गजल

सबै जना मिलिजुली देशलाई पनि लुट्छन् यहाँ
लुट्ने खबर पाएपछि प्रतिपक्ष पनि जुट्छन् यहाँ ।

कुर्ची र सत्ताको भागबण्डा मिलेन भने मात्रै पनि
एउटै पार्टीका दुईटा झै साँढे जुधाइ जुध्छन् यहाँ

अहो १ डाक्टर अनसन बस्छन्, मन्त्री विज्ञ डाक्टर बन्छन्
भागबण्डा नमिले मात्रै मिलिराखेका पनि टुट्छन् यहाँ

सच्चा देशभक्त भन्दा हनुमानको संख्याले जित्यो बरै
केही भन्नै हुन्न हनुमानहरु एकजुट भई उठ्छन् यहाँ

पापी कोरोना आएपछि राम्रो समाचार सुन्न पाकै छैन
सत्य कुरा बोल्नेलाई त भाटैभाटाले कुट्छन् यहाँ

क्वारेन्टाइनमा बसेकी महिलाको बलात्कार हुन्छ
अपराधी चाँही केही दिनमै धरौटीमा छुट्छन् यहाँ

होसियार जनता अब राम्रो मान्छे चुन्ने हिम्मत गरौं
भोट पाउँनलाई हुने नहुने गफ पक्कै चुट्छन् यहाँ

भोट माग्न आउँदा पहिला प्रगति विवरण देखाउनुस्
काम भको रहिन्छ भने होस् गर्नु, हाम्रा पनि बुट्छन् यहाँ ।