तीजको गीत

१.जताततै डरैडर कोरनाको कहर
भयाबह हुन थाल्यो गाउँ शहर
७६ सालदेखी फैलिएको रोगले
जनताहरु छट्पटाए शोकै शोकले
२.हाछ्यु आउने रुघा लाग्ने सुख्खा खोकी लाइरहने
टाउको दुख्ने धेरै धेरै ज्वरो आइरहने
वालबच्चा बृध्द बृध्दा नियमित विरामी
सङ्क्रमित हुन सक्छन राखौ निग्रानी
३.चाइनाबाट फैलिएको कोरना भाइरस
डढेलोझै सन्सारमा बढ्दै गैराछ
भाइरसको समाधान सरकारले थालेको
औषधि र सामान ल्याउन टेन्डर मागेको
४. टेन्डरमा गडबड कस्लाइ पारेको?
नेपालको स्वाभिमान तल झारेको!
औषधि र उपकरण ठुलै भयो घोटला
नेता बने सामन्तका गोटी खेताला
५.कोरनाले भन्दा धेरैअरु रोगले मरेका
स्वास्थ्य क्षेत्र माफियाले व्यापार गरेका
परिस्रमी जनताको स्राह्रै भयो बेहाल
कैले जाला श्रम शोषण गर्ने यो चाल
६.खाना पिना मिलाएर अनुशासित बन्नुछ
स्वस्थ जीवन मानिसको खुशी मान्नुछ
तातोपानी कागती र बेसार राखी खानु है
कोरनालाइ पछारेर अघि जानू है
७.अमेरिकि इटालियन धेरै मरे जनता
औषधिको खोजखाजमा लागे अबत
दिनरात खटिराछन बैज्ञानिक खोजमा
अब धेरै भुल्नु हुन्न हामी मोजमा
८. साबुनपानी राम्रो हुन्छ नत्र सेनिटाइजर
चर्को मूल्य लिएकै छन सुपर्भाइजर
गरीब र निमुखाको बेहालतै बनायो!
नेतागणले सुविधाको खुशी मनायो!
९.छि:छि दुर्दुर गर्छन डाक्टर जे बिरामी ल्याएनी
मलामी नि नपाइने परान गएनी
कस्तो रोग आयो बरै आफन्तले नछुनी
को छ हाम्रो जीवनमा न भै नहुनी??
१०.होशियार बनौ सबै स्वस्थ्य ठूलो धन हो
सहयोगी हात बढाउ असल मन हो!
दलाल शोषक माफियालाइ कोरनाले लैजाओस!
शोषण दोहन भ्रष्टाचारको अन्त्य भै जाओस !