प्रेम कविता

यादहरुसगँ
सम्झनाहरुसगँ
प्रतिविम्बसगँ
छायासगँ

मेरा यादहरुमा सदैव
तिमीले पठाउने गरेका
अाैडाहा ,छटपटी, उकुसमुकुस र प्यासहरुसगँ
प्रेम गर्दागर्दै म थाकिसके प्रिय !

नदेखेरै, नबाेलेरै, नभेटेरै
मेराे मुटु माझ अाउने
तिम्रा तस्विरहरुसगँ मात्र
माैनताहरुसगँ मात्र
तिमीले स्नेहपुर्वक दिएका
मायाका चिनाहरुसगँ मात्र
प्रेम गर्दागर्दा म अत्तालिसके प्रिय !

भाे अब सक्दिन जिउँन
तिमी विना !

ताेडेर निशेधित पर्खालहरु
छाेडेर सारा अाफ्नाहरु
भत्काएर सिमानाहरु
नियम र परिधीहरु
म अाउँदैछु
प्रिय ! तिमी समीप

सवै मायालु साइनाहरु
अामा, बाबा ,दाजु भाइ दिदी बहिनीहरु
सबै सबैकाे प्रेम भन्दा
तिम्राे एक्लाे
प्रेमकाे पल्ला
भारी भएकाे याे समय
छाडी अाएकाे छु अाफन्तहरु !

प्रिय !
पराजित हुने भय छ अाखाँमा प्रेमयुद्ध
तथापि म लड्न अाएकाे छु
जिउँन देउ वा नदेउ
त्याे तिम्राे ईच्छा
म त तिमीसगै
जिउँन वा मर्न अाएकी छु ।

मिति -:2077/3/3