सत्ता र सोती हत्याकाण्ड

“राम राज्यका रामहरुले
मनुस्मृती पढेर
रामराज्य चलाए
लालराज्यका रामलालहरुले
कम्युनिस्ट घोषणापत्र पढेर
मनुराज चलाउदै छन ।”

माहाभारत र रामायण
वर्ग संघर्ष होइन
वंश संघर्षको
संगीन दस्तावेज हो ।

कम्युनिस्ट घोषणापत्र
वंश संघर्ष होइन
वर्ग संघर्षको
संगीन दस्तावेज हो ।

वर्ग संघर्षमा
कम्युनिस्ट घोषणापत्र
लालपुर्जाले जन्माएको
सजातिय संगीन दस्तावेज हो भने
माहाभारत र रामायण
लालपुर्जाले जन्माएको
बिजातीय संगीन दस्तावेज हो ।

यहाँ लालपुर्जाले
वंशवाद जन्माउछ
वंशवादले द्रोपदी र एकलव्य जन्माउछ ।

द्रोपदीको चिरहरण हुनु
एकलव्यको अगुठा हरण हुनु
माहाभारतको विषेशता हो
सीताको यौनी हरण हुनु
सम्बुकको टाउको हरण हुनु
रामायणको विषेशता हो ।

यी विशेषताले खोल ओढदैन
जब विशेषताले खोल ओढछ
उभयलिङगी जन्मिन्छ ।

राम राज्यका रामहरुले
मनुस्मृती पढेर
रामराज्य चलाए
लालराज्यका रामलालहरुले
कम्युनिस्ट घोषणापत्र पढेर
मनुराज चलाउदै छन ।

यहाँ सन्दर्भ हो सोति हत्याकाण्डको । अर्थात सोति (मोबलिचिङ) ।
हत्यामा हत्या गर्ने मात्र हत्यारा हुदैन हत्यालाई ढाकछोप गर्ने जो सुकै हुन ती सबै हत्यारा हुन्छन। हत्याकाण्डमा मौन बस्ने पनि हत्यारा नै हुन्छन । यहाँ जनार्दन शर्मा भुपु गृहमन्त्री भन्छन” नवराज वि.क. लगायत सबै भेरीमा डुबेर मरे” । राम बहादुर थापा बहालवाला गृहमन्त्री भन्छन ” अमेरिकामा पनि जातिय हिंसा छ ” यसको मतलब जातिय हिंसा स्वाभाविक हो भन्न खोजेका हुन । भुपु गृहमन्त्री र हाल बहालवाला बन मन्त्री मौन छन । शक्ति बस्नेत दुशासन हुन जसले स्त्रीको चोली हरण गर्ने विध्यापाठ सिकेका छन । जनार्दन शर्मा आधुनिक हनुमान हुन जसले एकाइसौ शताब्दीमा जन्मिएका नया सम्बुकहरुको हत्या हुदा भेरिमा बग्यो भनेर हनुमान चालिसा पढछन ।प्रचण्ड र ओली सकुनि हुन जसको कारण डाक्टरको रिपोर्टले सोती हत्याकाण्डलाई भन्छ “जो मरे ती सबै भेरीमा डुबेर मरे” ।

यहाँ जस जसले नवराज वि.क. हरुलाई भेरीमा डुबेर मरे भने ती उभयलिङगी जति सबै यो समाजका जिउदो लास हुन । सोति घटना जात व्यवस्थाका कारणले घटेको हत्याकाण्ड हो । जात व्यवस्था लालपुर्जाको जराले जन्माएको मजबुत हागो हो । यो सेतो लाल सत्ता लालपुर्जावादीको थाक थलो हो । जहाँ हत्याकाण्ड ढाकछोप गर्ने उभयलिङ्गी हत्याराहरु बसेका छन ।

साथीहरु
अब मोड होइन
बाटो बदलौ
छानो हैन
जग बदलौ ।
नोट: सोति हत्याकाण्डलाई लिएर एउटा आलेख लेखिदै छ ,”रातो सती पुराण” 

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।