि देखिदैन । देशमा जनताको शासन स्थापना गर्नका लागि सत्तरी बर्ष भित्रमा करिब तीस चालीस हजार सहिद पनि बने । पाँच पटक राजनीतिक परिवर्तनहरू भए । राजतन्त्र भित्रको राणा शासन जनताले फाले, राजतन्त्र भित्रको प्रजातन्त्र आयो । यसलाई राजाले फाले, पञ्चायत आयो, पञ्चायतलाई जनताले फाले पुन राजतन्त्र भित्रको बहुदलीय प्रजातन्त्र आयो , यसका बिरूध्द नेपालकै इतिहाँसमा सब भन्दा ठूलो दशबर्से जनयुध्द भयो ।

पहिला जनयुध्दका बिरोधमा एक मतमा रहेको राजाको शक्ति र बहुदलवादीहरूको शक्तिका बीचमा जनयुध्दले फाटो ल्याई दियो । बहुदलवादीहरूको अकर्मण्णताले गर्दा माओवादी शक्ति बढेको बिश्लेषण्ण गर्दै राजतन्त्रले सबै शक्ति आफ्नो हातमा लियो। बहुदलवादी शक्ति र माओवादी शक्ति मिल्दा राजतन्त्रको नै समाप्ति भयो । अहिले लोतान्त्रिक गणतन्त्र छ । यति धेरै राजनीतिक परिबर्तनहरू हुदा पनि नेपाली जनताका आधारभूत समस्याहरू राणाकालका जस्तै छन् । नेपालका सामाजिक राजनैतिक आर्थिक धार्मीक समस्याहरूमा बिकासवादी सिध्दान्त अनुरूप केही परिबर्तन भएता पनि आधारभूत रूपमा परिबर्तनहरू हुन सकेका छैनन् ।

सामन्तवादी राणा कालखेखि नै सामन्तवादलाई साम्राज्यवाद तथा भारतीय बिस्तारवादले सहयोग गर्दै आएको थियो । त्यसैले गर्दा नेपाली जनताको शत्रु पक्षमा देशभित्रबाट सातन्तवाद र देशबाहिरबाट साम्राज्यवाद थियो । नेपालमा प्रजातन्त्र स्थापना गर्न नेपाली काङ्ग्रेसको स्थापना भयो । नेपाल भारतबाट अलग र स्वतन्त्र मुलुक होइन । के आर्थिक दृष्टिले, के सामाजिक दृष्टिले नेपाल भारतसंग अक्षुण्ण रहेको छ । नेपाललाई नक्कली ढङ्गले शेष भारतदेखि स्वतन्त्र र भिन्न घोषणा गर्नमा स्वार्थी शासकहरूको जुन हात छ त्यसको बिरोध गर्दै बिस्तारै बिस्तारै एकताबध्द गर्न नबिनतम राजनैतिक लक्ष्य लिइ नेपाली काङ्ग्रेसको जन्म भएको हो भन्ने काङ्ग्रेसको स्थापना घोषणा पत्रमा उल्लेख छ । यो पार्टीको जन्म नै साम्राज्यवादीको भर्भबाट भएको थियो ।

सामन्तवादी राजतन्त्र यसको आदर्श र भारतीय बिस्तारवाद यसको संरक्षक रहेको थियो । त्यसैले गर्दा नेपाली काङ्ग्रेस देशीय सामन्तवाद र भारतीय बिस्तारवाद भित्रको एक हिस्सेदार थियो । काङ्ग्रेसको बहुदलीय प्रजातन्त्रले नेपाली जनताका समस्याहरू समाधान होइन झन बढाउने थियो भयो पनि त्यस्तै । नेपाली जनता र देशीय सामन्तवाद बिदेशी साम्राज्यवाद र भारतीय बिस्तारवाद बीचको जुन अन्तर्बिरोध हो यसको समाधान क्रान्तिका माध्यमले गर्न नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको हो । खास गरि झापा बिद्रोह र दशबर्से जनयुध्द यहि नीति अनुसार भएका थिए ।

साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा साम्राज्यवाद एवम् दक्षिणपन्थि संशोधनवाद बीच घनिष्ट सम्बन्ध हुन जान्छ । हाल नेपालमा भएको पनि यही हो । काहाँ राष्ट्रियता जनतन्त्र र जनजीबीकाका लागि भएको तेत्रो नरसंहारबाट प्राप्त गणतन्त्रमा पुराना सबै मूल्यमान्यताहरू यथावत रहनु , राजतन्त्रको पुन स्थापनाका लागि हुने गरेका आन्दोलनहरूलाई निर्बाद रूपमा चल्न दिनु र बैज्ञानिक समाजवादको नारा लगाउने कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउनु यो भन्दा प्रतिक्रियावादी कार्य अरू के हुन सक्छ । यश सरकारले पुरानो शासन ब्यबस्थाका सबै बर्गको संरक्षण गर्दै सर्बसाधारण जनताको जीवन स्तर उठाउने कार्य गर्न सक्ने कुरै थिएन त्यसैले गर्न सकेन यसमा कुनै आश्चार्य मान्नु पर्ने कुरा नै छैन ।

कार्य दिशा जनताको जनबाद र समाजवाद उन्मुख अरे तर अर्थब्यबस्था भने खुला बजारको छ । नारा समृध्द नेपालको, अर्थनीति बैदेशीक सहयोग छ । ऊखु किसानको करोढौ रकम बिदेशी चिनीमिल मालिकले खाइदिदा किसान टाट पल्टेका छन् । उध्योग मन्त्री भन्छन् मालिकलाई कारबाही गरे अरू पनि लगानी गर्न आउदैनन् । भृकुटी कागज उध्योग, बाँसबारी छालाजुत्ता उध्योग लगायतमा लगानी गर्न आएका बिदेशीहरू काहाँ गए । यिनीहरूले कति लुटे । बिदेशीलाई लुट गर्न आउनका लागि किसानले मृत्यु रोज्नु पर्ने यिनीहरूको कुरै अनौठा छन् ।

माथि बताई सकिएको छ संशोधनवादीहरूको सम्बन्ध साम्राज्यवादीहरू र नवअौपनेसिकवादीसंग हुन्छ । अहिले ओली र प्रचण्ड दुबै कसरी यिनीहरूको सम्बन्धमा पुगे । नेपाल कम्युनिष्ट पार्टी नेकपामा युवाहरू ओली र प्रचण्डको झगडामा कसरी रमिते बनि रहेका छन् । ओली र प्रचण्ड दुबै क्रान्तिकारी धारका पार्टीका उपज हुन् । ओली क्रान्तिका नाएक कहिल्यै भएनन् । ओलीको पार्टी क्रान्तिकारी छदा उनी सामन्य कर्यकर्ता थिए । सामन्य कार्यकर्ता कालमै उनी जेल परे । एक यिनी पहिल्यै गरिब परिबारको अझ टुहुरो थिए । बाल्यकालमा पनि यिनले राम्रो खान लाउन पाएका थिएनन् । चौधबर्ष जेलबस्दा ठूलो सास्तिसम्म पनि ब्यहोरे ।

यिनले आफुले जति दुख अरूले पाएको देखेकै छैनन् । पुरातन साशुले आफुले पाएको दुख बुहारीले नपाएकोमा गुनासो गरे जस्तै कसैले दुख पाएको देख्दैनन् । यिनी जेलबाट छुट्दा उनको पार्टीले क्रान्तिकारी धार छाडेर दलालपुँजीवादी धारको जनताको बहुदलीय जनबादमा गएको थियो । यिनको गणना पार्टीमा नगन्य बराबर थियो । यिनीले यथास्थितिवादलाई अंगाल्न पुगे । अरूले विभिन्न उताप चडाप ब्यहोर्दै अघि बढ्दा यिनले सधै यथास्थितिलाई पक्षाई रहे । सधै अग्रगमनको बिरोध र यथास्थितिको समर्थक गर्दै गर्दा राजतन्त्रको पनि यिनी समर्थक थिए । माओवादी जनयुध्दलाई त आतङ्कवादी गतिबिधि नै मान्दथे आफ्नै पार्टीले गणतन्त्रको पक्षको आन्दोलनमा लाग्दा समेत गणतन्त्र बयलगाडामा चडेर अमेरिकाको यात्रा गर्न खोज्नु जस्तो हो भनेर बिरोध गर्दथे ।

गणतन्त्र स्थापना पछि जनताले नालाएक भनेर चुनावमा हराई दिए । पार्टीमा पनि अध्यक्षमा हारे । अहिले अन्य सबै क्रान्तिबाट बिमुख भएर पतन तर्फ लाग्दा उनी सबै भन्दा माथि आएका हुन् । उनीमा एउटा गुण छ आफ्नो पछि लाग्नेको संरक्षण गर्ने । उनका पछि जति छन् उनलाई कसैले छाड्दैनन् र जस्तो सुकै अपराध गरेपनि आफ्नालाई यिनले बचाउँदछन् ।त्यसैले गर्दा उनको गुट सानो भए पनि बलियो छ । अहिले म नै राज्य हुँ भन्ने भएका छन् । उनलाई अनुशासन नैतिकता केही पनि लाग्दैन । आफुले छाड्नु परे ब्यबस्थै फेर्न पनि तयार हुनेछन् । यिनको तानाशाहीबाट मुक्ति जनबिद्रोहबाट मात्र सम्भब देखिन्छ । अरूको म्याउ म्याउ र कुईकुईले केही गर्ला जस्तो देखिदैन ।

प्रचण्ड एक धुर्त षड्यन्त्र गर्नसक्ने सारसंग्रहवादी राजनीतिक नेता हुन् । यिनको उदय कम्युनिष्ट पार्टीमा युवराजको रूपमा भएको हो । नेता नहुदा सम्म यिनी कार्यकर्ता पनि थिएनन् । समर्थकको हैसियतमा शिक्षक पेसामा रहेका यिनी चौम मसाल अन्तरगतको युवासङ्घको राष्ट्रिय सम्मेलनमा प्रतिनिधिका रूपमा गए । सम्मेलनबाट अध्यक्ष भए । एकाध बर्ष पछि चौम बिगटन भयो । मसाल पार्टी पुनर्गठन गर्दा एकै पटकमा केन्द्रीय सदस्य हुन पुगे । फेरि मसाल फुटेर मसाल मशासमा दुई पार्टी बने ।उनी बैध्यले नेतृत्व गरेको मशालमा रहे । बैध्यले कुनै भेला वा सम्मेलन सम्म नगरि यिनलाई महासचिवको पगरी दिए । यसरी यिनी पार्टीको सर्बच्च पदमा पुगेका हुन् र बिगत ३५बर्ष देखि सोही स्थानमा थिए । बल्ल हाल ओलीका साहाएककारूपमा आएका छन् ।

इतिहासको कालखण्डमा प्रचण्डले जस्तो साहाशिक काम नेपालमा अरू कसैले गरेका छैनन् । नेपाललाई विश्व कम्युनिष्टको केन्द्र पनि बनाए ।यिनमा रहेको निम्नपुँजिवादी चिन्तनले गर्दा शिघ्र सत्ताको लोभ पलायो । उचाईमा पुगेको क्रान्तिलाई संविधान सभाको चुनाबमा स्खलन पारे । जनणतन्त्रलाई लोकतान्त्रिक गणतन्त्रमा छारे । नयाँजनवादलाई एक्इसौशताब्दीको जनबादमा ल्यए । एक्काइसौ शताब्दीको जनवादमा जनवादी सक्तिहरू बीच प्रतिस्पर्दा गर्ने थियो । संविधान सभाको चुनावमा आउदा दलालपुँजीवादीसंगको प्रतिस्पदामा गए । तै पनि जित हात पारे । कम्युनिष्टको भ्रम दिने नेताहरू माधव नेपाल ओलीलाई जनताले पाखा पारि दिएका थिए । स्खलन हुदा हुँदै अहिले ओली माधवका कारिन्दा जस्ता भएका छन् ।

छल कपट जाल झेल छक्का पन्जाद्वारा शत्रु सेनाको समेत नाएक बन्न खोज्दा आफ्ना सबै सेना गुमाए । अहिले डवल नेकपा भित्रको लडाई ओली नेपाल भित्रको हो ।प्रचण्डलाई दुबैले सिखण्डि बनाएका छन् । सबै राजनीतिमा कार्य दिशाका हिसावले हुनेहो । प्रचण्डको एक्काइसौ शताब्दीको जनवादमा जनवादी सक्तिहरू बीचको प्रतिस्पर्दाद्वारा सरकार बनाउने भन्ने हो । ओली नेपालको जनताको बहुदलीय जनबादमा पुँजीवादी प्रतिस्पर्दामा सरकार बनाउने भन्ने हो । नेपालमा पुँजीवादको बिकास नै नभएकाले नेपालमा पुँजीवादी शक्तिको पार्टी नै छैनन् । अहिले बहुदलीय संसदीय ब्यबस्था मान्ने पार्टीहरूको नाम जे भए पनि यथार्थतामा दलालपुँजीवादीकै पार्टीहरू हुन् ।

त्यसैले गर्दा बिदेशी साम्राज्यवादीहरूले जसलाई अघि ल्याउँदछन् सोही ब्यक्तिको जित हुने हो । राष्ट्रियता नारा दिएर ओली जनताबाट हाइ हाइ भए । जब साम्राज्यवादीहरूले उनको सट्टा अर्को मुकुण्डो अघि ल्याउन चाह्यो ओलीले फेरि मुकुण्डो भिरे । पाठ्यपुस्तकमा नेपालको चुच्चे नक्सा हटाउनु, रअका प्रतिनिधिसंग गोप्य बार्ता गर्नु ,एम सि सी जसरी पनि पास हुन्छ भन्नू , शुभकामना शन्देसमा चुच्चे नक्सा गाएब पार्नु , नेपालको सार्वभौम माथि बोल्ने भारतीय सेनाध्यक्षलाई यही समयमा स्वगत गर्नु आदि कार्यले गर्दा ओलीले बिदेशी प्रभूहरूको आशीर्वाद लिएको देखिन्छ ।

अब आफ्नो इज्जत बचाउन ओलीको शरण पर्नु बाहेक अरू बिकल्प देखिदैन । सचिवालयको बैठक बसिसके पछि राजनीतिक र जनताका समस्या सम्बन्धि केही कुरै नगरि ओलीसंग बार्ता गर्ने एक प्रस्ताप मात्र पास हुनु यो भन्दा लज्जाको बिषष अरू के होला । यो झगडा एउटा नाटक मात्र हो । कहिले कुन नायक र कुन खलनायक जस्तोमा देखा पर्दछन् । सबै नाटकका पात्र हुन् । सबै बराबर हुन् । अन्तिममा देशी बिदेशी प्रतिक्रियावादीले हामीहरूलाई जुधाएर पार्टी फुटाउन खोजेका थिए । हामीले असफद पारौं हामी एक भएर आयौं भन्दै यो नाटक केही दिनका लागि बन्ध हुन्छ ।