यस कारण काठमाडौं उपत्यकामा जोखिम बढ्यो

– संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन् | उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन |
– काठमाडौं उपत्याकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व PCR टेस्ट गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ |
– काठमाडौंका हरेकजसो ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन् |
– ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ |
– दर्जनौं स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ |
– विदेशबाट चार्टर फ्ल्याइटमा आइरहेका व्यक्तिलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन | जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन् |
– बजारमा भीडभाड गर्ने, व्यक्तिगत दुरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाविधिको अनुगमन र कारबाही गरिएको छैन |

विदेशबाट चार्टर फ्ल्याइटमा आइरहेका व्यक्तिलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन | जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन् |

– सबैभन्दा ठूलो कुरा ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना टेस्ट गरिएको छ | जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ | जति धेरै संक्रमितको पहिचान भयो संक्रमितलाई आइसोलेसनमा राखेपछि त्यति धेरै स्वास्थ्य व्यक्तिलाई कोरोना संक्रमण सर्दैन |
– स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अरबौंका बिल बनाउन व्यस्त छ | सरकारलाई कोरोना संक्रमण रोकथामबारे सोंच्नेसम्म फुर्सद छैन |
– आम नागरिकमा डर तथा सतर्कता हराउंदै गएको छ | सहि तरिकाले मास्क लगाउनेको संख्या धेरै कम छ | भौतिक दुरी पटक्कै कायम भएको छैन | थुक्ने बानी उस्तै छ | हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षाबिधिलाई झारा तार्ने प्रवृतिको रुपमा स्थापित छ |
..

समाधानका उपाय

– उपत्याका शिल गर्ने |
– यहाँ आउनुपर्ने बाध्यता भएका व्यक्तिलाई कि PCR टेस्ट गर्ने कि क्वारेन्टाइनमा राख्ने |
– विदेशबाट नेपाल आएका व्यक्तिहरुलाई अनिबार्य रुपमा PCR टेस्ट गर्ने | संक्रमितलाई आइसोलेसनमा राख्ने | नेगेटिभ रिपोर्ट आए घर पठाउने अनि होम क्वारेन्टाइनमा राख्ने |
– सहि तरिकाले मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाड नगर्ने जस्ता उपायलाई अनुगमन र जरिवाना गर्ने |
– बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, अस्पताल आदि ठाउँमा समय लिएर मात्र सेवा लिने / दिने |
– अनलाइन प्रबिधिलाई सकेसम्म बिस्तार गर्ने | गाहकलाई प्रशिक्षित गर्ने | टेलिमेडिसिन बिस्तार गर्ने |

उपत्यका शिल गर्ने । यहाँ आउनुपर्ने बाध्यता भएका व्यक्तिलाई कि पिसिआर टेस्ट गर्ने कि क्वारेन्टाइनमा राख्ने ।

– यस्तो बिपद्मा पनि अनियमित काम गर्ने तथा आफ्नो जिम्मेवारी बहन नगर्ने पदाधिकारीलाई पदमुक्त गर्न दवाव दिने | कानुनी कारबाहीको लागि नागरिकले पहल गर्ने |
– प्रत्येक वडा कार्यालय, नगरपालिका, महानगरपालिका, सांसद, अस्पताल, स्वास्थ्य मन्त्रालय तथा सरकारलाई दवाव दिएर PCR टेस्ट को दायरा बढाउन जनताले पहल गर्ने | पुलिंग मेथोड़बाट टेस्ट गर्न दवाव दिने | नीजि प्रयोगशालामा PCR टेस्ट गर्न दवाव दिने | दवाव बिना परिक्षणको दायरा बढ्ने लक्षण देखिएन |
– तरकारी बजारदेखि भीडभाडमा किनमेल गर्न नजाने | नागरिक आफैले सुरक्षाबिधि अपनाउने | जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई घरभित्र पनि आइसोलेसनमा राख्ने |