ओली सामन्तवादका पनि चाकर

रामायणमा एउटा प्रसङ्ग छ । रामको सेनाका सेनापति अङगत थिए । रामले रावणसंग युध्द गर्दा अङगतले जीउ ज्यान दिएर रामको रक्षा गरे । जब युध्द रामको पक्षमा बिजय भएर समाप्त भयो, राम अङगतसंग धेरै खुसि भएर तिमिलाई जे इच्छा छ सोही वर माग म दिन्छु भन्छन् । अङगतले मलाई अरू कुनै वर माग्ने धोको छैन, यदि सम्भव छ भने मेरो बाबुको हत्यारासंग बदला लिन पाऊँ भनेर भन्दछन् । जब कि उसको बाबू बालिको हत्यारा स्वएम् राम नै थिए । यसको अर्थ मेल मिलाप हुदैमा संगै काम गर्दैमा पुरानो रिष इबि सकिदो रहेनछ भन्ने हो ।

माओवादी युध्दकालमा ओली माओवादीका ज्यानि दुश्मन हुन्। यो दुष्ट भावना उनमा अझै छ । प्रचण्डलाई अङगत बनाएकाले रमाई रहेका छन् । माओवादी आन्दोलन प्रतिको भावना पहिला जस्तो थियो अहिले पनि उस्तै छ । नत्र विप्लवको पार्टीलाई आतङ्ककारी घोषणा गरि प्रतिबन्ध लगाउन के आवस्यक छ ? नेपाल कम्युनिष्ट पार्टीले युध्दको घोषणा गरेको छ । शस्त्रअस्त्र प्रयोग गर्नु त के सैध्दान्तिक रूपमा पनि सशस्त्र युध्द समेत भनेको छैन । उसको बिमति दलालपुँजीवाद र यसले गरेको भ्रष्टाचार राष्ट्रघातमा छ ।

सशस्त्र जनयुध्द घोषणा गरी कार्यरूपमै जाँदा पनि बिगतमा सङ्कटकाल लागू नगर्दासम्म माओवादी पार्टी माथि प्रतिबन्ध थिएन । अहिले गणतन्त्रमा यस्तो हर्कत गर्नु ओलीको अनुदारवादी नीति नै हो । ओली रामको प्रतीक त होइनन्, हुन त रामको चरित्र पनि छलि क्रुर नै देखिन्छ तै पनि उनले जितेकाले भागवान बन्न पुगेका छन् । ओली त सामन्तवादका पनि चाकर हुन्, गणतन्त्र त उनको शब्दकोषमै थिएन । गणतन्त्रवादीको नालाएकिले उनी यस्तो स्थानमा पुग्ने मौका पाए । नेपालको राजनीतिमा बाघ मानीयका प्रचण्डहरूलाई अधिन गरि घोडा चड्न पाएकाले उनको चुरीफरी महाराजाको भन्दा कम छैन ।

ओली त सामन्तवादका पनि चाकर हुन्, गणतन्त्र त उनको शब्दकोषमै थिएन ।

प्रचण्ड आफ्नै कारणले उनको टाङ्गमुनि छिर्न परे पनि पुरानो बिरासतले उनलाई बेलामौकामा जोस दिन्छ । अङ्गतले जस्तै पुरानो बैरभाब बिर्सन सकेका छैनन् । अहिले प्रचण्डमा पनि देश र जनता प्रतिको उत्तरदाइत्व छैन । अरूहरूमा बरू एम सीसि प्रतिको धारणा राम्रै होला, प्रचण्ड एम सीसिमा चोखो छैनन् । उनले एम सीसि खारेजिको कुनै शब्द अझै बोलेका छैन् । रडाको एम सीसिको होइन पद प्रतिष्टाको हो । पार्टी फोडेर गएमा बाबुरामको हालत हुने कुरा बुझेका छन् । ओलीलाई प्रधानमन्त्रीबाट हटाए पनि आफू प्रधानमन्त्री बन्ने सम्भावना छैन । ओलीलाई प्रधानमन्त्रीबाट हटाए पनि पार्टी अध्यक्ष ओली नै रहन्छन् ।ओली पार्टी अध्षक्ष माधब नेपाल प्रधानमन्त्री बन्दा उनी तेस्त्रो तहमा पुग्दछन् ।

अहिले प्रचण्डको माग बालिको छोरा अङगतको जस्तै हो । बैठकमा बोलेर रिस फेर्ने कामहुन्छ क्रियात्मक रूपमा केही परिवर्तन हुदैन । एम सीसिको म्याद थपका लागि अनुरोध हुन्छ । आ-आफै हात माड्ने आ- आफै थाक्ने काम हुन्छ । डबल नेकपाको यश बैठकले न जनताका समस्याहरूको पहिचान गरि राहत पुराउने काम गर्नेछ न पार्टीमा उर्जा नै भर्ने छ । हात्ती आयो हात्ती आयो फुस्सामा सकिने छ ।