लोकभाका-आधुनिक फ्युजन

- नेपाली संगीतको नयाँ ट्रेन्ड

गीतको भाकाले नै स्रोता तान्छ । त्यसमा पनि अझ आफनै मौलिकपन भए मन मष्तिष्कमै गढ्छ । पछिल्लो समय युवा पुस्ता मौलिक लोक भाकालाई टपक्कै टिपेर गीतको माला सिउरिन्छन् ।

स्थानीय लोकशैलीको नेपाली ठेट शब्दलाई गीतमा प्रयोग गर्नेको लहर नै छ । लोक भाकालाई आधुनिक बाजामा फ्युजन गर्ने प्रचलन पनि उत्तिकै छ । युवापुस्तामा टिकटक बनाउनेदेखि युट्युबको टे«ण्डिङमा परेका छन् । लोकभाका युक्त गीतसंगीतले मौलिकताको पहिचानसँगै परिस्कृत गर्दै लगेका छन् ।

‘लोक भाकाको गीतमा आधुनिक बाजाको प्रयोगलाई मौलिकतामा नयाँपन पाएको अनुभव ठान्छु,’ संगीतकर्मी संघ कास्कीका अध्यक्ष सुनिल थापा भन्छन्, ‘नयाँ ढाचाँमा लैजानुपर्छ तर नेपाली मौलिकता भने नासिनु हुदैन ।’

स्थानीय लोकशैलीको नेपाली ठेट शब्दलाई गीतमा प्रयोग गर्नेको लहर नै छ । लोक भाकालाई आधुनिक बाजामा फ्युजन गर्ने प्रचलन पनि उत्तिकै छ ।

उनको बुझाई अनुसार गीत संगीतले फड्को मारेको हो । सजिलो र सरल शब्दको प्रयोग सबैले बुझ्ने गरेका छन् । आधुनिक बाद्यवादन प्रयोग हँुदैमा गीत संगीतमा मौलिकता गुम्छ भन्न नमिल्ने उनको ठहर छ । ‘परिस्कृत गनुपर्छ तर संगीतको पहिचान र मौलिकपन गुम्नु हँुदैन,’ उनको भनाई थियो ।

गीतहरुमा लोकभाकालाई आधुनिक बाजा प्रयोग गर्नेको लर्को नै छ । लोकभाका र आधुनिक बाजाको फ्युजन बढी रुचाईएको छ । म्युजिक भिडियोलाई दर्शकले मन पराउने गरेका छन् । ‘फिल्मी गीत, फुटकर गीतहरुमा मौलिक शब्द भेटिन्छ,’ गायक सन्तोष बस्यालले भने–‘लोकलयमा आधारित गीत संगीत सर्वसाधारणको जनजिब्रोमा झुण्डिन्छ ।’

पूर्वदेखि पश्चिमसम्म फरक फरक भाका छन् । आफनै खाले संगीत छन् । कतिले शास्त्रीय संगीतलाई महत्व दिने गर्छन् । कतिपयले ‘क्लासिकल फ्युजन’ गरेको पाईन्छ । गण्डकी प्रदेशमा विशेष गरी कौडा, रोदी लगायतका भाका बढी हुन्छन् । त्यही भाकामा रहेर गीत सृजना गरिन्छ । संगीत उस्तै भरिन्छ । जुन स्रोताको मन मष्तिस्कमा बसिरहन्छ ।

‘ढाट्यो मायाले,
ढाँटेर पिरतीसाट्यो मायाले
एक्लो बाटो चिप्लो माटो, बन भेटिएन
नक्कलीको रुप मात्रै, मन भेटिएन

गायक बस्यालले लोकलयमा आधारित गीत गुन्गुनाए । उनको गीतपनि लोकलयमै आधारित छ । शब्द चयन सरल छन् । अहिलेको टे«ण्ड नै सरल शब्द जो सबैले बुझ्ने खालको हुनुपर्ने ठम्याई उनको छ । पुराना गीतहरु सुन्दा तिनका भाव बुझ्नै कठिनाई हुन्थ्यो । भाव बुझेपछि ती गीत मनको गहिराईमा रहन्थे । अहिले पनि रहेका छन् ।

सुगम संगीत लोकमा आधारित आउन थालेका छन् । पोखराका चर्चित व्याण्डहरुका गीत पनि आधुनिक तर लोक भाकामा छन् ।

‘गीत संगीत कहिले कुन बढी मन पराउँछन् । कहिले कुन बढी सुनिन्छ । त्यो समयचक्र जस्तै हो ।’ पोखरेली गायक विनोद बानियाँ भन्छन–‘हिजो लोकगीत बढी हिट हुन्थे । पछि आधुनिक गीत चल्न थाले । त्यसपछि पप गीतको एक समय चर्चा हुन थाल्यो ।’

अहिलेको परिवेशमा लोक भाकामा आधारित गीतसंगीत बढी रुचाईन थालिएको उनको भनाई थियो । सुगम संगीत लोकमा आधारित आउन थालेका छन् । पोखराका चर्चित व्याण्डहरुका गीत पनि आधुनिक तर लोक भाकामा छन् । नमस्ते व्याण्डका अमृत गुरुङको होस या कन्दर व्याण्डले बजारमा ल्याएको गीत नै किन नहोस । सबैजसो गीतहरु लोकभाकाकै हुन् ।