छोरी जन्मदा म किन रोएँ ?

सबै भाइ अट्ने बाबाको आँगनमा अट्न नसक्ने
म जस्तै मेरी छोरी
जब जन्मिईन
मैले नारी हुनुकै कारण सहनुपर्ने
हर हेय र हिनता सम्झेँ

मेरो भर्खरको प्रसव पीडा सम्झेँ
हर महिना बेहोर्नुपर्ने रजस्वला सम्झेँ
असुरक्षित सहर, समाज र सस्कार सम्झेँ
असंतुलित बिधी, बिधान र संबिधान संझे
पुरुषभन्दा तुलनात्मक रुपले कमजोर मेरा शरीरका अंग सम्झेँ
एक दिन माईती घर छोड्नैपर्ने रीति र तिथि सम्झेँ

आफ्नै बाबाको घर आफ्नो नहुने
आफ्नै आमाको थर आफ्नो नहुने
यो छोरी जातिको नियति
जन्मेको घरमा मर्न नहुने

जन्म दिने आमालाई रुवाउँदै
परको पुरुषको वर भएर
अञ्जान सहरको
अनिश्चित गोरेटोमा
अनिच्छुक पाईला टेक्नुपर्ने

त्यसैले
आफ्नो पुरुष बाबासंग मात्र अनुहार मिल्ने
म जस्तै मेरी छोरी
जब जन्मिईन्
मैले उनीतिर एक टकले हेरिरहँे
नारी हुनुकै कारण उनले गुज्रनुपर्ने
हर कठिनाई एक एक सम्झिरहेँ
अनिअ ाफैलाई संहाल्न नसकी अनन्त रोईरहें ।

(मेरी श्रीमती डा. सरिता केसीको भावनामा आधारित)