राजनीति कुनै खेल होइन, यो त बौध्दिक र आत्मिक कमाइ हो । मानिसहरू तब मात्र तिम्रो हात समाऊँछन् जब तिनीहरूलाई थाहा हुन्छ तिमी एक्लै पनि अगाडि बढ्न सक्छौ । आफ्ना बिचार बाहिर ब्यक्त नगर्नु भनेको आफू दासतामा बाच्नु हो । बदलाको भावनाले अघि बढ्नु भन्दा पहिला दुई ओटा चिहान खनेर राख । झुट सबभन्दा ठूलो हत्यारा हो , तिनीहरूले सत्यलाई मार्छन् । यदि सपना पूरा भइरहेको छैनन् भने बाटो बदल्नुहोस् सिध्दान्त होइन । किनकी रूखले हमेसा पात बदल्छ जरा होइन । यी युक्तिहरू मार्क्स एङ्गेल्स लेनिन स्टालिन माओका होइनन् । यी भनाईहरू मार्क्स भन्दा पहिलाका ग्रीक दार्शनिक यूरिपिडिज, शुकरात, कन्फ्युसियस आदिका हुन् । जब मार्क्सवाद छाडेर त्यसको प्रधान दुश्मन साम्राज्यवादको दलालिमा पार्टी पुग्छ त्यसपछिका राजनीतिक समस्याहरू समाधान गर्ने बाटो भनेको झुटको खेति नै हो ।
हाल नेपाल कम्युनिष्ट पार्टी नेकपामा राजनीतिक जटिल समस्याहरू छन् भनिन्छ । यो सरासर झुटो हो । पार्टी भित्र दलालपुँजीवादलाई स्वीकार गर्ने र समाजवादलाई स्वीकार गर्ने बीचको अन्तर सङ्घर्ष भएको भएपो राजनीतिक समस्या हुन्थ्यो समग्र पार्टीको लाइन जनताको बहुदलीय जनवाद र एक्काइसौ शताब्दीको जनवाद दुबैको सार एउटै भएका लाइनको समायोजनबाट बनेको जनताको जनबाद छ । बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष, आबाधिक चिर्वाचन, खुला बजार अर्थतन्त्रमा जनताको जनवाद हुन्छ, यो सरासर झुट हो । यसले सरासर समाजवादको हत्या गरेको छ ।
नेकपा एमालेको बिरासत झापा बिद्रोहको हो । यसले झापा बिद्रोहलाई अस्वीकार गरेर यसमा आफ्नो गल्ति स्वीकार गरेको छ । माओवादी केन्द्रको बिरासत माओवादी जनयुध्द हो ।यसले जनयुध्द खराब थियो, जनयुध्द गर्नु गल्ति थियो भन्न सकेको छैन तर गतिबिधिहरू सबै जनयुध्दको बिरोधमा गरिरहेको छ । नेकपा एमाले र माओवादी केन्द्रको जोडगड नेपाल कम्युनिष्ट पार्टी नेकपा हो ।सयको सम्पूर्ण कार्यक्रमहरू सैध्दान्तिक राजनीतिक आर्थिक सबै पूर्ब एमालेका बहुबु लागू भएका छन् । समाबेशिक समानुपातिक, धर्मनिर्पेक्षता, सङ्घियता आदि हाम्रा एजेण्डा हुन् भन्न त भन्न सक्ने कुरा भए तर यी एजेण्डा एमालेसंग मिलेर होइन लडेर स्थापित गरेका एजेण्डा थिए । आफ्नै बिरोधमा स्थापित यी एजेण्डाहरूलाई पूर्ब एमालेले कसरी लिएको छ त्यो ब्यवाहारमा नै देखा परेको छ ।
ओली जनताको बहुदलीय जनवादको साम्राज्यवादी दलालपुँजीवादका कट्टर खम्वा नै हुन् ।गणतन्त्र पनि यिनको मिशन होइन ।मार्क्सवादमा आवस्यकताको सिध्दान्त हुदैन । जब चुनाव जित्नका लागि आवस्यकताको सिध्दान्त समातेर एमालेसंग पार्टी एकता गर्ने सर्तमा चुनावमा तालमेल भयो त्यसै दिन देखि माओवादी केन्द्रको अवशान भयो । अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपामा बिगतको माओवादी केन्द्रका ब्यक्ति छन् तर बिचारका छैनन् । हिजो जनयुध्दमा प्रत्यक्ष भाग लिएका माओवादी पार्टीको उच्च पदमा रहेर घण्टौ घण्टा सिध्दान्तका बहस गर्नेहरू अहिले आफ्ना बिचारहरू बाहिर ब्यक्त गर्न नसक्नु भनेको यिनीहरू दासतामा बाच्नु नभएर अरू के हुन सक्छ ।
ओली अहिले आएर प्रतिक्रीयावादी भएका होइनन् । माओवादी जनयुध्दको सबभन्दा कट्टर बिरोधि हुन् । समग्र पार्टीको निर्णयले राजाका दरबारमा प्रधान मन्त्री पाऊँ माओवादीलाई ठेगाना लगाऊँछौ भन्ने पार्टी हो नेकपा एमाले । स्थानीय निकाएको चुनावमा माओवादी र काङ्ग्रेसको सम्युक्त गठबन्धनलाई जितेको एमालेले आफ्नो जितको आधारमा हरूवा माओवादी केन्द्रलाई समाबेस गरेको हो । ओली नेपालहरूको बीचको लडाईं ब्यक्ति ब्यक्तिको हो यदि पूर्व माओवादी केन्द्रकाले जनताको बहुदलीय जनवाद नमानेमा तेल पानी मिलि गयो पिना बाहिर हुनेमा माओवादी केन्द्रका हुनेछन् ।
ओली सर्वसत्तावादी हुन् ।ओलीकै लहडमा लागेर अब राजनीतिक आन्दोलन आवस्यक छैन भन्नेहरूले राजनीतिक आन्दोलन गर्ने बाटो नै आफै बन्ध गराएका छन् । दाहाल जो प्रचण्ड बनेर जनयुध्दको नेतृत्व गरेका थिए । उनले आफ्नै नामा प्रचण्डपथ घोषणा गरेका थिए ।तिनै दाहालले ओलीपथ पछ्याऊँदै कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउन पुगे । यदि अहिले बिप्लवले नेतृत्व गरेको पार्टीमाथि प्रतिबन्ध हुदैन थियो भने यो सर्वसत्तावादी फासिवादी ओली सरकारको बिरोधमा सडकमा हजारौ हजारको जुलुस हुनेथियो । यो सरकार एक दिन पनि टिक्ने थिएन । यसको फाइदा तत्कालको लागि दाहाललाई हुने थियो । आफ्नो पछि नलागेकाले बदलाको भावना राख्दा, बदलाको भावनामा अघि बढ्नु भन्दा पहिला दुई ओटा चिहान खनेर राख भन्ने कन्फ्यूसियसको भनाईले सार्थकता पाउला जस्तो भएको छ । मानिसहरू तब मात्र तिम्रो हात समाउन आऊँछन् जब उनीहरूलाई थाहा हुन्छ तिमी एक्लै पनि अगाडि बढ्न सक्छौ । अहिले दाहाल एक्लै अगाडि बढ्न सक्ने स्थितिमा छैन । त्यसैले गर्दा प्रत्येकको घर घर चाहर्दै हिडेका छन् । ओलीले एक्लै पनि अगाडि बढ्ने आँट देखाएका छन् । त्यसैले गर्दा दाहालका पुराना सहयात्रीहरू पनि ओलीका पछि लागेका छन् ।
राजनीति कुनै खेल होइन यो त आत्मिय कमाइ हो । दाहालले राजनीतिलाई खेलमा देखे । साम्राज्यवादीहरूलाई रेफ्फ्रि राखेर नेपालमा राजनीतिक खेल सुरू गरे ।
सर्व प्रथम साम्राज्यवादीहरूलाई खुसि पार्न साम्राज्यवादीका कट्टर दुश्मन कम्युनिष्टहरूलाई खेल बाहिर पार्न पर्ने थियो । त्यसैले बिप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउन ओलीलाई उचाले । राजनीतिक खेल पनि प्रतिष्पर्दामा नगरेर आलो पालोमा आ-आफै गोल गर्ने गरि सम्झौता गरे । सम्भाब्य अरू खेलाडि झले माकुनेहरूलाई बिरालोले मुसा खेलाए जस्तो खेलाए । अहिले आएर ओलीको बिरूध मोर्चाबन्दि गर्न खोजेका छन् । अहिले कोरोनाको महामारी फैलिएको बाढिपहिरोले देश तहसनहस भएको समयमा सबै काम थाँति राखि ओलीको राजिनामा मात्र एक बिकल्पमा लाग्दा अब लाज ढाक्ने लगौटि पनि फुस्केको छ । ओली सर्वसत्तावादी फासिवादी छन् । अहिले राज्यको शक्तिको स्त्रोत सेना पुलिस, राष्ट्रपति, न्ययालय संबैधानिक निकाएहरू सबै उनका हातमा छन् ।
कोरोनाका कारण देखाएर सङ्कटकाल घोषणा गर्ने मौका पनि छ । हजार पटक वार्ता गरे पनि ओली एक इञ्च तल झर्ने वाला छैनन् । कोरोनाको महामारी दोहोरिएको छ । यश समयमा चार पाँच सयको बैठक बोलाउन हस्ताक्षर गर्नेहरूलाई सार्वजनिक रूपमै बालहट गर्ने मेरै पार्टीका केन्द्रीय सदस्यहरू छन् भनेर ब्यङ्गे गर्दै छन् । बिश्वको इतिहाँसमा हिट्लर,मुसोलियन,नेपोलियनहरू पनि चुनावबाटै आएका थिए । यिनीहरूकै बाटो ओलीले नपछ्याउलान् भन्न सकिँदैन । ओलीको सर्वसत्तावादी फासिवादीको अन्त समाजवादी क्रान्तिले बाहेक अरूले सम्भव छैन । अहिलेको स्थितिलाई दाहाल र ओली बीचको हारजितका रूपमा हेरेर समस्याहरू समाधान हुदैनन् । जसले जिते पनि जनताले हार्न पर्ने हुन्छ । ब्यक्ति होइन ब्यवस्था नै परिवर्तनका लागि क्रान्तिको आवस्यक छ ।




