अब बा’ हुनुहुन्न , गोबर र गहुँत खोज्न भौंतारिने, बित्तल परे घुँडा फुक्लने गरी काठे गाइको लात खाने दिन पनि बा’ सँगै गएको छ । पुरोहितहरु पनि सजिला छन ,प्रचण्ड , सुजातालाइ झै लोकल नखोजी मुर्रा भैंसीको पुजा आरती गराएर ,अडकम पडकम तेलको धुप गरी दिन्छन् ।
गोठभरी गाइ नअटाएर बाहिर खोर बनाएर गाइबस्तु पालिन्थ्यो । गाइबस्तुको प्रयोजन दूधदहीका लागि कम, मल र गोरुका लागि बढी हुन्थ्यो । दुहुनामात्रै लगभग आधी दर्जन हुन्थे । दुहुंदा पछाडीका दुइ खुट्ट किलामा टनटनी कसेर दुइन्थ्यो ,जसलाइ निहिन लगाउने भन्थे ।
निहिन नहाली दुध दिने गाइ मैले संभबत देखिन । त्यति गर्दा पनि लात्ता हानेर गौवा पल्टाइदिने ,फोरी दिने हुंदा ससाना लोहटालाइ हातैले समातेर दुहिन्थ्यो ।आधि दर्जन गाइ दुहुंदा तिनमाना दुध पुगनपुग हुन्थ्यो ,हाम्रो भागमा चोखेनका लागी कटाएर पर्ने दुइ तिन तुर्को नै हो ।
गाइबस्तुको प्रयोजन दूधदहीका लागि कम, मल र गोरुका लागि बढी हुन्थ्यो । दुहुनामात्रै लगभग आधी दर्जन हुन्थे ।
घरमा श्राद्ध, सत्य नारायणको पुजा, रुद्री हुंदा गाइको गोबर दुध गहुंत मनग्य नै हुन्थ्यो । तर पछी ति गाइ बिस्तापित भएर अम्रिकाने गाइ गोठमा आए । होलेस्टिन जर्सी स्विसब्राउन जातका गाइहरु घर घरमा हुन थाले । अब पुजाआजामा हामी केटाकेटीहरुलाइ आपत आइ पर्यो ।
हाम्रा गाइहरु गोठबाट सडकमा आइपुगेका थिए । तैपनि बोलाउंछन की भनेर दिनको एक पटक तगारोबाट मुन्टो छिराएर बडो याचना भाव साथ हेर्थे ,हामी ढुंगा गिर्याएर लखेटी दिन्थ्यौं वा सुम्ला बस्ने गरेर सजिबनको लाथ्राले कुटदै लखेट्थ्यौं । पुजामा बालाइ गाइबाट झरेर काठेगाइ नाम पाएका तिनै दुखी अपहेलीत गाइहरुकै पाएसम्म दुध नपाय गोबर र गहुंत नभै नहुने ।
सडकमा आश्रय लियका गाइहरुको साह्रो गिलो गोबर त पाइन्थ्यो ,तर गहुंत लिन साह्रै सकस हुन्थ्यो । एउटा हातले कटौरा थापेर अर्को हातले योनीद्वार सुम्सुम्याय पछी तुरुक्क झर्थ्यो ,युद्धै जिते जस्तो हुन्थ्यो । कुनै गाइ त सज्जन हुन्थे आनन्द मानेर तुर्क्याउंथे कुनै त यति दुर्छे हुन्थेकी लात्ताले हानेर घुंडै फुकाली दिन्थे । लात्तो यति तेजले हान्थे फुल वावरले घुमेको पंखाको पत्ती देखियला लात्तो देखिदैन थियो ।
कुनै गाइ त सज्जन हुन्थे आनन्द मानेर तुर्क्याउंथे कुनै त यति दुर्छे हुन्थेकी लात्ताले हानेर घुंडै फुकाली दिन्थे ।
एक दिन बाले था’ नपाउने गरेर बिकासे गाइको गोबर र गहुंत पुजा सर्जाममा टुपुक्क के राखेको थिएं , गाइको लात्ताले भन्दा बा’ का लपेटाले धन्दै बंगारा फुक्लिएको थियो । काठेगाइ र बिकासे गाइको खानपाननै अलग हुन्थ्यो , बिकासे अलग काठेको अलग हुन्थ्यो । बाले दुध गहुंत गोबर सबै चिन्नु हुन्थ्यो ।
घरमा गाइ हुंदाहुंदै पनि गाइ तिहारमा सडकका गाइ तानेर पुजा गरिन्थ्यो , रोटी चामलको पिंडा फलफूल दिइन्थ्यो । कतिखेर बा ओझेल पर्नु होला र पैसा टिप्न पाइएला भनेर ढुकेर बसिन्थ्यो ।बैतरणी गर्दा वा अन्य कर्ममा गाइदान गर्दा पनि गोठका दामि गाइ छोडेर तिनै सडकका चोक्रे गाइ खोजिन्थ्यो ।
प्रचण्डजीलाइ झुक्याएर हो वा जानाजान जंगलमा गाइ काटेर खानेहरुलाइ किन बिधी पुर्याइ दिन पर्यो र हो भनेर होला ,पुरोहितले बेइमानी गरेछन ।
कठोपनिषदका नचिकेताका पिता बाजश्रवा भन्दा कम्ता थिएनन बा हजुर बाहरु । भैंसी यमराजका बाहन हुन । भैंसी डेग चलिदिएन भने यमराज त्यति परबाट आएर मान्छे टिप्नु उनको लागी संभबै हुंदैन । दिर्घायु र अकण्टक सत्ता प्राप्तिको लागी त्यै भएर भैंसीको पुजा गरीन्छ ,दान गरीन्छ ।प्रचण्डजीलाइ झुक्याएर हो वा जानाजान जंगलमा गाइ काटेर खानेहरुलाइ किन बिधी पुर्याइ दिन पर्यो र हो भनेर होला ,पुरोहितले बेइमानी गरेछन ।
लोकल वा काठे भैंसीनै चाहिने ठाउंमा बिकासे वा गुजराती वा मुर्रा भैंसीको पुजा गराइ दिएछन । यो त सोह्रै आना निष्फल हुनेभयो । सुजाताजीलाइ पनि मुर्रा भैंसीकै पुजा गराइ दिएका थिय रे । हाम्रा बा’नी अड्को पड्को पुरेहित्याइं गर्नु हुन्थ्यो , वहा भएको भए ज्यान गए बिकासेमा मान्नु हुने थिएन ।




