युनाइटेड क्लबमा नयाँ नेतृत्व

- क्लबको उद्देश्य पूरा गर्न लाग्छु : अध्यक्ष राजु श्रेष्ठ


युनाइटेड क्लब पोखराको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन् ।

शुक्रबार भएको क्लबको ११ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चुनेको हो । अधिवेशनबाट क्लबको प्रथम उपाध्यक्षमा लोकबहादुर थापा, द्वितीय उपाध्यक्षमा गणेश तिमिल्सिना, महासचिवमा शान्तबहादुर थापा, कोषाध्यक्षमा सूर्यवहादुर बानिया, सचिवमा दिनेश सुनार र सहकोषाध्यक्षमा पूर्णकला पोखरेल छन् ।

क्लबका सदस्यमा सीमा राई गुरुङ, जयराम आचार्य, सन्तोष कार्की, पूर्णकुमार श्रेष्ठ, विष्णुकुमार गुरुङ, देवानी सुवेदी, शिव थापा र चन्द्रा पराजुली छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले क्लबले लिएको उद्देश्यमा नै आफ्नो कार्यसमिति लागिपर्ने प्रतिवद्धता जनाए ।

क्लबले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा चिडियाखाना निर्माण, सेती नदी संरक्षण र विपद ब्यवस्थापन अन्तर्गत प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्दै आएको छ । हालै क्लबले लेखनाथमा आफ्नो भवन निर्माणका लागि जग्गासमेत किनेको र आफ्नो कार्यकालमा क्लबको आफ्नै भवन निर्माणका लागि पहलकदमी थाल्ने अध्यक्ष श्रेष्ठले बताए ।

निवर्तमान अध्यक्ष लालकाजी गुरुङले आफ्नो कार्यकालमा विपद ब्यवस्थापन कोष स्थापना गरेको र आपद विपदमा परेकोलाई सहयोग गर्न क्लब सक्षम रहेको वताए । क्लबको साधारणसभामा कोषाध्यक्ष गणेश तिमिल्सिनाले आर्थिक वर्ष ०७६/७७ को आर्थिक प्रतिवेदन र महासचिव शान्तबहादुर थापाले आर्थिक वर्ष ०७६/७७ को प्रगति विवरण पारित गरेको छ ।