विप्लवलाई प्रश्न : वास्तविक नायक बन्न तयार हुनुहुन्छ ?

सम्झौता मान्छेका निजी इच्छाले होइन, उसका आवश्यकताले निर्धारण गर्ने हो । २०६३ यता बिप्लबजीहरु बागी यात्रामा हुनुहुन्छ । हुन त। त्यसउता पनि बागी नै हुनुहुन्थ्यो ।

समयका चक्रहरु सधै समान गतिमा घुम्दैन रहेछ । चुनवाङदेखि शान्ति सम्झौतासम्म क. बिप्लब कहाँ थिए ? परायाहरु आएर आफ्ना बन्दुकमा ताल्चा ठोक्दा कहाँ थिए ऊनी ? मान्छेका थुप्रै प्रश्न छन् बिप्लबसँग। एक नेता मान्नुको बिश्वास खातिर केही अपेक्षा पनि छन ऊनीसंग ।

रास्ट्रबादको नक्कली दुन्दुभी बजिरहेको कुरुप वर्तमानमा, आन्तरिक उत्पीडनको छट्पटी चर्किरहेका बेला रास्ट्रबादी नायक खोजेको छ समयले । शताब्दीकै भयानक महामारी र यसले जन्माएको आतंक र आर्थिक जीवनको निरुपाय छट्पटीसामु समयले यस्तो एक नायक खोजिरहेको छ, जसले आजको भयावह अवस्थाबाट देश र जनतालाई उतार्न सकोस् ।

चुनवाङदेखि शान्ति सम्झौतासम्म क. बिप्लब कहाँ थिए ? परायाहरु आएर आफ्ना बन्दुकमा ताल्चा ठोक्दा कहाँ थिए ऊनी ?

हाम्रो समयको प्रश्न, हाम्रो समयको जिज्ञासा र कौतुहलता यो कि –के हाम्रो समयको वास्तविक नायक बन्न विप्लव तयार छन् ? कोही छ यो देशलाई संकटबाट बाहिर निकाल्न सक्ने भनेर भरोसा दिलाउन के बिप्लब समर्थ छन् ?

विप्लव दाइ, कमजोर मान्छेको विवशतामा आगो तापेर बस्ने कि कथित कवच च्यातेर देश सम्हाल्न अघि सर्ने ?

दूर देशमा खाबो कोपर्न पर्ने तिम्रो आबेशमा केही क्षण सहानुभूतिका नयनसहित तिम्रो दर्शक बने पनि समयक्रमले मान्छेलाई अघि जान बाध्य पार्ने छ । मान्छेका रुपमा एक सामान्य मान्छे सधै कमजोर हुन्छ । आफ्नो रक्षाका लागि चारैतिर भगवान थापना गर्छ र ढुङ्गालाई सुरक्षाकवच मानेर आफू मस्त सुत्छ । कोही असल मानिस अगाडि आएन नायक बनेर भने विकल्पको कम खराब मान्छेलाई नायक मानेर मान्छे अघि बढ्न विवश हुन्छ ।

विप्लव दाइ, कमजोर मान्छेको विवशतामा आगो तापेर बस्ने कि कथित कवच च्यातेर देश सम्हाल्न अघि सर्ने ? यो म जस्ता धेरै मान्छेको प्रश्न हो र यी प्रश्नमात्र होइनन्, समयले तिमीसँग गरेका अपेक्षा पनि हुन् ।

तिमी नै भन–तिमी तिम्रै लहडमा नाचिरहन्छौ या यो समयको नायक बनेर हामीसँग हुन्छौ ?

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।