२००७ साल कार्तिक २३ गते तत्कालीन राजा त्रिभुवन दिल्ली गए, हुन त कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल लगायत अग्रज क्रान्तिकारी नेता एकदेव आले,चित्रबहादुर गुरुङ्ग डिल्लीरमण रेग्मीको नेपाली राष्ट्रिय काङ्ग्रेसमा हुनुहुन्थ्यो । नेपाली राष्ट्रिय काङ्ग्रेसको २००४ सालमा बनारसमा भएको सम्मेलनले कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल कार्यालय सचिवमा नियुक्त हुनुभएको थियो। त्यही सम्मेलनले जेलमा भएका बिपी कोइराला र टङ्कप्रसाद आचार्यलाई नेतृत्वबाट हटाएको थियो। जुन कुरामा बिपी सहमत हुनुहुन्थेन र जेलबाट छुटेपछि आफ्नो पुरानै पदाधिकारी यथावत रहेको दाबी गर्नुभो।
त्यसरी डिल्लीरमण रेग्मी बिपी कोइरालाका बीचमा केही नीतिगत र केही नेतृत्वका बिषयमा बिबाद बढ्दै गएपछि त्यसलाई मिलाउन नैतिक रूपमा दबाब स्वरुप पुष्पलाल अनसन बस्नुभो तर नेपाली राष्ट्रिय काङ्ग्रेस भित्रको बिबाद मिलाउन उनले गरेका प्रयासले कुनै सार्थकता पाएन। बरु बिपी जेल मुक्त भएपछि वहाँले `म नेपाली राष्ट्रिय काङ्ग्रेसको सभापति भएको हुँदा मैले सभापति पदको कार्यभार सम्हाले´ भने बिज्ञप्ति दिए । अनि नेपाली राष्ट्रिय काङ्ग्रेस दुई भागमा बिभाजन भो ।
१) रेग्मी गुट २) कोइराला गुट । आखिर काङ्ग्रेस फुट्यो । त्यो बिभाजनपछि पुष्पलाल रेग्मीको पार्टी मा लाग्नुभो। कोइराला काङ्ग्रेसले पछिसम्म राणाशासन बिरोधी आन्दोलनमा कम्युनिस्ट पार्टीसित सहकार्य गर्न नखोज्नु,भारतले कोइराला काङ्ग्रेसलाई मात्रै नजिकैको ब्यवहार गर्नु,डा.डिल्लीरमण रेग्मी बामपंथी एवं माक्स र लेनिनबाद्को बारेमा बुझेको कम्युनिस्ट नै हो भन्ने भारतलाई पर्नुले उनीसित नजिक भएकै कारण आग्रह -पूर्वाग्रहले ओतप्रोत भै संस्थागत रुपले पुष्पलाल लगायतका नेताहरुसित पछि सम्म सहकार्य नगर्नु,२०१५ सालको आम निर्वाचनमा साम,दाम,दण्ड,भेद प्रयोग गरी पुष्पलाललाई षड्यन्त्रपूर्वक चुनाव हराउनु, गणेशमानको काङ्ग्रेस भित्र निर्णायक भूमिका निर्माण नहुन्जेलसम्म पन्चायत बिरुद्धको आन्दोलनमा कम्युनिस्ट पार्टीसित निकै अनुदार हुने कोइराला काङ्ग्रेसको कारण देशमा राजनीतिक परिवर्तन धीमा भयो।
राजासँग कोइराला काङ्ग्रेसको घाँटी जोडिएकै कारण दिल्लीमा नेपाल कम्युनिस्ट पार्टीलाई बाईपास गरेर दिल्लीको रोहवरमा राजा, काङ्ग्रेस र राणाको बीचमा अङ्ग्रेजी भाषामा दिल्ली सम्झौता भयो।
यद्यपि डिल्लीरमण रेग्मीलाई नेता मानेर राजनीति गरिरहेका बामपंथी युवामा अन्यौलताको स्थिति उस्तै रह्यो । त्यसमा पनि पुष्पलालले डिल्लीरमण रेग्मीले लिएको झन् बढी अन्यौल ,असन्तुष्ट हुन थाल्नुभो। रेग्मी समूहमा बसेर नेपालमा राणाशासन बिरोधी क्रान्ति र आमूल परिवर्तनको लक्ष्य त्यस पार्टीबाट हुन नसक्ने ठहर गरी बिकल्पको खोजी गर्नुपर्ने आवश्यकता महसुस भयो र पुष्पलालले नै त्यो बिकल्पको अगुवाइ गर्नुभो। वहाँले भारतको जयनगरबाट डिल्लीरमण रेग्मीलाई “अपसोसको साथ मलाई भन्नू परिरहेको छ कि, म अब नेपाली काङ्ग्रेसबाट छुट्टी लिन चाहन्छु” भन्ने चिठी लेख्नुभो।
यसरी दिल्ली र राजासँग कोइराला काङ्ग्रेसको घाँटी जोडिएकै कारण दिल्लीमा नेपाल कम्युनिस्ट पार्टीलाई बाईपास गरेर दिल्लीको रोहवरमा राजा, काङ्ग्रेस र राणाको बीचमा अङ्ग्रेजी भाषामा दिल्ली सम्झौता भयो। जसनुसार मोहन शमसेरको नेतृत्वमा काङ्ग्रेस संस्थापक बिपी कोइराला गृहमन्त्री रहेको नेपालको सरकार बन्यो। दिल्ली सम्झौताको ३ नम्बर बुदामा अब उप्रान्त हाम्रो मुलुक नेपाल गणतन्त्रात्मक हुनेछ भनेर लेखिएको थियो । राणा र काङ्ग्रेसमध्ये कसको कमजोरीले त्यतिबेलै मुलुक दिल्ली सम्झौताको ३ नम्बर बुदा अनुसार गणतन्त्रात्मक भएन ? राणा र काङ्ग्रेसले गणतन्त्रात्मकको अर्थ राजारहित ब्यवस्था हो भन्ने नबुझेर हो वा बुझ पचाएर हो ? त्यो लागू भएन, त्यतिबेलै देशमा गणतन्त्र कार्यान्वयन भएन । यो गम्भीर समीक्षाको बिषय हो ।
नेपाली काङ्ग्रेस वा राणा कसको भूलले गर्दा त्यो निर्णय लागू भएन ? नेपाली जनताले त्यो वास्तविकता थाहा पाउने इतिहास पढ्न पाउनुपर्छ । अनि २००८ सालमा फेरि काङ्ग्रेस सभापति मातृका प्रधानमन्त्री भएपछि मुलुकमा के भयो ? भारतसँग मातृकाप्रसाद कोइरालाले कस्ता सन्धि -सम्झौता गरे ?
२०१५ सालको आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले जम्मा १०९ स्थानको चुनाव मा ७४ सिटको दुई तिहाई बहुमत प्राप्त गर्दा काङ्ग्रेसले किन नेपालको नेतृत्व गर्न सकेन ?
२००८ सालदेखि २०१५ सालसम्म नेपालमा राजनीतिक घट्नाक्रमहरु कसरी बिकास भए ? २०१५ सालको आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले जम्मा १०९ स्थानको चुनाव मा ७४ सिटको दुई तिहाई बहुमत प्राप्त गर्दा काङ्ग्रेसले किन नेपालको नेतृत्व गर्न सकेन ? बिपी कोइराला प्रधानमन्त्री भएको केही समयमै किन २०१७ पौष ०१ गते राजा महेन्द्रले बिपीको नेतृत्वको सरकार अपदस्त गरे ?ब्यवस्था माथि नै चिरहरण भयो । नेपालको इतिहासमा कालो दिनको शुरूवात भयो,ए कतन्त्रीय, निरङ्कुश,तानाशाही पन्चायती संविधान र कानून लागू भयो ? सुबर्णशमसेर प्रधानमन्त्री भएको भए राजा महेन्द्रले ब्यवस्था माथिकै आक्रमण आट्थे कि आट्दैन्थे ? यी सोचनीय र शिक्षाप्रद बिषयहरु हुन् ।
सर्वोच्च नेता गणेशमान र पुष्पलालको संयुक्त जन आन्दोलनको कार्यनीतिमार्फत पन्चायती ब्यवस्था फाल्ने बिषयले २०४६ फाल्गुन ०१ गते मात्रै मूर्त रुप प्राप्त गर्यो । नेपाली काङ्ग्रेसका सर्वोच्च नेता गणेशमानकै नेतृत्वमा संयुक्त बाममोर्चाका तर्फबाट साहना प्रधान, मनमोहन अधिकारी ( नेकपा माक्र्सवादी ) र क.मदन भण्डारीले नेतृत्व गर्नुभएको तत्कालीन नेकपा मालेले आन्दोलनको आधीबेहरी सृजना गरे । अन्तत २०४६ चैत्र २६ गते राति १२ बजे तत्कालीन राजा बीरेन्द्रबाट संबैधानिक राजतन्त्र सहितको बहुदलीय ब्यवस्थाको स्थापना भयो।
नेपाली काङ्ग्रेसका कृष्णप्रसाद भट्टराईको नेतृत्वमा झलनाथ खनाल र सहाना प्रधानसहित रहेको अन्तरिम सरकार बन्यो। २०४७ कार्तिक २३ गते संविधान जारी भयो।तत्कालीन नेकपा मालेले ४४ वटा बुदामा आलोचनात्मक समर्थनसहित संविधान आत्मसात गर्यो। त्यसपछि तत्कालीन एमालेका महासचिव दिबङ्गत मदन भण्डारीले त्यतिबेलाको प्रधान शत्रु राजतन्त्र र राजा रहेको हुनाले नेपाली काङ्ग्रेससित मिलेरै २०४८ सालको चुनाव लड्ने, साझा उमेदवारहरु दिने बिषय घनीभूत रूपमा नेपाली काङ्ग्रेससित गर्नुभयो । नेपाली काङ्ग्रेसमा कृष्णप्रसाद भट्टराईहरु भन्दा कम्युनिस्ट पार्टीसित अनुदार तत्कालीन काङ्ग्रेस महामन्त्री गिरिजा बाबुहरुको पल्ला भारी थियो । एक्लै चुनाव जित्ने र शासन चलाउने ठूलो घमण्ड थियो र चुनावी कार्यगत एकता हुन सकेन ।
जसरी पनि सत्तामा रहनुपर्ने गिरिजा बाबुको सर्वसत्तावादी हठ र चरम महत्वाकांक्षाका कारण आफ्नै बहुमतको सरकार काङ्ग्रेस ले टिकाउन, मुलुकलाई सुशासन दिन सकेन,नेपाली जनसमुदायको आर्थिक – सामाजिक रुपान्तरण भन्दा पनि सत्ताको छिनाझम्टीमा काङ्ग्रेस निरन्तर लाग्यो ।
त्यस्तै अर्कोतर्फ कम्युनिस्ट घटकहरुसित पनि सङ्गै मिलेर चुनाव लड्ने प्रस्ताव तत्कालीन एमालेका महासचिव जननेता कमरेड मदनकुमार भण्डारीले गर्नुभो । कम्युनिस्ट घटकहरु बीच पनि असहिष्णु ब्यवहार ,तिकडम र अहमता थियो नै । त्यसकारण कम्युनिस्ट घटकहरुको बीचमा पनि चुनावी तालमेल हुन सकेन।
बि.स.२०४८ बैशाख २९ गते आमनिर्वाचन भयो । नेपाली काङ्ग्रेस ले ११० सिटको बहुमत ल्यायो, मत सङ्ख्यामा यो २७,५२४५२ अर्थात ३७.७५ % थियो । मनमोहन अधिकारी र मदन भण्डारी नेतृत्वको तत्कालीन नेपाल कम्युनिस्ट एमालेले ६९ सिट, मत सङ्ख्यामा २०,४०,१०२ अर्थात २७.९८ % थियो। त्यस्तै निर्मल लामा, लीलामणि पोख्रेल र बाबुराम भट्टराईको संयुक्त जनमोर्चा नेपालले ९ स्थान अर्थात ३,५१,९०४ मत सङ्ख्या थियो । बिष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा प्रजातन्त्रबादीले २ स्थानमा बिजय हासिल गरेको थियो ,मत सङ्ख्याका आधारमा कम्युनिस्ट पार्टी २०४८ कै चुनावमा सबैभन्दा ठूलो थियो। त्यति बेलाको गणितीय तथ्याङ्कलाई हिसाब गर्दा क. मदनले भन्नू भए बमोजिम कम्युनिस्ट पार्टीको बीचमा मात्रै पनि चुनावी तालमेल गरेको भए कम्युनिस्ट पार्टीको सुविधाजनक बहुमत आउने निश्चितै थियो ।
२०४८ सालको आमनिर्वाचनमा नेपालको इतिहासमा पहिलो पटक काङ्ग्रेसका बहालवाला प्रधानमन्त्री किसुनजीले हाम्रो पार्टी तत्कालीन नेकपा एमालेका महासचिव क.मदन भण्डारीसित काठमाडौमा चुनाव हार्नुभो। एकाएक गिरिजाबाबू नेपालको प्रधानमन्त्री हुनुभो। नेपालको इतिहासमा पार्टीभित्रको आन्तरिक द्वन्द ब्यवस्थापन गर्न नसक्ने र फरक राजनीतिक चिन्तन बोकेका पार्टीसितको असहिष्णु ब्यवस्थापन र सर्वसत्ताबादी चरित्रका कारण काङ्ग्रेस भित्र ७४ रे र ३६ को गुटगत लडाइँले मुलुक अस्थिरतातिर फेरि धकेलियो । जसरी पनि सत्तामा रहनुपर्ने गिरिजा बाबुको सर्वसत्तावादी हठ र चरम महत्वाकांक्षाका कारण आफ्नै बहुमतको सरकार काङ्ग्रेस ले टिकाउन, मुलुकलाई सुशासन दिन सकेन,नेपाली जनसमुदायको आर्थिक – सामाजिक रुपान्तरण भन्दा पनि सत्ताको छिनाझम्टीमा काङ्ग्रेस निरन्तर लाग्यो ।
व्यापक परिवर्तनका काम अगाडि बढाउदा बढाउदै ९ महिनाको छोटो समयमै तत्कालीन नेकपा एमालेको अल्पमतको सरकार षडयन्त्रमूलक ढङ्गले ढालियो ।
भारतसँग टनकपुर जस्तो असमान सन्धि गरी आफ्नो २००८ सालदेखिको राष्ट्रियता बिरोधी चरीत्र झन् पुष्टि गर्ने काम गरिरह्यो अनि मुलुक काङ्ग्रेसको असक्षमता र अकर्मण्यताका कारण थप अस्थिरता र अन्यौलता तर्फ रुमलियो । नेपाली राजनीतिक आकाशका लौहपुरुष ,२०४६ सालको आन्दोलनका कमान्डर, काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले काङ्ग्रेस छोड्नुपर्ने स्थिति समेत आयो । मुलुक जबर्जस्त गिरिजाबाबुको सर्वसत्तावादी हठका कारण मध्यावधि निर्वाचनमा जबर्जस्त धकेलियो। बि.स.२०५१ मङ्सिर १६ गते भएको निर्वाचनमा काङ्ग्रेस नराम्ररी जनताबाट दण्डित भयो । तत्कालीन नेकपा एमाले ८८ सिट (२३,५२६०१ मत,३०.८५%) सहित नेपालको सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित भयो भने नेपाली काङ्ग्रेसले ८३ सिट मा चित्त बुझाउनु पर्यो।
२०५१ सालको निर्वाचनमा समेत २०४८ सालको चुनाव जस्तै कम्युनिस्ट काङ्ग्रेस लगायतका कम्युनिस्ट बिरोधी शक्तिहरुले अन्धबिश्वास र रुढीबादमा चलेको त्यति बेलाको समाजमा कम्युनिस्टले जातभात, धर्म मान्दैनन् ,दिदीबहिनी भन्दैनन्। उसको शासन आयो भने ७० बर्ष पुगेकालाई गोली ठोकेर मार्छन्, ड्रममा खाना पकाएर खानुपर्छ जस्ता कपोल्कल्पित भ्रमहरु गोयवल्स शैलीमा लगाए । यद्यपि त्यसपटक त्यस्ता भ्रमका खेतीहरु चिर्न तत्कालीन एमाले केही हदसम्म सफल भयो र तत्कालीन नेपालको संविधान अनुसार नेकपा एमाले का तत्कालीन अध्यक्ष एवं एमाले संसदीय दलका नेता मनमोहन अधिकारी प्रधानमन्त्री भै ९ महिनाकै छोटो समय अवधिमा नेपालको कायपलट हुने गरी आफ्नो गाउँ आफ्नै बनाऔं, नौस को कार्यक्रम ,बिधवा महिला,अपाङ्ग,उत्पीडित भत्ता बितरण,ऋषिराज लुम्सालीको नेतृत्वको सुकुम्बासी समाधान आयोगद्वारा ६० हजार भन्दा बढी भूमिहीन ,सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपत्र बितरण लगायत शिक्षा ,स्वास्थ्य ,कृषि ,खानेपानी सित सम्बन्धित व्यापक परिवर्तनका काम अगाडि बढाउदा बढाउदै ९ महिनाको छोटो समयमै तत्कालीन नेकपा एमालेको अल्पमतको सरकार षडयन्त्रमूलक ढङ्गले ढालियो ।
नेपालका जननिर्वाचित पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले मध्यावधि निर्वाचन प्रस्ताव गर्दा बि.स. २०५२ साल भाद्र १२ गतेको सर्वोच्च अदालतका प्रधानन्यायाधीश बिश्वनाथप्रसाद उपध्यायलाई गोटी बनाई मध्यावधि निर्वाचन सिफारिस गर्न पाउने निर्बाचित प्रधानमन्त्रीको अधिकारलाई नियतवश षडयन्त्रमूलक ढङ्गले असफल बनाइयो । वास्तवमा सर्वोच्च अदालतको फैसला कुनै न्यायीक निरुपण भन्दा पनि आग्रह र दुराग्रहले अभिप्रेरित थियो जब कि ,त्यही र त्यस्तै सन्दर्भमा २०५१ सालमा गिरिजा बाबुको मध्यावधि सम्बन्धि सिफारिसलाई सर्वोच्चले सदर गरेको थियो । यसरी नेपाली काङ्ग्रेस कस्तो पार्टी हो भन्ने कुरा सामान्य ज्ञान हो।
२०५२ भाद्र २३ पछि काङ्ग्रेसकै कारण मुलुक अस्थिरताको दलदलमा फस्यो । सान्सदहरुलाई होटलमा थुन्ने,पैसाको लोभमा खरिदबिक्री गर्ने,सुरासुन्दरीको प्रयोग गर्ने जस्ता घृणित कामकारबाही काङ्ग्रेसले गर्यो । जसले गर्दा नेपाली जनताको मनमष्तिष्कमा संसदीय ब्यवस्थाप्रति घृणा को वर्षा हुन थाल्यो । धेरै खिचडी सरकारहरु बने । दरबारिया राजनीतिक दल र केही मधेसबादी दलसित मिलेर । त्यहीबेला सत्ताकै लुछाचुडीका कारण सबैभन्दा ठूलो दल तत्कालीन नेकपा एमालेमा २०५४ फाल्गुन २१ गते बिभाजन आयो,सरकार बन्ने र ढल्ने क्रम रोकिएन । त्यत्तिकैमा २०५६ जेष्ठ ०४ गते र जेष्ठ २० गते गरी दुई चरणमा आम निर्वाचन भयो। फेरि काङ्ग्रेसले किसुनजीलाई प्रधानमन्त्री बनाउने कार्ड फालेर एमाले फुटेको मौका छोपी ११२ सिटको बहुमत प्राप्त गर्यो ।
माओवादीलाई मारेरै सिद्दाउने गलत र असफल नीति समेत काङ्ग्रेसले लियो। त्यहीबेला सर्वसत्तावादी रबैयाले ओतप्रोत शेरबहादुर देउवाले काङ्ग्रेस बिभाजन गरे ।
एमालेलाई फुट र बिभाजनले गम्भीर धक्का पर्यो । ०४८ जस्तै ६९ सिटमा बिजयी हासिल गर्यो।एमाले फुटेर बनेको तत्कालीन मालेलाई जनताले पूरै अस्वीकृत गरे। शून्य सिटमा बिजयी हासिल गर्यो, काङ्ग्रेसले सरकार बनायो। किसुनजीलाई गिरिजाप्रसाद एण्ड कम्पनीले खास टिक्न दिएनन् ,आफ्नै सरकार ढाल्ने र बनाउने निहित सत्ता स्वार्थको खेलमा लाग्ने आफ्नो पुरानो रोग काङ्ग्रेसको सन्चो भएन । माओवादीलाई मारेरै सिद्दाउने गलत र असफल नीति समेत काङ्ग्रेसले लियो। त्यहीबेला सर्वसत्तावादी रबैयाले ओतप्रोत शेरबहादुर देउवाले काङ्ग्रेस बिभाजन गरे ।
नेपालको इतिहासमा हालसम्मकै जम्बोजेड मन्त्रीमण्डल बनाए । देशका प्रत्येक क्षेत्र तहसनहस र अस्तब्यस्त पारे,२०५४ सालको स्थानीय निकायको निर्वाचन बाट निर्बाचित स्थानीय निकाय भङ्ग गरे,पूरै तत्कालीन राजा ज्ञानेन्द्र शाहीको ग्राइण्ड डिजाइनमा लोकतन्त्रलाई च्याखे थाप्ने, जुवाको खालमा राख्ने धृष्टता गरिरहे,त्यही अस्थिरताको मौका छोपी तत्कालीन राजा ज्ञानेन्द्र शाहीले २०५९ असोज १८ गते निर्बाचित प्रधानमन्त्री शेरबहादुरलाई अपदस्त गरे । नेपालको संविधानको बर्खिलाप आफैं वा सूण्डामुसुण्डाहरु मार्फत प्रत्यक्ष शासन सुरु गरे । अर्को बर्ष माघ ०८ गते ब्यवस्था माथिनै अर्को कत्लेआम गरे,नेताहरूलाई नजरबन्दमा राख्ने आदि गरे काङ्ग्रेस कै कमजोरीका कारण । ऎतिहासिक घटनाक्रम,तथ्य र कारणहरुले नेपाली काङ्ग्रेसलाई दुई तिहाई वा कुनै खालको बहुमत फाप्दैन,बहुमत पचाउन सक्दैन । यो असक्षम पार्टी हो,यसले शासन ब्यवस्था चलाउने दृष्टिकोणको हैसियत एवं कार्यक्षमता राख्दैन ।
घट्नाक्रमहरुले यो सच्चाइलाई पुष्टि गरिरहेका छन् ,नेपाली काङ्ग्रेस करीब २० औं हजार मानिसले शहादत प्राप्त गरेपछि ६० बर्षको फरकमा मात्र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थाको स्थापना भयो । २००७ सालको दिल्ली सम्झौतामा नै उल्लेख थियो कि,अब बिधान सभाको निर्वाचनद्वारा छनौट भएका जनताका प्रतिनिधि मार्फत नेपालको नयाँ संविधान बन्ने छ भन्ने उल्लेख गरिएको थियो तर कसको कमजोरीको कारण बिधान सभा मार्फत जनताको संविधान बनेन ? यो निकै रहस्यमय र अन्वेषण गर्नु जरुरी छ। राजा त्रिभुवन आफू त्यो सम्झौतापछि राजा हुन चाहदैन्थे । त्यस कारण दिल्ली सम्झौताको ३ नम्बर बुदाको अब उपरान्त मुलुक गणतन्त्रात्मक हुनेछ र ५ नम्बर बुदाको जनताका प्रतिनिधिद्वारा छानिएका प्रतिनिधिहरुको बिधानसभाबाट नयाँ संविधान बन्ने उल्लेख थियो । त्यो कुरा राजकुमार महेन्द्रले राम्रोसँग बुझेको हुनुपर्छ । राजतन्त्रात्मक शासन ब्यवस्था त्यतिबेलै समूल अन्त्य हुने कुरामा त्रिभुवनले दिल्ली सम्झौतामा हस्ताक्षर गरेका थिए ,महेन्द्रलाई त्यो कुरा राम्रै हेक्का हुनुपर्छ । त्यसकारण राजा त्रिभुवन त्यतिबेला कालगतिले नमरेको हुनुपर्छ ,राजा त्रिभुवनको मृत्युु रहस्यमय छ।
दिल्ली सम्झौताको बेलामा डिल्लीरमण रेग्मी र सूर्यप्रसाद उपाध्यायसित नजिक रहेका डा. केआई सिह नेतृत्व को मुक्ति सेना दिल्ली सम्झौता धोका हो भन्दै सयौंको सङ्ख्यामा आन्दोलित भए,हतियार सहित लडे, भैरहवा कब्जा गरे । सामनहरुको भकारी फोड्ने अनि गरीब र भूमिहीनलाई बितरण गरे,डा.केआई सिह नेतृत्वको आन्दोलनकारीहरुको समूहले हतियार बिसाएको थिएन ,सामन्तीहरुलाई खाल्डो खनेर टाउको मात्र देखाएर खाल्डोमा गाडिदिने सम्मका काम गरे ,मर्चवार क्षेत्रमा भारतीय सेनाले यिनीहरूलाई लखेट्ने सम्भावना पनि उत्तिकै थियो। डा.केआईसिह नेतृत्वको हतियार सहितको करीब २०० जनाको समूहलाई काङ्ग्रेसको मातृका सरकारले हिडाएरै काठमाडौ पुर्याएर काठमाडौका विभिन्न जेलमा थुने। थुनिने मध्येमा तनहुँका एकदेव आले, तत्कालीन स्याङ्जा ,फोक्सिङ्ग निर्मलपोखरीका उमाकान्त लामिछाने नख्खू जेलमा थिए ।
बि.स.२००८ साल माघ ८ गते पूरै २४ घण्टासम्म सिहदरवार डा.केआई सिह ,साहना प्रधानका दाजु गौरीभक्त प्रधान लगायतले कब्जा गरे ।
दरबारभित्र रहेका सेनालाई दिल्ली सम्झौताको भावनानुरुप आफू राजा हुन नपाउने र सदाका लागि राजतन्त्र समाप्त हुने डरले राजकुमार महेन्द्रले उक्साए र बिद्रोह गराएको हुनुपर्छ किन कि, मातृकाले थुनेका केआईसिह लगायतका २०० जना हतियार सहितका रक्षा दलका सबै छुटे ।त्यसपछि बि.स.२००८ साल माघ ८ गते पूरै २४ घण्टासम्म सिहदरवार डा.केआई सिह ,साहना प्रधानका दाजु गौरीभक्त प्रधान लगायतले कब्जा गरे । ठूलो खतरा थियो नै, यो कुरालाई ख्याल् गर्दै हतियार सहित डा.केआईसिह र उमाकान्त लामिछाने लगायतका २०० जना अलगअलग कुतिको बाटो हुँदै चिनतर्फ लागे । २००८ साल माघमा हिडेका यिनीहरु ६ महिना लगाएर चीन पुग्दा कति बाटोमा हिउँले क्ठ्याङ्रीएर मरे,हिउँमा पुरिएर मरे।
उमाकान्त लामिछाने लगायतका ३० -४० जना जति मात्र चीन पुग्न सके भन्ने भनाइ छ । दिबङ्गत उमाकान्त लामिछानेका त खुट्टाका औंला हिउँले गर्दा फ्वाक -फ्वाक झरे,हातका औंलाहरु समेत चिसोले कठाङ्ग्रीएर बाङ्गाटिङ्गा भए। महेन्द्र राजा भएको त्यही समयमा मातृकाप्रसाद दुई-दुई पटक प्रधानमन्त्री भए। यी सबै तथ्यहरुले नेपाली काङ्ग्रेस परम्परागत पार्टी हो, इतिहासकै कालखण्डमा यसले गरेका गम्भीर कमजोरीहरुले देशले आर्थिक -सामाजिक रूपमा फड्को मार्न नसकेको ,राष्ट्रियताको आन्दोलन कमजोर भएको,६० बर्ष पहिले स्थापना करीब भैसकेको गणतन्त्र कार्यान्वयनमा नआएको, बिधान सभाको निर्वाचनद्वारा निर्वाचित जनताका प्रतिनिधिद्वारा संविधान बन्ने गम्भीर एजेन्डा तुहेको तीतो यथार्थता हामी सबैले बुझ्नु जरुरी छ।
२००७ सालको दिल्ली सम्झौताले गरेको बिधान सभाको निर्वाचन र गणतन्त्र नेपालको निर्णय खासगरी नेपाली काङ्ग्रेसको अकर्मण्यताका कारण कार्यान्वयन हुन सकेको थिएन । ०६२-०६३ सालको जनताको शक्तिशाली आन्दोलन र महान जनयुद्धको फ्युजनले मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको स्थापना भयो र नेपाल यसको निरन्तर कार्यान्वयनमा छ। यसकारण नेपाली काङ्ग्रेस ले नेपालको इतिहासमा आफूले सबैभन्दा लामो समय शासनको बागडोर सम्हाल्दा गरेका कामहरु, २००७ सालको राणा बिरोधी आन्दोलनमा डिल्लीरमण रेग्मी र सूर्यप्रसाद उपाध्यायसित नजिक रहेका अलि बढी प्रगतिशील ,क्रान्तिकारी संस्थागत रूपमा कोइराला काङ्ग्रेसले किन लाग्न उत्प्रेरित गरेन? पुष्पलाल लगायतकाले तत्कालीन बेलामा डिल्लीरमण रेग्मीलाई चिट्ठी नै लेखेर काङ्ग्रेस छोड्नुपर्यो?
डा. केआईसिहको टोलीमा पश्चिम कमान्डमा रहेका पश्चिम नेपालतर्फका कमान्डरहरु चित्रबहादुर गुरुङ्ग, एकदेव आले, उमाकान्त लामिछानेहरुलाई मातृका प्रधानमन्त्री हुँदा किन काठमाडौको नख्खू जेलमा लगेर थुने र काङ्ग्रेस छोड्नु पर्यो? २०१५ सालको चुनावमा दुई तिहाई बहुमत प्राप्त गर्दा मुलुकको हालत के भयो ? २०४८ ,२०५६ को सालको आमनिर्वाचनमा बहुमत ल्याउदा नेपाल कहाँ पुग्यो? २०५१ को चुनावमा काङ्ग्रेस किन जनताबाट अनुमोदित हुन सकेन ? नेपालको इतिहासमा सबैभन्दा लोकप्रिय जनताको प्यारो मनमोहन अधिकारी नेतृत्वको सरकार अबैधानिक ढङ्गले ढाल्न किन काङ्ग्रेस उद्दत भयो ?
२०५२ फाल्गुन ०१ गतेबाट किन हतियार बन्दसहितको सशस्त्र जनयुद्ध सुरु हुनै पर्ने भो ? २०५४ सालमा तत्कालीन एमाले र बहुमत प्राप्त गरेको काङ्ग्रेस २०५६ पछि किन फुट्यो ? २०५६ सालदेखि २०६८-०६९ सम्म देशको हालत के भयो? हामी को- को, कति-कति जिम्मेवार र जवाफदेही छौं ? अगाडि ठूलो ऎना राखेर आ-आफ्नो अनुहार हेरौं ।
२०१५ सालको चुनावमा दुई तिहाई बहुमत प्राप्त गर्दा मुलुकको हालत के भयो ? २०४८ ,२०५६ को सालको आमनिर्वाचनमा बहुमत ल्याउदा नेपाल कहाँ पुग्यो?
अनि बल्ल नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ले बिजय हासिल गरेका ७५३ स्थानीय तह मध्येका स्थानीय तहहरुले गरेका कामहरुको गुण र दोसको आधारमा लोकतान्त्रिक संस्कारपूर्वक ,बिधिको उपयुक्त प्रयोग गरी बिरोध गर्नुस् । प्रदेश र सङ्घीय सरकारले गरेका गरेका सबै कामहरु राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने धर्म सम्झिनुस ,काङ्ग्रेसी मित्रहरू । प्रतिपक्ष भनेको बिरोधका लागि बिरोध गर्ने दल हुनु हुदैन, प्रतिपक्ष भनेको उपबिजेता हो भन्ने मान्यता साथ मिल्न सक्ने बिषयहरुमा मिलेर जाने फराकिलो छाती बनाउनुस। चुनावमा लड्ने बेलामा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने,आग्रह -पूर्वाग्रह ,ईर्ष्या, रिस गर्न छोड्ने,त्यही बेला दुई तिहाई बहुमतको सरकारले सबै बिषयसित सम्बन्धित गुण र दोसको आधारमा सबै कुरा राख्ने, सके जित्ने ,नसके चुप लागेर बस्ने,गोयबल्स शैलीमा प्रचार गर्नेलाई आजकल कसले चिन्दैन ,बुझ्दैन ?आफ्नो बिगत हेर्नू पर्दैन? तीनै तहका सरकारको सृजनात्मक आलोचना गर्ने,फेरि प्रतिपक्षको भूमिका निभाउने,किन कि,उपबिजेता हुनु पनि लोकतन्त्रको सुन्दर पक्ष हो।
आगामी निर्वाचनमा तयारी पूर्वक आउनुस । आफ्नो बिगत र वर्तमान सहित भावी योजनाका घोषणा पत्र लिएर आउनुस,सत्तापक्षका सत्य कमजोरी लिएर आउनुस,महान जनताले बिश्वास गरे शासनको वागडोर लिनुस,धेरै शुभकामना छ । नसके फेरि प्रमुख प्रतिपक्ष हुनुस,उपबिजेता हुनुस। ईर्ष्या,डाहा,रिस गर्न छोड्नुस। स्वस्थ र स्वच्छ प्रतिस्पर्धामा आउने हिम्मत गर्नुस् ,स्थानीय तहको निर्वाचन आइसक्यो। केही बर्ष सत्तामा जोडिन नपाएकै कारण आवेगमा न आउनुस,झूटको खेती बन्द गर्नुस् ,ब्यवहार र गतिविधिले जनताको मन र बिश्वास जित्नुस । जिताए शासन चलाउनुहोला,फेरि हराए भने प्रतिपक्ष हैन, उपबिजेता हुनुहोला।
हार्दिक शुभकामना !!









