तीजगीत

अहिलेको तिजमा पकाउदिन दर
कोरोनाले खायो मेरो सबै रहर

लगडाउनले पाँच महिना भो माइत जान पाछैन
आमाबाबा कस्ता भए मलाई था छैन
पाँच महिनाको गर्भ थियो बच्चा जन्म्यो घरमा
सुत्केरी नी उत्रीयो मेरो डरै डरमा
अहिलेको तिजमा पकाउदिन हर
कोरोनाले खायो मेरो सबै रहर

मनको इच्छा नानी बोकी माइती घर जानलाई
आउने आंट गरेन भाइले दिदी लानलाई
आज सम्म सन्चै छु म हजुरहरुलाई कस्तो छ
कोरोनाको संक्रमण दिन दिन बढ्दो छ
अहिलेको तिजमा पकाउदिन दर
कोरोनाले खायो मेरो सबै रहर

घर बाहिरलाई दुरी कायम माक्स लाउछु ओठमा
दरको निउमा जान्न म भो हुल मुलमा
घर आंगन सफा राख्छु, तातो पिरो खाइरन्छु
बाहिर जादा सानिटाइजर हातमा लाइरन्छु
अहिलेको तिजमा पकाउदिन दर
कोरोनाले खायो मेरो सबै रहर

भाग्छ भन्छन् कोरोना सफा बस्ने बानीले
छिन छिन्मा हात धुन्छु साबुन पानीले
रुघा लागे बेलैमा जान्छु डाक्टर भेट्नलाई
मन भित्रका डरत्रास चिन्ता मेट्नलाई
अहिलेको तिजमा पकाउदिन दर
कोरोनाले खायो मेरो सबै रहर

सुनको भाउले लाखै नाघ्यो लगाउदिन गहना
सारी पोते फेर्दिन भो तिजको बहाना
दुईचार पैसा जोगाएर दिन्छु बरु दुःखीलाई
फजुल खर्च नगरौं भो भन्छु सबैलाई
अहिलेको तिजमा पकाउदिन दर
कोरोनाले खायो मेरो सबै रहर