जेठ २२ गते २०७७

ताजा समाचार

जेठ २२ गते २०७७

रूकुम आम नरसंहारलाई हेर्ने दृष्टिकोण



रूकुम जाजरकोटमा जुन नरसंहारको अपराधिक घटना भयो यसले सबैलाई लल्जित बनाएको छ । जङ्गलि जनावर लगायत भुसिया कुकुर मार्दा बरू खोजखवर हुन्छ याहाँ दलितलाई मार्दा त्यो आवस्यक छैन । किनकी याहाँ अझै जङ्गबहादुरको मुलुकी ऐन यथावत छ । समय समयमा टाल टुल पार्दै आए पनि कुनै पनि परिवर्तनले पुरानो ऐन पूर्ण रूपमा विस्थापित गरेको छैन । जात पात वारे जे जति कानुन बनेका छन् यी कल्पना र तर्कमा रहेका छन् । दर्शनको छेत्रमा द्वन्द्वात्मक भौतिकवाद बाहेक अरू दर्शनहरू सबै तर्कमा मात्र सिमित छन् । द्वन्द्वात्मक भौतिकवादले मात्र सिध्दान्तलाई ब्यवाहरमा प्रयोग गर्दछ । द्वन्द्वात्मक भौतिकवादलाई विश्वदृष्टिकोण मान्ने कम्युनिष्टले मात्र हो । अहिले कम्युनिष्ट हौ भन्ने धेरै ब्यक्तिहरूले नवउदारवादलाई आदर्श मानेर दलाल पुँजीवादमा पतन भए पछि ठूलो सङ्कट पैदा भएको छ । दस बर्से जनयुध्दमा राजा काग्रेस एमालेको गठ बन्धनले जङ्गबहादुरकै कानुन अनुसार दलितहरू मासिन्या जातका रूपमा मानि संहार गरे ।

जनयुध्दमा सब भन्दा धेरै यसै सम्प्रदायकका परे । यिनैलाई भ(याङ्ग बनाएर माओवादीको ठूलो पङ्क्ति सत्ता सरकारमा गयो । उनीहरूले द्वन्द्वात्कम भौतिक छाडे । सास्कृतिक छेत्रमा अभौतिकवादलाई अगाल्न पुगे ।राजनीतिक छेत्रमा यन्त्रिक भौतिकवादलाई स्वीकार गरे । जसरी यान्त्रिक भौतिकवादले विश्वको भौतिक जगतलाई त स्वीकार गर्दछ तर यसलाई चलाउने कुनै अदृस्य शक्ति छ भनेर मान्दछ । सरकारमा गएपछि पहिला उनीहरू अलमलमा थिए अदृस्य शक्तिको त खाँचो महशुुस गरेका थिए तर धेरैमा कुन हो भन्नेमा सङ्का थियो । अब पूर्ण रूपमा साम्राज्यवादीहरूको आड भरौसा बिना आफै सरकार चलाउन सकिँदैन भन्नेमा पुगेका छन् । अब जे जती काम हुन्छन् उच्च जात बर्गका भलाईका लागि मात्र हुन्छन् । यिनीहरूबाट अब दलितले न्याय खोज्नु मृगमरिचिका मात्र हो।

प्रचण्डले यो घटना थाहै पाएका छैनन् । आफ्नै नेतृत्वमा दशौ हजारको बलिदानि हुदा त यिनमा सम्बेदना केही भएन भ

रूकुम जाजरकोट आदि स्थानहरू माओवादीले आफ्नो जनसत्ताको प्रयोग गरेको स्थानहरू हुन् । जुन समयमा माओवादीको जनसत्ता त्यहाँ थियो यी स्थानमा एक किसिमले जातीय समानता थियो । कमरेडि सम्बन्ध थियो । बिहवारीमा कुनै छेकवार थिएन । एकले अर्कोलाई मन पराय पछि त्यसमा अरूको हस्तक्षेप हुदैन थियो । यो सास्कृति स्थापना गर्ने तत्कालिन माओवादीका नेताहरू प्रचण्ड बाबुराम बादल दनार्दन आदि नै हुन् । अहिले यिनीहरू सरकारमा छन् । यिनीहरूले घटनाको सत्य तथ्य खोजेर कानुनि कार्यबाही गर्ने हैसियत राख्दछन् । यिनीहरूको पतन प्रतिकृयावादमा भएकाले आफ्नै जात बर्गको रक्षा गर्नु यिनीहरूको कर्तब्य भएको छ ।

त्येसैले गर्दा यिनीहरूले अप्राकृतिक कुतर्कहरू गर्न सुरू गरेका छन् । प्रचण्डले यो घटना थाहै पाएका छैनन् । आफ्नै नेतृत्वमा दशौ हजारको बलिदानि हुदा त यिनमा सम्बेदना केही भएन भने जाबो चार पाँच जना दलित युवा मोर्दा केको सम्बेदना अौपचारिक रूपमा एक सम्बेदना दिने सम्म काम गरेनन् ।यिनीहरूलाई सम्बेदना दिनु भनेको मल्ल ठकुरीहरूको बिरोध ठाने । पर्दा पछिबाट यश घटनालाई कसरी पीडकको पक्षमा पार्ने हो त्येसैमा लागेका छन् । अर्को बाबुरामको कुतर्क अझै हाँसो उठ्दो छ । कामी दमै सार्की आदि थरले गर्दा हींसाहरू भए अब सबैले त्यही थर राखौ । यसको मतलब तिनीहरूलाई मार्दा दलित मारेको अपगालबाट वच्न सकिन्छ भन्ने हुन्छ । याहाँ त मानव संहार भएको छ दलित संहार देख्ने कस्तो दृष्टिकोण हो ।

जनार्दन शर्माको त अझै निच कुतर्क छ । यो अपराधिक घटनालाई भबितब्य भनी ब्यख्य गर्दछन् । निशस्त्र ब्यक्तिहरूलाई चार पाँच किलोमिटर सम्म आदिम कालमा जङ्गली जनावरलाई जस्तो एकहोरो खेदा गर्दै ढुङ्गा मुडा हँसीया कोदालो खुकुरी जस्ता हतियार प्रयोग गरी चारैतिरबाट छेकाहाली भेरीमा हाल्नु भबितब्य हुन्छ भने हत्या कस्तो हुन्छ । यो भन्दा तल्लो कुतर्क के हुन्छ । अर्को गृहमन्त्रीको कुर्चीमा बिराजमान बादलको भनाईले साच्चै यिनीहरू कुन धरातलमा छन् भन्ने देखाउँदछ । आफ्नै देशमा रङ्गभेद गर्ने संसार भरका उत्पीडित जाति बर्गका क्रान्तिलाई दवाउन प्रतिक्रियावादीलाई सहयोग गर्ने साम्राज्यवादी अमेरिका प्रजातान्त्रिक देश भएको त्याहाँ त अपराधिक घटनाहरू हुन्छन् भने हाम्रोमा यस्ता घटना हुनु सामन्य हो ।

के बादलहरूले अमेरिकामा जस्तो शासन ब्यबस्था ल्याउन जनयुध्द गरेका हुन् ? यो आम नरसंहारको अपराधिक काण्ड अन्तिममा भबितब्यमा परिणत हुनेछ । तत्काल जनआवज दवाउनका लागि एक दुई जनालाई देखावटी रूपमा थुन्ने छन् ।केही समय पछि सबै छुट्ने छन् । यश घटनाको कार्यबाही यत्ति नै हो ।

अल्लारे उमेर अनुभबको कमि, सबैलाई अभिभावक देख्ने भएकाले यिनीहरू सचेत थिएनन् । जान त बीस बाईस जना गएका रहेछन् । लकडाउनको समयमा यसरी हिड्नु सामन्य गल्ति मान्न त सकिन्छ । यदि जनार्दन शर्मा लगायतका गाऊलेहरूले भने जस्तो भएको भए उनीहरूसंग हतियार हुने थियो । ती कलिला युवासंग आफ्ना अङ्ग बाहेक अरू कुनै हतियार छैनन् । यिनीहरूले कसरी अरूको घर घेरा हाल्न सक्छन् । नेताभइसकेका ब्यक्तिहरूले पनि यस्तो बोल्न सुहाँऊदछ । आफै यत्रो युध्द गरेका मान्छेले यस्तो तर्क गर्नु के लज्जा हुदैन ।

तिमीहरूको सुशासन जनताले देखि सके । तिमीहरूको दलालपुँजीवादी राजनीतिक लाइनमा बिमति राखेकै कारण देशमा गणतन्त्र ल्याउन जीउ ज्यानको बाजि लगाएका शुदर्सन , माइला लामा , उमा भुजेल आदि जेलमा छन् । देशमा भष्टाचार, कमिशनखोरी , दलाली गुण्डा गर्दी सस्थागत भएको छ । हाल कोरोनाले गर्दा सर्वसाधारण गरिव जनताले आत्म हत्या गर्न थालेका छन् । दरवारमा वस्ने तिमीहरूले चार पाँच पटक कोरोना जाँच गराई सक्यौ । सर्वसाधारणको जाँच मोरे पछि मात्र गराऊदछौ। पहिल्यै भारतबाट आउनेलाई सिमानामा रोक्यौ,। गरिव जनता भेडा बाख्रा जसरी सिमानामा बस्दा धेरै सङ्क्रमित भए । अहिले देशभित्र ल्याएर पनि जनावरलाई जस्तो गरेर राखेका छौ । तिमीहरू सबै साम्राज्यवादीहरूका दलाल हौ ।

सर्वहारा गैह्य दलितको पनि स्थिति त्यस्तै छ । युध्द जातीय रूपमा होइन, बर्गीय रूपमा गर्नु पर्छ । रूकुम आम नरसंहारको पनि सामुहिक रूपमा प्रतिरोध गर्न आवस्यक छ ।

एमसिसी पास गरीछाड्ने मनस्थितिमा छौ । पास गरे पनि नगरे पनि यो एक दुई दिनमा सकिने कुरालाई बर्सौको मसला बनाएर जनतालाई भुलाउन आबस्यक छैन । तिमीहरूले हातले सूर्यलाई छेक्न सक्तैनौ । अति भए पछि जनता कसरी सडकमा आउने रहेछन् आज भोलि अमेरिकामा हेर । द्वन्द्वावादले सधै सबै घटनामा परिवर्तन हुने कुरा स्वीकार गर्दछ ।

तिमीहरूलाई हेरेर बिज्ञानको गति रोकिने होइन । यदि तिमीहरूले सामान्य सुधारका काम गरेको भए क्रान्ति केही पछि हुने थियो । तिमीहरूले अहिले जे जसरी प्रतिक्रियावादी कामहरू गरेका छौ यसले क्रान्तिलाई नजिक ल्याउने काम भएको छ ।नकरात्मक रूपमा भए पनि तिमीहरूले क्रान्तिलाई सहयोग गरेका छौ र आफ्नो चिहान खन्दैछौ । अब सर्वहारा मजदुर किसान र त्यस्तै हैसियत राख्ने सर्वसाधारण मानिसहरूले कि आत्म हत्या गर्न पर्ने कि बैज्ञानिक समाजवादका लागि क्रान्ति गर्न पर्ने स्थिति आयो ।

अबस्यै जनताले आत्महत्याको बाटो भन्दा क्रान्तिको बाटो रोज्ने छन् । होसियार रहु तिमीहरू राजा ज्ञानेन्द्र जसरी पनि बस्न पाउने छैनौ । दलितले पनि दलितभित्रै एकता कायम गर्नु पर्छ । गरिब सर्वहारा उत्पीडित सबैको स्थिति एउटै छ । सर्वहारा गैह्य दलितको पनि स्थिति त्यस्तै छ । युध्द जातीय रूपमा होइन, बर्गीय रूपमा गर्नु पर्छ । रूकुम आम नरसंहारको पनि सामुहिक रूपमा प्रतिरोध गर्न आवस्यक छ । आआफ्नो स्थानबाट सहयोग गरी अपराधिलाई सजाँय गराअौ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं