माओत्सेतुङ भन्नुहुन्छ -“वास्तवमा पृथ्वी शेष नागको टाउकोमा अडिएको हैन,पृथ्वी त संसारका नव जवान युवाहरूको काधमा अडिएको छ । युवाहरू बिहानको झूल्के घाम जस्तै हुन् ,जसरी बिहानको उदाउँदो झूल्के घामले दिउँसोको सङ्केत गर्दछ, त्यसरी नै आलोचनात्मक चेतलेयुक्त युवाहरूको भूमिकाले कुनैपनि मुलुकको सुदूर भविष्य निर्धारण गर्दछ।”
यस कारण युवाहरूमा कुनै पनि घट्नालाई हेर्ने आलोचनात्मक चेत हुनु पर्दछ । घट्नालाई विश्लेषण गर्न सक्ने द्वन्द्वात्मक भौतिकबादी दृष्टिकोण हुनु पर्दछ। हामी युवाले चेतना र पदार्थको अन्तरसम्बन्ध बुझ्नु जरुरी छ। किनकि ,पदार्थले चेतनाको निर्धारण गर्दछ अर्थात हरेक कुराको बिकासमा पदार्थ वा वस्तु प्रधान हुन्छ, चेतना दोश्रो हुन्छ या चेतनाको जननी वस्तु हो । पदार्थ मुख्य र चेतना दोश्रो हुने कुरा आत्मसात गर्न नसक्दा हामी युवाहरूले समाजप्रतिको हाम्रो जिम्मेवारी र दायित्वलाई उचित ढङ्गले महसुस गर्न सक्दैनौं र मुलुक भयङ्कर दुर्घटनामा पर्न सक्छ । हामी किम्कर्तव्यबिमूढ हुन पुग्छौं । कुनै पनि मुलुकमा ब्यवस्था मात्र हैन, ब्यवस्था भित्रको प्रणाली नै परिवर्तन युवाको भूमिकामा भर पर्दछ।
तसर्थ युवा आलोचनात्मक चेतले युक्त परिवर्तनका सम्बाहक हुन् । सामाजिक जागरण ,सचेतना र मुलुकको परिवर्तनका सच्चा हिमायतीहरु हुन् । युवा वर्ग सामाजिक परिवर्तनको आधार स्तम्भ हुन् ,युवा वर्ग राष्ट्रियता,जनजीवीका र सामाजिक परिवर्तनको आन्दोलनको सच्चा पहरेदार हो,हरेकखाले सामाजिक बिकृति-बिसङ्गति र बिभेदहरुको अन्त्यमा युवा समुदाय नै अगुवा दस्ता हो। देशको उदय, सभ्यता, राजनीतिक परिवर्तन, यसको आर्थिक-सामाजिक रुपान्तरणमा युवा वर्गको त्याग, बलिदान र समर्पण जोडिएको छ।
बीसौं शताब्दीको मध्यतिर बिश्व परिवेशमा राजनीतिक प्रकृतिका ठूल्ठूला परिवर्तन भए । नेपालमा भने कोतको हत्याकाण्ड पछि बि.स.१९०३ आश्विन०२ गते जङ्गबहादुर कुवरले एकतन्त्रीय ,जहानिया,निरङ्कुश,फासिष्ट तानाशाही ब्यवस्था स्थापना गरेपछि नेपाली जनता र युवाहरूलाई राजनीतिक गतिविधि गर्न असीमित अधिकारको प्रयोग गरेका हिटलर र मुसोलिनी जस्ता अधिनायकबादी राणाहरुको अगाडि कुनै छुट थिएन । १९९३ सालमा मात्र नेपाली युवाहरु गङ्गालाल, दशरथ चन्द, शुक्रराज र धर्मभक्त माथेमाले धर्मभक्तकी फूपू योगकुमारीको घरमा राणाशासन अन्त्यको बिगुल फुक्न, त्यो क्रूर शासन ब्यवस्थाको समूल अन्त्य गर्न प्रजा परिषदको स्थापना गरेका थिए यद्यपि १८ बर्षका गङ्गालाल लगायतलाई १९९७ सालको माघमा झुण्ड्याएर,गोली ठोकी फाँसी दिएर मारियो। युवा समुदायमा यस्तो खाले आलोचनात्मक चेत हुनु पर्दछ ।
यो खासगरी राजनीतिक दलमार्फत मात्र सम्भव थियोे र छ। सन् १९४७ मा भारतमा नेपाली युवाहरु समेतको मद्धतमा क्रान्ति सफल भै अङ्ग्रेज साम्राज्यको अन्त्य र त्यतिबेलै १९४९ मा कम्युनिस्ट पार्टीले सशक्त आन्दोलनका माध्यमबाट गणतन्त्र चीनको स्थापना गरिसकेपछि भारतमा रहेका नेपाली युवाहरुमा कम्युनिस्ट बिचारले युक्त साम्यबादी भावनाले ठूलो हलचल र गहिरो प्रभाव पार्यो। बि.स.२००३ साल माघ १२ गते राणाशासन अन्त्यकै लागि नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना भयो, त्यसमा पुष्पलाल लगायत धेरै क्रान्तिकारी युवाहरु पनि हुनुहुन्थ्यो । बि.स. २००३ चैत ३१ गते नेपालका विभिन्न स्थानमा सत्याग्रह आन्दोलन शुरु भयो। त्यस आन्दोलन को सबैभन्दा बढी प्रभाव काठमाडौमा पर्यो । काठमाडौमा पुष्पलाल ,पाटन क्षेत्रमा नरबहादुर कर्माचार्य र उपत्यका बाहिर बीरगन्जका निरन्जन गोबिन्द बैद्दले नेतृत्व गर्नुभो।
देशको उदय, सभ्यता, राजनीतिक परिवर्तन, यसको आर्थिक-सामाजिक रुपान्तरणमा युवा वर्गको त्याग, बलिदान र समर्पण जोडिएको छ।
आन्दोलनको प्रभाव क्रमिक रुपले स्थानीय तहका मजदुर र किसान वर्गमा पर्दै गयो। त्यस्तो अवस्थामा राणाशासन बिरोधी आन्दोलनको घोषणा गर्ने नेपाली राष्ट्रिय काङ्ग्रेसको हातबाट नेतृत्व शोषितपीडित वर्गमा जान सक्ने अवस्था देखिएपछि आन्दोलनलाई तत्कालका लागि नेपाली राष्ट्रिय काङ्ग्रेसले कार्यकारिणीबाट निर्णय गर्दै आन्दोलन स्थगित गर्यो। त्यो निर्णयले राणा शासन बिरोधी आन्दोलनमा लागेका युवाहरुको उत्साहलाई एक्कासि कम्जोर तुल्यायो।
२००४ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको सम्मेलनले जेलमा रहेका बिपी र टङ्कप्रसादलाई नेतृत्वबाट हटाई डिल्लीरमण रेग्मीलाई अध्यक्ष र पुष्पलाललाई कार्यालय सचिव नियुक्त गर्यो।
राणाशासन विरुद्धको आन्दोलनले क्रमशः गति लिदै गएको अवस्थामा बीचैमा आन्दोलन रोक्ने कदमलाई पुष्पलाल लगायत आन्दोलनमा सहभागी युवा नेताले जायज मानेनन्। फलतः त्यसपछि राणाशासन बिरोधी गतिविधिमा लागेकाहरु निरन्तररुपले नेपाली राष्ट्रिय काङ्ग्रेसमा सङ्गठित भैरहनु उपयुक्त ठानेनन् । त्यसपछि केही नेपाली युवामा राजनीतिक ध्रुवीकरणको अवस्था बिकसित हुँदै गयो। यद्यपि त्यति बेलासम्म नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भैसकेन तर भारतीय कम्युनिस्ट पार्टीले लिएको नीतिको प्रभाव नेपालका केही युवाहरूमा पर्यो। २००४ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको सम्मेलनले जेलमा रहेका बिपी र टङ्कप्रसादलाई नेतृत्वबाट हटाई डिल्लीरमण रेग्मीलाई अध्यक्ष र पुष्पलाललाई कार्यालय सचिव नियुक्त गर्यो।
जुन कुरामा बिपी सहमत भएनन् र आफ्नो नेतृत्व दाबी गरिरहे । नेपाली राष्ट्रिय काङ्ग्रेस फुट्यो।तत्कालीन समयमा राणाशासन बिरोधी आन्दोलनलाई टुङ्गोमा पुर्याउने ठूलो बिश्वास र भरोसा गरिएको नेपाली राष्ट्रिय काङ्ग्रेसले अप्रत्याशित रूपमा आन्दोलन फिर्ता लियो। पार्टी नै बिभाजित हुन पुगेका कारण राजनीतिमा सक्रिय हुँदै गएका युवाहरूलाई एकपछि अर्को गर्दै निराश तुल्याउदै गयो।
नेकाको बिभाजनपछि पुष्पलाल डिल्लीरमण रेग्मीले नेतृत्व गरेको काङ्ग्रेसमा रहेर काम गरेका थिए । किनकि ,डिल्लीरमण माक्र्सवाद र लेनिनवाद बुझेका थिए र भारतले त उनलाई कम्युनिस्ट नै भन्थ्यो र यी क्रान्तिकारीहरुले यसकारण दिल्ली सम्झौतामा कुनै भूमिका मन पराएनन् र कोइरालावाला काङ्ग्रेसले धोका दिएको महसुस गरे। समयको अन्तरालमा पुष्पलालहरु डिल्लीरमणको नीतिसङ्ग क्रमशः सन्तुष्ट हुन सकेनन् र डिल्लीरमण रेग्मीलाई चिट्ठी नै लेखेर काङ्ग्रेसबाट छुट्टी लिए बिकल्पको खोजी गर्न थाले । त्यो भन्दा पहिल्यै गोपालप्रसाद रिमाल, बिजयबहादुर मल्लको बीचमा कुरा हुँदा रुसको नाम सुनेका थिए युवा पुष्पलालले । त्यहीबेला विश्व प्रसिद्द समाजबादी साहित्य म्याक्सिम गोर्कीको `आमा ´उनले पढिसकेका थिए।
बि.स.२००५ साल मङ्सिरमा कलकत्ताको वाशिङ्गटन पार्कमा भारतीय कम्युनिस्ट पार्टीले आयोजना गरेको आमसभामा भाग लिन पुगेका नेपाली राष्ट्रिय काङ्ग्रेसका कार्यालय सचिव पुष्पलालको भेट भारतीय कम्युनिस्ट पार्टीमा राम्रो प्रभाव पार्न सफल दार्जिलिङका गणेशलाल सुब्बा र रत्नलाल ब्राह्मणसङ्ग भेट भो । ठूलै प्रभावित भै कम्युनिस्ट पार्टी निर्माणमा क्रियाशील हुन पुगे ।पुष्पलाल ।त्यस्तै काङ्ग्रेस मै रहदादेखि नै माक्र्सवादी पुस्तक पढ्न थालेका र भारतीय कम्युनिस्ट पार्टीका नेताहरू अयोध्यासिह, माइला बाजे, नेपेन्द्र चक्रवर्ती आदिको सम्पर्कले भारत प्रवासमा रहेका अन्य नेपाली युवासित मिली माक्र्सवादी अध्ययन मण्डलको स्थापना गरे कम्युनिस्ट घोषणा पत्रको नेपालीमा अनुवाद गरे। अनि चार जना नेपाली युवाहरू पुष्पलाल ,निरन्जन गोबिन्द बैद्द, नारायणबिलास जोसी र नरबहादुर कर्माचार्य जम्मा भै बि.स.२००६-०१-१० गते गोप्य ढ्ङ्गले नेकपा को स्थापना गरे ।
“पुष्पलालले भनेको त झनै मान्ने कुरै भएन, किनकि ,पुष्पलाल त्यही काङ्ग्रेसको कार्यालय सचिवबाट बिद्रोह गरेका थिए।
त्यही दिन काठमाडौबाट कलकत्ता पुगेकी मोतीदेबी(दुर्गादेबी) लाई पनि संस्थापकको रूपमा समेटे। तर,राणाशासन बिरोधी आन्दोलनमा कम्युनिस्टहरुलाई संयुक्त रूपमा जान मनमोहनले बिपीलाई धेरै अनुरोध गरे,बिपी मानेनन् सामूहिक संघर्षको कुरा गर्दा बिपीले आन्दोलनलाई “भारतले सहयोग र समर्थन गरेको,कम्युनिस्टहरुलाई अगाडि लिएर बढ्दा समस्या पर्छ,बरु यस दौरानमा मैले तिमीहरूलाई थुन्नुपर्ने हुन्छ।
“पुष्पलालले भनेको त झनै मान्ने कुरै भएन, किनकि ,पुष्पलाल त्यही काङ्ग्रेसको कार्यालय सचिवबाट बिद्रोह गरेका थिए। मनमोहन चाहिँ पहिल्यै भारतीय कम्युनिस्ट पार्टीको सदस्य थिए नेकपा भन्दा जेठा कम्युनिस्ट पार्टीका सदस्य थिए ,मनमोहन ।
यो अभिव्यक्तिको अर्थ होनहार क्रान्तिकारी युवाहरुको ठूलो समूह जुन पहिले पनि काङ्ग्रेसमा रहदा डिल्लीरमण रेग्मीको नगिच थियो,डिल्लीरमणलाई भारत सरकारले पनि कम्युनिस्ट सोच्थ्यो,नेपालका शाह राजाहरुले पनि त्यस्तै नकारात्मक सोच्थे र कोइराला परिवारको नेतृत्वमा रहेको काङ्ग्रेससित गला जोडिएको ठान्थे अनि कम्युनिस्ट पार्टीसित ज्यादै अनुदार काङ्ग्रेस ,अलि बढी पुरानो पार्टी समेत। अनि किन मान्थे त राणा विरुद्ध संयुक्त आन्दोलनको कुरा? यसकै कारण नेपाली काङ्ग्रेसले नेपाली जनसमुदायलाई ठूलो धोकाधडी गरेकै उपज दिल्ली सम्झौताको ३ नम्बर बुदाको अब उप्रान्त मुलुक गणतन्त्रात्मक हुनेछ र ५ नम्बर बुदाको जनताद्वारा बिधान सभामा निर्बाचित प्रतिनिधिहरुले संविधान बनाउने छन् भन्ने निर्णय लागू हुन सकेन ।
यसकारण युवाहरु जनताको आन्दोलनका महत्त्वपूर्ण सारथीहरु हुन् ,ब्यवस्था परिवर्तनका जङ्गेपिलरहरु हुन् ,अदम्य साहस ,आट र योजनाका मुहान हुन् ।
किन कि,त्रिभुवनले चाहेको राजतन्त्रात्मक प्रणालीको अन्त्य स्वयं कम्युनिस्टहरुलाई हेर्ने अनुदारबादी दृष्टिकोणका कारण भारत समेतको उक्साहटमा काङ्ग्रेसीहरुले मानेनन्, २००८ सालदेखि २०१५ सालसम्म सरकारहरु अदलबदल भैरहे, काङ्ग्रेस अध्यक्ष मातृकाप्रसाद दुई -दुई पटक प्रधानमन्त्री भए ,२०१५ सालमा भएको आमनिर्वाचनमा काङ्ग्रेसले दुई तिहाई बहुमत हासिल गर्यो, कम्युनिस्टहरुलाई बाइपास गरी ठेगान लगाउनकै कारण दिल्ली सम्झौता लागू नगरेको काङ्ग्रेसको ऎतिहासिक भूल र अकर्मण्यताका कारण २०१७ साल पौष ०१ गते बिपी कोइरालाको सरकार राजा महेन्द्रले अपदस्त गरे,दलमाथि प्रतिबन्ध लाग्यो । काङ्ग्रेसका तत्कालीन महामन्त्री तुलसी गिरी लगायतका दर्जनौं नेताहरु दरबार छिर्दा पन्चायतसित आत्मसमर्पण गर्दा र काङ्ग्रेसमा भएको कम्युनिस्ट पार्टी बिरोधी चरित्रका कारणले पन्चायत विरुद्धको संयुक्त आन्दोलन ढिलो भो। त्यही पनि गणेशमान र किसुनजीको बोलवाला भएपछि मात्र २०४६ सालको संयुक्त पन्चायत बिरोधी आन्दोलन सम्भव भयो। जुनसुकै पार्टी वा समूहमा भएता पनि नेपालमा यसरी लोकतान्त्रिक ब्यवस्था स्थापना गर्न ,त्यसको संस्थागत बिकास र जनसमुदायसित जोड्न युवाहरूको शक्तिशाली र निर्णायक भूमिका रहेको पाइन्छ।यसकारण युवाहरु जनताको आन्दोलनका महत्त्वपूर्ण सारथीहरु हुन् ,ब्यवस्था परिवर्तनका जङ्गेपिलरहरु हुन् , अदम्य साहस ,आट र योजनाका मुहान हुन् ।
इतिहासको सच्चाइ र घट्नाक्रमहरुले यिनै कुराहरु पुष्टि गरेका छन् । साथै युवाहरूमा आलोचनात्मक चेतको अपरिहार्य निर्माण र जनताको आन्दोलनमा पुष्टि हुने गरेर त्यसको उपयोग आम सच्चाइ देखिन्छ । किनकि ,यही आलोचनात्मक चेतका कारण पुष्पलाल लगायतका दर्जनौं नेताहरूले तत्कालीन बेलामा काङ्ग्रेसबाट परिवर्तन असम्भव देखेर बिद्रोह गरे। मेजर चित्रबहादुर गुरुङ्ग लगायत क्रान्तिका पहिलो फ्रण्टका नेताहरूले २००७ सालको क्रान्ति पछि पनि नेपाली काङ्ग्रेससित बिद्रोह गरेर पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टी मा एकाकार भए।
तथ्यले भन्छ-भारत भन्दा २६७ प्रतिशतले बढी छ नेपालको कोरोना परीक्षण दर
कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले केही गरेन भन्दै लकडाउन तोडेर प्रदर्शन हुन थालेका छन । सरकारले भारतले लामो समयदेखि हडपेको नेपाली भूमि फिर्ता ल्याउने अठोटका साथ नक्शा जारी गर्दै संबिधान संशोधन प्रक्रिया अघि बढाएपछि एकाएक पिसिआर परीक्षण बढाउनु पर्छ भन्दै सडकमा आपत्तिजनक नारा लगाउँदै कोरोना संक्रमण फैलाएर मुलुक नै तवाह बनाउने षडयन्त्रसहित प्रदर्शन हुन थालेको छ ।
प्रमुख प्रतिपक्षी दलदेखि पूर्वराजाका समर्थक र भारतीय एजेण्टसमेत एक ठाउँमा उभिएर बिरोध भइरहँदा सार्क राष्ट्र र भारतको तुलनामा कोरोना संक्रमितको परीक्षण दर कस्तो छ भन्ने तथ्यलाई जनताटाइम्स पत्रिकाले अध्ययन गर्दा नेपाल नै सवैभन्दा अब्बल देखिएको छ । कुल संक्रमितका आधारमा भारत भन्दा नेपाल धेरै अगाडि रहेको तथ्य फेला परेको छ ।तर,यस्ता जीवीत तथ्य र यथार्थताहरुलाई धमिलो पानीमा माछा मार्न उद्दतहरुले तोडफोड गर्न थालेका छन् ,झूटलाई सत्य सावित गर्न न्वारानदेखिको बल लगाएर कोरोना कहरको बेलामा सडकमा प्रदर्शनको नौटङ्की नाटक मन्चन गरिरहेका छन् ,अशिष्ट र अराजक शैलीमा प्रस्तुत हुँदै छन् ,अचम्मको कुरा नेपालको वस्तुगत ,धरातलीय अवस्थालाई नजरअन्दाज गर्दै रोइलो हाल्दैछ्न्।
गज्जबको कुरा त यो छ कि,नेपाली राष्ट्रियताको बारेमा ,अतिक्रमित नेपाली भूमिको बारेमा भारतको बिस्तारबादी हेपाहा प्रवृत्तिको विरुद्धमा मौन रहेका छन् ,अझ त्यतिमात्र कहाँ हो र?भारतीय चेली,नेपालको अङ्गिकृत नागरिक सरिता गिरीले नेपाली आमाको राष्ट्रिय स्वाभिमानी छातीमाथि हठात बलात्कार हुँदा भारतलाई सोधेर मात्र लिम्पियाधुरा सहितको नेपालको नक्सा जारी गर्नुपर्छ भनी संविधान संशोधन प्रस्ताव दर्ता गर्ने नेपालको नूनपानी खाएर भारतको गाना गाउने देशद्रोही सरिता गिरीको बारेमा बेखबर छन् ,आफूलाई स्वतन्त्र भन्न रुचाउने कथित देशभक्त र राष्ट्रबादीहरु!अनि ठूलो किलो जूलको शक्ति लगाएर इतिहासका थुप्रै घट्नाक्रम र जीवीत यथार्थताहरुले अकबरी सुन जस्तो खारिएको नेपाल आमाको प्यारो सपूत देशभक्त छोरा केपी ओली विरुद्ध अबान्छित नाराबाजी गर्दैछन् !
कोरोना महामारी बिरुद्धको बिश्वब्यापी लडाइँमा वल्डोमिटर्सको सूचू अनुसार कूल संक्रमितका आधारमा भारत चौथो र हाम्रो देश नेपाल ७४औं स्थानमा रहेको । यस्तै प्रति १० लाख जनसंख्यामा कोरोना संक्रमण परीक्षण दर अर्थात टेष्टिङ रेट भारतको ३,७८० रहेको छ भने नेपालको १० हजार १ सय ४ रहेको छ । जुन भारतको भन्दा २६७ प्रतिशतले बढी हो । यी सवै तथ्यलाई बंग्याएर नेपालमा अफवाह फैलाउने काम भइरहेको छ । अनि भोलिको नेपाल निर्माणका मेरुदण्डको रूपमा रहेका होनहार युवा समुदायले बिबेक गुमाउन हुन्छ कि हुँदैन ? भावावेग,उत्तेजना ,संवेगमा आएर ,आग्रह, पूर्वाग्रह वा दूराग्रहले लिचिप्प भै तत्थ र तथ्यांकबाट अलगथलग रहेर कोरोना कहरको प्रतिकुल भौतिक अवस्थामा ,गुमेको भूमि फिर्ता गर्ने महान राष्ट्रिय एकताको अभियान ओझेलमा पर्ने गरेर ,भाइ फुटे गवार लुटे भन्ने भनाइलाई मर्लक्क बिर्सेर सडकमा आउनु बेमौसमी बाजा बजाउनु जस्तै हो।यो बेमौसमी बाजाको बारेमा नेपाल बिरोधी भारतीय मिडियाहरुले कस्तो बिष ओकल्दै छन् ? यसको जिम्मेवार युवाहरू र सारा जनसमुदायले ख्याल् गर्ने कि नगर्ने? राष्ट्र जोगाउने जिम्मा हामी युवाहरुको हो कि होइन ? भोलि मुलुक नै नरहे हामी नेपालीहरु को अस्मिता र अस्तित्व के हुन्छ? वाच ड्रगको भूमिका निर्बाह गर्ने युवा वर्गले सोच्ने कि नसोच्ने?प्राथमिकताका बिषयहरु के-के हुन् वा सङ्गसङ्गै उठान गर्नुपर्ने एजेन्डा के हुन् ?यसतर्फ गम्भीर ख्याल गरौं ।
यो बेमौसमी बाजाको बारेमा नेपाल बिरोधी भारतीय मिडियाहरुले कस्तो बिष ओकल्दै छन् ? यसको जिम्मेवार युवाहरू र सारा जनसमुदायले ख्याल् गर्ने कि नगर्ने?
सरकारले केही गरेन भन्नेहरुले अहिलेसम्म १ लाख १५ हजार ९ सय ३० जनाको नि:शुल्क पिसिआर टेष्ट भएको तथ्यलाई समेत बिर्सिएका छन । यस्तै हालसम्म १ लाख ७८ हजार १ सय ४३ जनाको नि:शुल्क आरडिटी बिधिबाट परीक्षण भएको छ भने ४ हजार ६ सय १४ संक्रमितको निशुल्क उपचार भएको छ । यसैगरी हालसम्म १ लाख ६२ हजार १३ जनालाई निशुल्क क्वारेन्टाइनमा राखिएको छ भने ३ हजार ७ सय ३८ जनालाई नि:शुल्क आइसोलेसनमा राखिएको छ । तीन महिना अघि एउटा पनि कोरोना परीक्षण गर्ने अस्पताल थिएन । अहिले २२ ओटा पुर्याइएको छ ।
हो ,स्रोत साधनको सीमितता र आवश्यक सामाग्रीको अभावले सरकारले सवै नागरिकको पिसिआर परीक्षण गर्न सकेको छैन । सरकारले असार १५ सम्ममा आवश्यक सामाग्री ल्याएर प्रतिदिन १० हजारको पिसिआर गर्ने बताएको छ । तर, सरकारले जनताको जीवन जोगाउन गरेको प्रयासलाई कसैको इशारामा लागेर जनता भडकाउँदै सडकमा ल्याउने काम नेपालको हित चाहनेहरुबाट पक्कै पनि मान्न सकिन्न।
जनताको भारी मतबाट बिजयी नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई गाली गर्नु अघि वास्तविक धरातलमा उभिएर यथार्थता र तथ्यको आधारमा सात्विक मष्तिष्कले सोच्नुस,अन्तिम जित न्यायको हुनेछ,प्राकृतिक सच्चाइको हुनेछ। महाभारतको युद्धमा चक्रब्यूह तोडेर बाहिर निस्कन खोज्दा ६ जना महारथीहरुले घेरिएर मारिएका अभिमन्यूको जस्तो अवस्था स्वतन्त्र भनिएका युवाहरूले सृजना गर्न खोज्नु किम्कर्तव्यबिमूढ हुनु हो। एउटा राष्ट्रको कार्यकारिणी भएर यो मुलुक जोगाउन कसले के गर्यो?चीनसँग पहिलो पारवहन सन्धि गरेर पछि प्रोटोकलमा समेत कसले हस्ताक्षर गर्यो?
महाभारतको युद्धमा चक्रब्यूह तोडेर बाहिर निस्कन खोज्दा ६ जना महारथीहरुले घेरिएर मारिएका अभिमन्यूको जस्तो अवस्था स्वतन्त्र भनिएका युवाहरूले सृजना गर्न खोज्नु किम्कर्तव्यबिमूढ हुनु हो।
राजा महेन्द्र पछाडि उत्तरको चीनसँगको ढोका खोल्ने काम गरेर सारा नेपाली जातिका लागि गुन लगाउने काम गर्ने राजनेता केपीको स्वर्णाक्षरमा लेखिने भूमिका निर्बाह गर्न न कुनै बहुदलबादी शासकले सके वा तत्कालीन राजा बीरेन्द्र र ज्ञानेन्द्रले सके? आफूलाई पारबहनको निर्बिकल्प ठानेर भारतले बारम्बार हामी माथि गरेको हेपाहा प्रवृत्तिका बिरुद्द जनताका प्यारा प्रधानमन्त्री केपी ओलीले फत्ते गरेर देखाउनु भो?अनि बुझ पचाउन मिल्छ?संविधान जारी गर्ने बेलादेखि नै जातीय,धार्मिक रुपले दलदलमा करीब फसिसकेको,बिखण्डित मुलुकलाई बहुजातीय,बहुधार्मिक र बिबिध संस्कृतिले युक्त नेपाललाई एकीकृत , अखण्ड ,सहिष्णु र एकताबद्ध नेपालको रूपमा स्थापित गर्न जनताका प्यारा नेताले खेलेको असाधारण भूमिका कहाँ र कसरी छिप्न सक्छ? भूकम्पले थिलाथिला परेको बेला नेपालले जारी गरेको संविधाको विरुद्धमा भारतको नाकाबन्दी डटेर सामना गरेको ,चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा किन्चित झुक्न नदिई नेपालको राष्ट्रिय स्वाभिमानको रक्षार्थ सतीसाल झैं ठिङ्ग उभिएको कसले छिपाउन सक्छ र अनि बेमौसमको रोइलो?









