मौसम र हाम्रो जीवन एउटै हो
कहिले घाम, कहिले छाँया
मुसलधारे पानीमा रुझेर पनि
फेरि घाम लाग्ने जीविविषा बोकेर
हामी बाँचिरहेका हुन्छौं
टन्टलापुर घाममा डढेर पनि
फेरि शीतल हुनेछ
भन्ने अभिलाषा लिएर
हामी पर्खिरहेका हुन्छौं
जे होस् हामी बाँचिरहेका छौं
किनकि मृत्यु हाम्रो बशमा छैन
फेरि बाच्नु हाम्रो बाध्यता होइन
रहर पनि त हो सुन्दर भविष्य देख्ने
भविष्य सुन्दर होला, नहोला
आशा, अभिलाषा पूरा होला, नहोला
आशावादी बनेर कामना गरौं
घाम न्यानो लागोस्
हावा शीतल चलोस्
वर्षा हल्का परोस् ।




