गजल

प्रकृतिले पनि घरिघरि छलिरहेछ आज
कतै बाढी, कतै पहिरो चलिरहेछ आज

कहिले सलह, कहिले कोरोनाको कहर
विपत्तिमाथि विपत्तिले मन गलिरहेछ आज

छिमेकीको कुदृष्टि हामी नेपालीमा
जनताको मन आक्रोशले जलिरहेछ आज

कहिले मिच्ने, कहिले हेप्ने प्रबृत्ति देखेर
मेरो देश दुःख, पीडामा ढलिरहेछ आज

आफ्नै छिमेकी पनि शत्रु झै भईदिदा,
छातीभित्र आगो बलिरहेछ आज ।