नेकपा विवाद : कुर्चीमा अड्किएको राष्ट्रवाद र कार्यकर्ताको फेसबुक युद्ध

स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने माग उठेपछी नेकपा यतिबेला आन्तरिक विवादको भुमरिमा रुमलिएको छ । कोरोना महामारिका बेला सरकारले गर्नुपर्ने काम र कर्तव्यका विषयमा छलफल र विश्लेषण गर्दै महामारी विरुद्धको लडाइलाई प्रभावकारी बनाउनतर्फ लाग्नुपर्ने बेला सत्ताधारी पार्टी नै पदिय लोभमा चरम विवादमा पर्दा जनता रमिते बनेर हेर्न बाध्य बनेका छन ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा नदिने अडानमा छन भने अर्का अध्यक्ष प्रचण्ड कोरोना नियन्त्रणमा सरकार असफल रहेको, भ्रष्टाचार बढेको र भ्रष्टाचारिलाई कारवाही गर्न नसकेको लगायतका कुरा उठाएर ओलिले दुवै पदबाट राजिनामा दिनुपर्छ भन्ने पक्षमा छन्, उनलाई माधव नेपाल, झालनाथ खनाल र वामदेव गौतम लगायतका प्राभवशाली नेता हरुले साथ दिएका छन ।

नेपालको ठुलो दल, एकल बहुमत भएको सत्ताधारी पार्टी र विशेषगरी सरकारको नेतृत्व परिवर्तन हुने वा नहुने भन्ने विषय जोडिएकाले नेकपाको यो आन्तरिक विवाद यतिबेला राष्ट्रीय तथा अन्तरराष्ट्रीय चासोको विषय बनिरहेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको परिमार्जित नक्सा छापेर आधिकारिकता दिएपछी भारत नेपाल सँग चिढिएको छ । जसकारण नेपालको वर्तमान सरकार ढाल्न भारतले सक्दो प्रायस गर्ने आँकलन सहजै गर्न सकिन्छ । यध्यपी यो विवाद भारतिय षड्यन्त्र हो वा होइन किटान गर्न सक्ने अवस्था भने छैन ।

तुलनात्मक रुपमा भारतले भन्दा चिनले नेपालको प्रगती चाहाने र प्रधानमन्त्रीले पटकपटक भारतलाई चेतावनी दिएका कारण भारतले सरकार गिराउन र चिनले सरकार जोगाउन प्रायत्न गर्दै आफ्नो प्रभाव देखाएर शक्ती प्रदर्शन गर्ने प्रतिस्पर्धा गर्न सक्ने स्पष्ट अनुमान गर्न सकिन्छ । चिनियाँ राजदुत को बढ्दो सक्रीयताले पनि आशंकालाई अझ उत्कर्षमा पुर्याउँछ । पार्टिका दुइ अध्यक्षले सहमती गर्ने भनि सहमतिका लागी पटकपटक बैठक गरेर प्रयास गरे पनि पनि दुवैले आआफ्ना अडान नछोड्दा के हुने भन्ने अन्योलता छाइरहेको छ । स्थायी कमिटी बैठकको समेत टुंगो नभएका बेला केन्द्रीय कमिटिको बैठक बोलाउनुपर्ने मागहरु उठ्न थालेका छन ।

स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपा यति बेला आन्तरिक विवादको भुमरिमा रुमलिएको छ ।

यता युवा र विध्यार्थी संगठनका जिम्मेवार नेतासँगै कार्यकर्ता समेत विभाजित बनेका छन । माधव नेपाल र झालनाथ खनाल पक्षका कार्यकर्ताले विधी अनुसार चलौं भनेर आग्रह गरेपनी ओलि र प्रचण्ड पक्षका कार्यकर्ता सामाजिक संजाल फेसबुक मार्फत एकआपसमा गाली गलौचमै उत्रीएका छन । भोली पार्टी र देशको नेतृत्व आजका यिनै कार्यकर्ता मध्यबाट पनि आउने हुनाले जिम्मेवार पार्टिका जिम्मेवार नेता कार्यकर्ता यसरि एक आपसमा गाली गलौचमा उत्रीनु सकारात्मक सन्देश पक्कै होइन । भोली देश र पार्टिको नेतृत्व कस्तो आउला भनेर अहिलेका युवाहरुका यि खालका हर्कत र व्यवहारले निर्धारण गर्छ ।

विवाद हरेक पार्टी भित्र हुन्छन । विवादलाई कसरी समाधान गर्ने भन्ने नेतृत्वको क्षमताको कुरा हो । व्यक्तिगत स्वार्थ तथा शक्ती र सत्ताका लागी विवाद हुनु अत्यन्तै दुखद कुरा हो । ओलिले सत्ता छोड्न नचाहाने प्रचण्डले जसरि पनि सरकार फेर्न खोज्ने प्रवृत्तले नेकपालाई भन्दा बढी देशलाई नोक्सान पुर्याउँछ । स्थिर सरकार, न्याय र राष्ट्रको विकास हेर्ने जनताको चाहानाको नेतृत्वले कदर गर्नुपर्छ । कोरोना महामारिका बेला गुटगत आधारमा पक्ष र विपक्षमा भइरहेका प्रदर्शनले जनताको स्वास्थ्यमा गम्भिर असर पुर्याउन सक्छ । नेता र कार्यकर्ता सबैको चेत खुलोस, सत्ता र शक्तिलाई होइन देशलाई माथी राखेर अगडी बढौं ।