घारीपाटन सहकारीको साधारणसभा

घारीपाटन बचत तथा ऋण सहकारीको प्रथम वार्षिक साधारणसभा भएको छ ।

कोरोना महामारीलाई मध्यनगर गरी कार्तिक २ गतेबाट सुरु भएको साधारणसभा विभिन्न चरणमा गरी शनिबार सकिएको हो । शनिबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा न १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले सहकारी ऐन र सरकारको निर्देशन अनुसार सहकारीलाई अगाडि बढाऊन अनुरोध गरे । उनले भने, ‘सरकार नीति नियम र सेयर सदस्यको आवश्यकता अनुसार सरकारी चल्नुपर्छ । सहकारी उत्पादनमुखी नभई देशको समृद्धि सम्भव छैन ।’

पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य तथा सहकारी समितिका राधिकाकुमारी शाही योगीले सहकारीले सुरु गर्न लागेको “एक सदस्य, एक कागतीको बोट” योजना राम्रो भएको बताइन् । उनले सरकारले निर्धारण गर्ने नीति, नियमको अधिनमा रही सेयर सदस्यको जीवन उकास्ने खालका गतिविधिलाई सहकारीले जोड दिनुपर्ने विचार राखिन् ।

सहकारी विभागको निर्णय तथा पोखरा महानगरपालिकाको स्वास्थ मापदण्ड कायम गरी भएको कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा सदस्य, लेखा समितिका संयोजक तथा सदस्य, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक तथा सदस्य र सेयर सदस्यहरु सहभागी थिए ।

अध्यक्ष श्गोकर्ण क्षेत्रीले सभामा वार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना पेश गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णकला केसी, सहसचिव विष्णु जिसी, लेखा समिति संयोजक हरिप्रसाद श्रेष्ठ, सल्लाहकार तोयनाथ लम्साल, लीलकाजी गुरुङ, कोषाध्यक्ष गोविन्दनाथ योगी, सचिव लीलबहादुर घर्ती लगायतले बोलेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।