कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको सरकारी खर्च विवरण सार्वजनिक भएको छ । संसद, सामाजिक सञ्जाल लगायतमा सरकारी खर्च अपारदर्शी भएको दाबीसहित खर्च विवरण सार्वजनिक गर्न आवाज उठेको थियो ।
यसका लागि आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको विवरण सार्वजनिक भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत् विवरण सार्वजनिक गरेका छन्। संघीय सञ्चित कोषबाट ४ अर्व १० करोड ५५ लाख ६ हजार खर्च भएको विवरणमा उल्लेख छ।
औषधी, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेनटाइन र अन्य गरी ५ अर्ब ६१ करोड ९२ लाख ४० हजार खर्च भएको विवरणमा उल्लेख छ।
प्रदेश सरकारका तर्फबाट १ अर्ब ३० करोड ४ लाख ९१ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख भने स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा छ ।

कोरोना कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ । यसअघि सरकारले १० अर्व बराबर खर्च भएको दाबी गरेको थियो।




