कोरोनाको हाउगुजी पुॅजीपतिहरूले मस्त कमाउने र गरिबहरू मर्नेभन्दा अरू केही होइन ।
सुरुवाती महिनामा हल्का टाउको दुख्ने, शरीर थाकेको जस्तो हुने, मलाई त कोरोना लागिसक्यो कि भनेर एक्लै मन डराउने लक्षण मलाई र मेरा धेरै साथीहरूलाई देखिएको थियो । तपाईंलाई पनि यस्तै लक्षण देखिएमा डराउनुपर्दैन; यो मनोवैज्ञानिक त्रास मात्र हो ।
विश्वमा प्रत्येक वर्ष रुघाखोकीका कारणले सरदर ६ लाख मान्छे मर्ने गरेका छन् । यो पनि एक प्रकारको रुघाखोकी हो । यसको मृत्युदर विश्वमै न्युन देखिएको छ ।
हत्केलाको रेखै मेटिने गरी हातमा बेस्सरी सेनिटाइजर नघस्नुहोस्, यसको दीर्घकालीन असर पछि थाहा हुन्छ । नियमित मास्क लगाउॅदा फोक्सोमा महाकोरोना देखिन्छ; फोक्सो ताजा राख्न प्रकृतिको स्वच्छ हावा निर्बाध लिनुहोस् ।
घाम ताप्ने, आराम गर्ने, कसरत गर्ने, सन्तुलित भोजन गर्ने, साथीहरूसॅग खुलेर हाॅस्ने र आत्मविश्वास बढाउने कार्यलाई विश्वमै पहिलो डाक्टरको रूपमा लिइन्छ, हामी पनि यी ६ कुरामा विशेष ध्यान दिने गरौं ।
हाम्रो जस्तो विकासोन्मुख देशमा ८० प्रतिशतभन्दा बढी मानिस निजी ज्यालादारी गरेर बाॅचेका छन् । सधैं यसरी काम गर्न नपाएपछि के खानु ?
यो ब्याक्टेरिया होइन त्यसैले यसका लागि एन्टिबायोटिक बन्दैन । भ्याक्सिन बनिहाले पनि तपाईं हाम्रो पहुॅचमा सहज उपलब्ध हुॅदैन ।
यो लकडाउन, निषेधाज्ञा भनेको के हो ? कहिलेसम्म चल्ने हो ? अहिलेसम्म त जेनतेन भरथेग गरेका थिए, अब धेरैको चुलो बल्न नसक्ने स्थिति आइसक्यो ।
तरकारी, दूध र पानी त नियमित ल्याउन परिहाल्यो, जतिसुकै छेके पनि यो क्रमश: सबैलाई सर्छ ।
जुन रोगको औषधी नै छैन, त्यसैको उपचारका लागि भनेर सरकारले अहिलेसम्म १० अर्ब रूपियाॅ सकेको नाटक मन्चन गरिरहेछ; हामी रमिते भएर नाटक हेरिरहेछौं ।
हाम्रो जस्तो विकासोन्मुख देशमा ८० प्रतिशतभन्दा बढी मानिस निजी ज्यालादारी गरेर बाॅचेका छन् । सधैं यसरी काम गर्न नपाएपछि के खानु ? मेडिकल माफियाहरू मात्र बाॅच्ने हो ? हामी बाॅच्नु पर्दैन ? हाम्रो बाॅच्न पाउने अधिकारको जिम्मा कसले लिन्छ ?
हामीलाई हिॅड्न निषेध नगर । हिॅड्न देऊ, काम गर्न देऊ, बाॅच्न देऊ ।









