प्रधानमन्त्रीको बेसारे भाषणबारे

गाउँले जीवन बेस कि शहरिया जीवन बेस भन्ने बादबिबादमा भाग लिने हिम्मत ,आट ,तर्क र अध्ययन नभएका कृत्रिम जीवन यापन गर्ने मबादी शहरिया बुज्रुकहरु सम्माननीय प्रधानमन्त्री केपी ओलीको भाषण त केपी फोबियाकै कारण अजकल्टो सुनिएको छ होला । वा रेडियो र टेलिभिजन च्यानलहरूमा केपी ओलीको आवाज सुन्ने बित्तिकै या तस्वीर देख्ने बित्तिकै बिरालोले रुख चिथोरे झैं ड्याम्म हिर्काएर झरप्प बन्द गरिएको छ नै होला । किनकि, त्यतिबेला केपी ओलीले मुलुकलाई हरेक खाले अतिबादको दल-दल र भड्खालोबाट जोगाएर अखण्ड ,स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक बनाएर ल्याएको मर्लक्कै बिर्सिएकै छ होला !

सबै दलहरूलाई बिश्वासमा लिएर जुगमै पहिलो पटक भारतीय शासकहरुको प्रतिकुल हुने गरी विभिन्न शिर्षकका अतिबादलाई धूलो चटाउदै ,आत्मनिर्णयको अधिकार लगायत मुलुक भोलि सिक्किमीकरण र फीजीकरण हुन सक्ने सबै सम्भावित बिषयहरुलाई राम्रैसङ्ग ठेगान लगाउदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपालको मौलिक संविधान जारी गर्नमा सबैभन्दा शक्तिशाली र केन्द्रीय भूमिका निर्बाह गरेको कुरा त सतीले सराप गरेको भनिएको देशमा सम्झने कुरा टाढैको बिषय होला ? दया, माया ,उपकार,भाइचारा ,बन्धुत्व र बिबेक हराएका हरिलठ्ठक र स्वाठहरुबाट यस्तो आशा गर्नु अर्को मूर्खता, भुटेको बीउ उम्रने वा गोरुले गर्भधारण गरेर बाच्छाबाच्छी पाउछ भन्नू जस्तै हो ।

नेपाल भौगोलिक बनोटका हिसाबले उच्च हिमालय पर्वत श्रीङ्खलादेखि पहाडी भूभाग र तराईली समथर फाटहरु मिलेर बनेको छ। हिमालय पर्वतबाट बाह्रै महिना बग्ने स्थायी नदीहरु, तालतलैया, विभिन्न जातका रुखबिरुवा, बनस्पति ,जंगली जनावर पाइने मनमोहक हाम्रो देश पूरातात्विक हिसाबले निकै महत्त्वपूर्ण छ,धार्मिक-सास्कृतिक हिसाबले हजारौं बर्ष अगाडिदेखि ऋषिमुनिहरुको तपोभूमि हो । ज्ञानको केन्द्रबिन्दु हो, गुरुकुल शिक्षा पद्धतिको आधारभूमि हो । पूर्वीय दर्शन र सस्कृतिको उद्गगम र बिकासको केन्द्र हो।

प्रधानमन्त्री केपी ओलीका बिज्ञानसम्मत ज्ञानका कुराहरुलाई हासो मजाक ठान्नु हाम्रो उत्पत्ति भूमिको महत्त्व नबुझ्नु,राष्ट्र र राष्ट्र बन्नका लागि आवश्यक तत्वहरुको ज्ञान नहुनु हो।

औषधिजन्य जल, जमिन र जङ्गलले युक्त प्राकृतिक सम्पदाहरुले भरिपूर्ण हाम्रो देशमा उत्पादन हुने खाद्यबाली, जिन्सी र नगदेबालीहरु झनै जडिबुटीजन्य छन् । यिनीहरूको नियमित आहार र बिहारले नेपालीहरुको प्रतिरोधात्मक क्षमता बढाउछ । रोगमाथि बिजय हासिल गर्न सकिन्छ भन्ने सम्माननीय प्रधानमन्त्री केपी ओलीका बिज्ञानसम्मत ज्ञानका कुराहरुलाई हासो मजाक ठान्नु हाम्रो उत्पत्ति भूमिको महत्त्व नबुझ्नु,राष्ट्र र राष्ट्र बन्नका लागि आवश्यक तत्वहरुको ज्ञान नहुनु हो। रोग वा बिमार हाम्रो वशभन्दा बाहिरको कुरा हो। मात्र रोग लागेपछि उपचारको निम्ति चिन्तित हुनुभन्दा रोग लाग्नै नदिनु बेस हो।

यसको सबैभन्दा राम्रो उपाय ब्यक्तिमा दह्रो आत्मबिश्वास सृजना गरी मनोबैज्ञानिक रुपले नै रोग लाग्न नदिनु वा साहसपूर्वक त्यसको सामना गरी रोगलाई जित्न नियमित , उपयुक्त घरेलु आहार,शारीरिक ब्यायाम वा योगको सबैभन्दा राम्रो बैकल्पिक उपायको बारेमा देशको एउटा अभिभावकले आफूसँग जोडिएका जनसमुदायलाई सुझाउने कुरालाई केही अहङ्कारी , शहरिया बुज्रुकहरुले नियतवश उठाउनु कस्तुरीलाई आफ्नो पेटको नाबीमा भएको बीनाको गन्ध थाहा नपाएर भुस्याहा जनावरले गल्लीको बाटो चाहारे जस्तै वा डाडाडाडासम्म पुगे जस्तै बाहेक अरु के हुन सक्छ ?

यदि भगवान हुनुहुन्छ भने Oh!God,नेपाली शहरिया बुज्रुकहरु, तपाईंहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण कहिल्यै पूरा सुन्नुभएको छ कि अध्यारोमा हात्ती छाम्नुभएकोछ । या पानीमा मुड्की बजार्नुभएको छ वा अनकण्टार हावामा गोली पडकाउनु भएको छ ? यो भन्दा ज्यादा अराजकता के हुन सक्छ? अतिबादको पनि हद भयो है । क. केपीले मनोवल पार्नुपर्छ, साहसी हुनुपर्छ ,प्रचुर आत्मबलको बिकास गर्नु पर्दछ । कोरोना लाग्यो अब त मरिहालिन्छ भनेर मनोबल गिराउनु भो ,मन सानो पार्नुभो, उकुसमुकुस हुनु भो,डराउनु भो,अब सबै सकियो,बर्बाद भयो,आकाश खस्यो,जमिन भास्सियो भनेर जीवनदेखि हार खानुभयो भने त रुघाखोकी ,ज्वरो जुन रोगले पनि लैजान्छ,कोरोनाले मात्र लान्छ भन्ने हैन।

कुनै भ्याक्सिन वा औषधि नबनेको अवस्थामा आफ्ना नागरिकहरुलाई कोरोनाबाट वचन प्रधानमन्त्रीले अभिभावकीय रूपमा सुझाउदा उफ्रने मानसिक रोगीहरुलाई हार्दिक शुभेच्छा प्रकट गर्दछु,

हामी हिमाली क्षेत्रमा बस्नेहरु ताजा खानेकुराहरु खान्छौं, हप्तौंसम्म फ्रीजिङ्ग गरेको वस्तु खासै खादैनौ,बासी-सडेगलेको वस्तुबाट सकेसम्म जोगिन्छौ । आजको आजै पकाई ताजा खान्छौं, हामीले दैनिक खानेकुरामा प्रयोग गर्ने वस्तुहरु बेसार, अदुवा ,लसुन,मह,घ्यू,टिमूर,कागती,गूर्जो,बोदो ,धनिया आदि सबै जडिबुटीजन्य मिसिएका जस्ता हुन् । त्यसकारण हामीमा रोग विरुद्ध लड्ने ईम्युनिटी पावर बढी छ, कोरोना सामान्य रुघाखोकी जस्तै हो । नयाँ बिमार र कोरोना कहरको रूपमा मानवीय सभ्यतासित भलै पौठेजोरी खोज्दै आएको भएपनि यो बिषाणु सिनिजिङ्ग वा हाच्छ्यू गर्दा पनि बलको आधारमा स्थान परिवर्तन हुन सक्छ कुरा उट्पट्याङ्ग हुन सक्दैन ।

उच्च मनोवल पार्नुपर्छ भनेर उच्च मनोवल बनाउन सन्देश दिन खोजेको कुरा काउन्सेलिङ्ग हो ।औषधिले रोग निको हुन्छ भन्ने काउन्सेलिङ्ग वा मानसिकता भएन भने त टाउको दुखेर पनि मर्न सकिन्छ अनि यसलाई केटाकेटी आए गुलेली खेलाए जस्तो मजाक गर्दा तपाईं केही शहरिया बुज्रुकहरु सोच्नुस त तपाईंको परिवारको सदस्यलाई कोरोना भैहाल्यो भने ल सकियो भनेर लल्याङ्गलुलुङ्ग भएर खुट्टा तन्काउनु हुन्छ कि काउन्सेलिङ्ग गर्नुहुन्छ ? यसकारण वाइहात,तूक नभएका, हतोत्साहित पार्न खोज्ने तरीका र शैलीहरु बन्द गर्नुस् । क्वारेन्टिनमा नै मानिसहरुले आत्महत्या गर्न थाले र कोरोना बारेको स्टिग्मा बढी भयो र सर्वसाधारणमा भ्रम र अनावश्यक त्रास भयो भन्ने एक सांसदको प्रश्नको जवाफमा सवैलाई सन्देश दिने वहाँको यो तरीका एकदम ठीक छ, सर्वसाधारण नेपाली जनसमुदायले यही ठेट भाषा बुझ्दछन् ।

हामी आफूलाई विद्वान ठान्ने बुज्रुकहरुलाई यो अमृत जस्तो कुरा बिष लाग्यो ? यस कारण सम्मानानीय प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको सन्दर्भ मा अभिब्यक्त गर्नुभएका बिचारहरुलाई उडाएर प्रतिक्रिया दिनु पटमूर्ख र स्वाठ प्रवृत्तिबाहेक अरु के हुन सक्छ ? उच्च मनोबल ,रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधीय गुणका खानपिन ,तातोपानी र बाफको सेवन,ब्यायाम र नियमित सरसफाइ नै कोरोना जित्ने उपायहरु हुन सक्छन् । कुनै भ्याक्सिन वा औषधि नबनेको अवस्थामा आफ्ना नागरिकहरुलाई कोरोनाबाट वचन प्रधानमन्त्रीले अभिभावकीय रूपमा सुझाउदा उफ्रने मानसिक रोगीहरुलाई हार्दिक शुभेच्छा प्रकट गर्दछु,वहाँहरुलाई कोरोना मात्रै हैन कुनै रोग नलागोस । हार्दिक शुभकामना !!