आउदिन दर खान बाटाे नहेर्नु भाइ
कोरोना फैलियाछ लिन नआऊ मलाई
रुनुहुँदो हो आमा आइन छोरी भन्दै
दशैँमा आउछे रे भन्दिनु आमालाई
छैन घरमा कोही श्रीमान पनि बिदेश
बुढि हुनु भको छ हेर्नु छ सासूलाई
आउदिन ……
बुहारी माइत जाउन् नजा नभन्नु तैँले
सक्नु हुँदै छ आमा पकाइ खानलाई
व्रत नबस्नू भन्नू कम्जोर हाम्री आमा
सघाउनू भित्री काम भनेकीछु तलाइ
आउदिन …..
असाध्यै जिद्दी गर्छिन् जे मा बुहारी हाम्री
भोकै नबस्नू भन्नू व्रत बसे तिनीलाई
यो हो सस्कार हाम्रो गलत कुरा हटाऊँ
भुझेर काम गर्नु यसैमा छ भलाई
आउदिन …..




