फ्युजन, फेरिएका परिभाषा र पात्रहरु

माओवादी जनयुद्ध र पछि नेतृत्वबाट जनयुद्ध परित्याग गरी शान्ति प्रक्रियाको सुरुवाती चरणमा एउटा शब्द निकै प्रचलित थियो ूफ्यूजनू । सामान्य अर्थमा फ्यूजन भन्नाले दुई वा सोभन्दा बढी वस्तुहरु, जसको आफ्नै पहिचान हुन्छ ती बस्तुहरु एक अर्कामा एकाकार हुने प्रक्रियालाई बुझिन्छ । रसायन शास्त्रको सिद्दान्तमा अति तापक्रमको प्रतिक्रियाले कुनै समान वा वस्तु पग्लिन्छ र अर्को वस्तु वा सामग्रीसँग टासिन पुग्छ । अहिले पनि सत्तासिन नेकपाले फ्यूजनलाई फरक ढंगले प्रयोग गरिरहेको छ । त्यो हो राजनीतिलाई  दलाल पुँजीवाद र नोकरशाही पुँजीवादको फ्यूजन ।

विद्यार्थी जीवनमा म एक सक्रिय कम्युनिस्ट कार्यकर्ता र स्थानीय विद्यार्थी नेताको भूमिकामा थिएँ । सक्रिय कम्युनिस्ट कार्यकर्ताको हैसियतले पार्टी प्रशिक्षणमा हामीलाई दलाल पुँजीवाद र नोकरशाही पुँजीवादका बारेमा पढाइयो । दलाल एवं नोकरशाही पुजिवादप्रति गहिरो घृणा र गरिब, पछाडि पारिएका र सर्वहारा वर्गप्रति माया, सहानुभूति र  सम्मान गर्न सिकाईयो । जुन बुझाई र सिकाई मेरो जीवन पद्दतिको रुपमा जीवन्त छ ।

दलाल पुँजीवाद त्यो हो जसले दलाली गरी कमिसन खान्छ । अर्को शब्दमा रास्ट्रिय पँुजी वा उधमशीलतालाई पूरै उपेक्षा गरी विदेशीको दलालीबाट आफ्नो कुनै श्रम वा लगानी विना बीचमा कुरो मिलाई कमिसन खाने नै दलाल पुँजीवादी चरित्र  हो । यसरी गरिने दलालीमा कुनै व्यक्ति वा संस्था आफ्नो विदेशी मालिकप्रति पूर्ण जवाफदेही भई थोरै कमिसनका लागि उसैको एजेन्टको रुपमा काम गर्दछन् ।

उधमशीलतालाई पूरै उपेक्षा गरी विदेशीको दलालीबाट आफ्नो कुनै श्रम वा लगानी विना बीचमा कुरो मिलाई कमिसन खाने नै दलाल पुँजीवादी चरित्र  हो ।

 यस्ता दलाललाई रास्ट्रियता वा जनजीविकासँग कुनै चासो र सहानुभूति हुँदैन । मालिकको हित र आफ्नो कमिसनमै केन्द्रित हुन्छन ।  दलाल पुँजीवादले रास्ट्रिय उद्योग वा ब्यबसाय, स्वदेशी कच्चा प्रदार्थको स्वदेशमै उपयोग वा रोजगार  सृजना गर्नु  उनीहरुका लागि प्रतिकुल हुन्छ । नोकरशाही पुँजीवाद जो सरकारी संयन्त्रमा जागिर खान्छ र आफ्नो पदीय शक्तिको दुरुपयोग गरी आफ्नो निजीसम्पति आर्जन गर्न केन्द्रीत हुन्छ ।

नोकरशाही पुँजीवाद चरित्रमा जसरी पनि पैसा कमाउनु नै मुख्य ध्येय हो । जसमा  सेवाग्राहीबाट घूस, दलाल तस्करहरुबाट कमिसन, हप्ता असुली, सरकारी रकम वा वस्तुको हिनामिना वा दुरुपयोग, सरकारी कोषबाट अनुचित आर्थिक वा भौतिक सुबिधा लिएर, सूचना चुहावट जस्ता भस्ट्राचार र कुकृत्य गरी अकुत सम्पति आर्जन गरिन्छ ।

यी विशेषता हेर्दा हाम्रो वर्तमान शासन, सत्तामा रहेको पार्टी र त्यसको चरित्र, कार्यशैली र तिनीहरुसँग उठबस गर्ने वर्ग र समुदायको व्यवहारिक पक्षहरुको केही पाटोका बारेमा  हेरौं ।

नोकरशाही पुँजीवाद जो सरकारी संयन्त्रमा जागिर खान्छ र आफ्नो पदीय शक्तिको दुरुपयोग गरी आफ्नो निजीसम्पति आर्जन गर्न केन्द्रीत हुन्छ ।

बर्तमान सरकारका प्रमुख खेलाडी र तिनका आशीर्वाद प्राप्त हनुमानहरु जब सत्ता र शक्ति बाहिर थिए, त्यो बेला तिनीहरुको मुखमा सधैभरि रास्ट्रियता, जनतन्त्र र जनजीविका मुद्दाहरु हुने गर्दथे । विस्तारवाद र साम्राज्यवादको बिरुद्द आगो ओकलिन्थ्यो ।

 दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद विरुद्दमा कठोर र निर्मम शव्दबाण प्रहार गर्ने गर्थे । आज खै ती आवाज, किन सुनिदैन ? दलाल पँुजीवाद र नोकरशाही पुँजीवाद बिरुद्दमा  मुर्दावादका आवाज खै कता हराए ? हिजोका आर्क्रोशहरु कहाँ गए ? उनीहरुले ूराजनैतिक क्रान्ति पुरा भयो, अब आर्थिक विकास गरी  समृद्ध नेपाल, सुखी नेपालीको पवित्र हवनले दलाल र नोकरशाह अग्नि ज्वालामा आफै ध्वस्त भय ?

हिजो र आजमा के चमत्कार भयो ? हिजोका दलाल र नोकरशाहहरु आज कता हराए ? तिनीहरु साच्चिकै बिलिन भए वा सत्ता शक्तिसँग धुलिन भए ?  हिङ्ग नर्भ पनि हिङ्ग बाधेको टालो त् हुनु पर्ने ? खै ती टालाहरु, कतै सत्ता र शक्ति बाँडफाँडको गन्तीमा टालटुल गरियो कि ?  हिजोका ती आवाज आज कतै दलाल र नोकरशाही पुँजीपति वर्गका खेताला, हुक्के, बैठके, चौकीदार वा पेटी ठेकदार पो बने कि ? हिजोसम्म फित्ता छिनेको चप्पल लगाएर सडक नाप्नेहरु, जडाउरी कपडाले आङ्ग ढाक्नेहरु, किसान मजदुरको पसिनालाई वासना ठान्नेहरु आज आलिसान महल र हवेलीका मालिक, करोडौका लक्जरी गाडीहरु,  अरबौको जग्गा जमिन मात्र होइन, बिदेशी बैकमा समेत अकुत सम्पति कहाँबाट आयो ?

हिङ्ग नर्भ पनि हिङ्ग बाधेको टालो त् हुनु पर्ने ? खै ती टालाहरु, कतै सत्ता र शक्ति बाँडफाँडको गन्तीमा टालटुल गरियो कि ?

कुनै चिट्ठा पर्यो कि वा रास्ट्रिय पँुजीको प्रयोग गरी उधोग ब्यबसायबाट आर्जित हो ? यी सबै अलौकिक र चमत्कारिक छलाङ्गहरु दलाल, नोकरशाह पँुजी वाद र राजनीतिको फ्यूजनको परिणाम हो । झापा बिद्रोह र माओबादी  जनयुद्धका सहिदहरुको रगतले तपाईहरुलाई झस्काउदैन ? बेपत्ता र घाईतेहरुको पीडाले दुख्दैन ? क्याण्टोनमेन्टबाट खोसिएका चेक र लडाकुहरुको आँसुले पोल्दैन ?

कति निष्ठुर र बैगुनी तिम्रा मनहरु । तिम्रा आलिसान महल, सयौको सुरक्षा, लाखौका पलाङ, करोडौको आरामदायी गाडी, आसेपासे र हनुमानहरु के तिम्रो पूर्व जन्मको पुण्यको फल हो कि लाखौ जनताको बलिदानीपूर्ण योगदानको परिणाम  हो ? दलाल पुँजीवादले नवऔपनिवेश  कायम राख्छ र पराधीनता प्रवर्तन गर्दछ । आफ्नो रास्ट्रिय पँुजी र स्रोत हुँदाहुँदै अनावस्यक विदेशी पुँजी र लगानीमा किन दाम्लो छिनाएर लागि पर्दछन् यिनीहरु ? किनकी त्यहाँ कमिसन र भस्ट्राचारको खेती हुन्छ ।

रसायन शास्त्रको सिद्धान्त अनुसार तत्कालीन एमाले र माओवादी केन्द्रबीच फ्यूजन भई माओवादी एमालेमा विलय भएको हो । बामपन्थी, कम्युनिस्टप्रतिको जनविश्वास, कम्युनिस्ट आदर्श र मान्यताले चुनावमा हालको नेकपाको पल्ला भारी भएको हो । जनताको यो मतलाई आज दलाल र नोकरशाही सट्टा बजारमा पुर्याईयो । जनताको सपनाको ब्यापार गरी व्यक्ति, परिवार र  गुटको  स्वार्थसिद्ध गर्ने माध्यम बनाइएको छ । उनीहरुको ब्यबहारले ूहामी जे भन्छौ, त्यो गर्दैनौ र जे गर्दछौ, त्यो भन्दैनौ भन्ने प्रस्ट देखिन्छ ।

झन्डै दुई तिहाईको गणतान्त्रिक सरकारको अनुहार हेर्न भोको पेट सयौ किलोमिटर आफ्ना लालाबालासहित पैदल यात्रा गरेका श्रमिकहरु, आफ्नो जन्मथलो आउन महाकालीमा तैरिरहेको मजदुर, संबिधान दिवसका दिन टुडिखेल वारिपारीको दृश्य, बेथिति र बेरोजगारीले विदेश जानेहरुको लर्को आफैमा प्रयाप्त छन् । यीमात्र प्रतिनिधि उदाहरण हुन् ।  तिम्रा पार्टीका चुनावी घोषणापत्रले आगो सल्काउनमात्र हुन्छ, खाना पाक्दैन । तिम्रा हावादारी गफमा यात्रा गर्न मिल्दैन,  तिम्रा  दुबैतिर काटिएको ढुङ्ग्रोमा पानि अडिदैन ।

गाउँ पहाडतिर डोजर लिएर स्थानीय सरकारको बजेटबाट पहाड भत्काउदै हिड्ने भुरेटाकुरे राजाहरु पनि तपाईकै फ्यूजनका उत्पादन हुन्  ।

के दलाल पँुजीवादी र नोकरशाही पुँजीपतिहरु सखापै भए वा दलाल पुँजीवादको परिभाषा फेरियो ? वस्तवमा पात्र फेरियो र पात्रले परिभाषा फेर्यो । चुनावको टिकट, समानुपातिक कोटा, राजनैतिक नियुक्ति,  ठग ठेकदारको सामिप्य, कर्पोरेट हाउससँगको मिलोमतो, नाफामूलक निजी विद्यालय, अस्पताल, ब्यबसायिक भवन र ब्यबसाय, होटल, रिसोर्ट, नेटवर्किंग, यातायातमा खुल्ला वा भूमिगत लगानी, भूमाफियासँगको साझेदारी आदि ईत्त्यादि सबैमा फ्युजनै फ्यूजन छ ।

गाउँ पहाडतिर डोजर लिएर स्थानीय सरकारको बजेटबाट पहाड भत्काउदै हिड्ने भुरेटाकुरे राजाहरु पनि तपाईकै फ्यूजनका उत्पादन हुन्  । मलाई दलाल पँजीवाद सिकाउने नेताजी, के तपाई पुँजीवादी दलाल छैनन् भनेर भन्न सक्नुहुन्छ ? यदि होईन भने ती दलाल को हुन्, देखाउन सक्नुहुन्छ ?

कतै हामी दलाल पँजीवादका दलालबाट त शासित भइराखेका छैनौ ? गम्भीर भएर खोच्ने बेला आएको छ ।