कविता : गुलाबको मुटु

मलाइ त काॅढा र गुलाब पनि एउटै एउटै लाग्छ
काॅढाले नदुखाएको बेला !
गुलावले नरीझाएको बेला !

आफु पनि त जानी नजानी काॅढा भइयो होला !
कसैका नजाति भइयो होला !
सोर्ह सिंगार लाए पनि गुलाव जत्तिकै कोमल नभइयो होला

त्यसैले बिझ्दैन भने कसैलाइ मलाइ त काॅढा पनि पिर्य लाग्छ
तर फुल हुॅ भनेर काॅढा भने बन्न मन लाग्दैन
न त काॅढा नै बनेको बेला फुल हुॅ नै भन्न मन लाग्छ !

त्यसैले मलाइ नफकाउ है साथी !
म फकाएर पनि फल बन्दीन
गाली गरेर पनि काॅढा बन्दिन !
बरु काॅढा भएर फुल हुॅ भन्यौ भने
फुल भएर भित्रकाॅढाबन्यौ भने !

त्यतिबेला,
म पनि मान्छे हुॅ नि !
हो ! त्यतिबेला भने म पक्कै काॅढा बन्नेछु
मेरो इमानको सुरक्षाको निम्ति पनि !

नत्र मलाइ काॅढा बन्नु कुनै सोख छैन !
मलाइ कुनै ठुलो नीती गर्नु छैन
स्वार्थहरु हाम्रा तमाम सत्रु हुन !
चाहे बगरमा बसौं या महलमा !
तिमी फुलको मुटु लिएर बस साथी !
म फुलकै मुटु लिएर आउनेछु !