फेल, पास वा डिस्टिङसन जनताले छुट्याउँछन्

वर्षौ सरकार चलाएर फेलियर भएर महान जनसमुदायबाट द्ण्डित भएकाहरु, ठीक्कको भूगोलमा समेत जम्मा ५ अङ्कको डिजिटले पराजित हुने र चुनावमा जमाना जफत भएकाहरु वा ३ अङ्कको सबैभन्दा सानो डिजिटको भोट ल्याउने भुरेटाकुरे पार्टीहरुसङ्गै बसेर फेल भएको प्रमाणपत्र दिए रे ।

क्या, अचम्म ,आठौं आश्चर्य । निर्वाचनमा पत्तासाफ भएको तीन बर्ष भैसक्यो । सत्तामा टासिन नपाएको र पराजयको कुण्ठाले फेल पासको प्रमाणपत्र दिने ?

चुनाव आइसक्यो, प्रतिस्पर्धाका लागि तयार हुनुस् । याद गर्नुस् कि, निर्वाचन लिगलिगकोटको दौडमा द्रब्य शाहलाई जिताइएर राजा भए जस्तो हैन। २००७ सालदेखि करीब ०६२÷६३ सम्म शासन चलाउदा मुलुक के भयो ? छोटो समयमात्रै कम्युनिस्टहरु शासन सत्तामा हुँदा देश के हुँदै छ ? न्यायप्रेमी जनसमुदायको चेतनाको स्तर तपाईंहरुले २०१५ सालमा दुई तिहाई ल्याउदा जस्तो, २०४८ र ०५६ मा बहुमत हासिल गर्दा जस्तो नेपालको आत्मगत र वस्तुगत अवस्था छैन ।

निरङ्कुश पञ्यातले ३० वर्ष शासन चलाउँदा कालापानी, लिपुलेक र लिम्पियाधुरा सत्तामा हुँदा भारतसँग साटे जस्तो छैन । न कि २००७ साल यता कोशी, गण्डकी र कर्णाली काङ्ग्रेसले भारतसँग साटेको जस्तो जमाना छैन । टासिएको समयको अनुपातमा गुण दोषको जिम्मा लिनु पर्दैन ? यी त राष्ट्रघातका सामान्य बिम्बहरु हुन् ।

चुनावको तयारी गर्नुस्, विजय हासिल गर्नुस् । हामीले शिरमा राखेका महान् जनसमुदायले अनुमोदित गरेनन् भने हामी चट्टाई, थर्कटी र गुन्द्रीमा बस्न तयार छौं ।

आफ्नो शासन कालका जनबिरोधी गतिविधिको त ठूलै चाङ्ग र ठेली बन्छ । पराजयको कुण्ठा र सत्तामा गरेको हालीमुहाली झल्झली याद आइरहेको छ, मित्रहरूलाई। चुनावको तयारी गर्नुस्, विजय हासिल गर्नुस् । हामीले शिरमा राखेका महान् जनसमुदायले अनुमोदित गरेनन् भने हामी चट्टाई, थर्कटी र गुन्द्रीमा बस्न तयार छौं ।

तर ,विजेता र उपबिजेता हुनु दुबै लोकतान्त्रिक ब्यवस्थाका सुन्दर पक्षहरु हुन् भन्ने महामानव बिपी कोइरालाको आदर्शलाई आत्मसात गर्दै आगामी निर्वाचनमा आउनुस् । बिजेता हुनुभो भने, जनसमुदायले अनुमोदित गरे भने बिगतको शैलीमा हैन, जनशैलीमा शासन चलाउनु होला । उपबिजेता काङ्ग्रेस भयो भने सृजनात्मक आलोचना गर्ने प्रतिपक्षी हुनुहोला । किन कि, हामीलाई काङ्ग्रेस जस्तै बलियो प्रतिपक्षी र प्रतिस्पर्धी चाहिन्छ।

तर, मित्रहरू याद गर्नुस् कि, परीक्षा लिने फेल, पास, प्रथम श्रेणी वा डिस्टिङ्गशनको प्रमाणपत्र दिने महान् नेपाली जनसमुदायले हो।