आमा ! तिमीलाइ हिट बनाए !
मोफसलमा हिट बनाए !
तर तिम्रो हाम्रो दुख जस्ताको तस्तै !
जुकुने र मुन्द्रेको नखसेको पसिना उस्तै !
हुन्न आमा अबदेखि हिट हुन हुन्न !
फेरी नफेरीने चीज के हिट भएर के भो र !
यो त पोस्टरमा सजिन्न !
बरु नभएको चीज देखाएर अरु नांगीनु सजिलो होला
माथि उठेर तल झर्न अरु सजिलो छैन आमा !
सान्याको चोलीलाइ !
आमाको रुवाइलाइ !
हो आमा !
किन हो आमा सडकमा कथाहरुका कथा धेरै लेखिए !
ब्यथाहरुका ब्यथा धेरै कोरीए !
तर नफेरीने कथा जस्ताको तस्तै !
हो आमा ! नफेरीने शरीरको टालो फेरीदैन भने रंगमन्चमा नदेखिएकै वेश !
गरीबको झुप्रो हामीलाइ कहिल्यै अमीर बनेको थाहा छ र आमा !
पुतलीको च्यातिएको चोली र जवानी
रंगीदैमा भाग्य फेरीएको छ र आमा ?!
संयोग होला फेरीन पाउनु , चम्कन पाउनु !
तर चम्किएका ठुला ति को हुन !
रंगिएका ठुला ति को हुन ?!
आमा किन भरी सडकमा पनि नानीहरु दिउसै बलात्कृत हुन्छन् !
ठगिन्छन् सोझा र नांगाहरु !
तैपनि तिमी तिनकै भिडमा किन हिट भएइरहेकी छौ आमा !
आमा तिनीहरुले तिमीलाइ किन हिट बनाउदैछन् !
तिम्रो दुखलाइ फेर्न कि !
यो समाजको आकारलाइ फेर्न !
तिम्रो गरीबतालाइ फेर्न कि
यो राज्यव्यबस्थाको सुधार लाइ फेर्न !!
तैपनि आमा ! तिमी हिट भएको मलाइ कत्ति पनि हेर्न मन छैन !
तिम्रो स्वाभिमानलाइ कसरी ब्यक्त गरुॅ आमा ??
तिमी हिट भएर के गर्नु ?!
तिम्रो फाटेको चोली नटालीएसम्म !
हाम्रो नबलेको चुलो नबलेसम्म !
तिम्रो भोको पेट नभरीएसम्म !
यो संसारमा तिमी हिट बन्नु के अर्थ र ??
जब तिमीले आमा यो समाजको दुख पर भएको देख्दिनौ !
जबसम्म सान्याको फाटेको चोली फेरीएको देख्दिनौ !




