जेठ १५ गते २०७७

ताजा समाचार

जेठ १५ गते २०७७

कोरोना कहर : पाँचौं मृतक



ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुष | अल्कोहलिक लिभर डिजिज अर्थात रक्सीजन्य कलेजो रोगको कारण उनलाई जेठ ११ गते पाटन अस्पताल लगिएको थियो | अस्पताल पुर्याउंदा उनको अवस्था गम्भीर थियो | रातभर आइसीयुमा राखेर उपचार गर्दा पनि सुधार नभएकोले एबम पाटन अस्पतालमा भेन्टिलेटर खाली नभएकोले उनलाई किस्ट मेडिकल कलेजको अस्पतालमा रिफर गरियो |

किस्ट मेडिकल कलेजमा भेन्टिलेटर राखेर उपचार गर्दागर्दै हिंजो बुधबार अपरान्ह ५ बजे उनको मृत्यु भयो | भेन्टिलेटरमा राखेको दिन उनको स्वाब संकलन गरिएको थियो | PCR टेस्टको रिपोर्ट बुधबार राति ८ बजे आएको किस्ट अस्पतालले बताएको छ | पहिलेका ४ जना मृतकको जस्तै उनको पनि कोरोना संक्रमण मृत्युपश्चात पुष्टि भएको हो | उनी कलेजोको दीर्घबिरामी थिए | . यो केसबाट हामीले के संदेश पाएका छौं भने – – बिरामी भएपछि समयमा अस्पताल पुग्यो भने बाँच्ने अवसर प्राप्त हुन्छ | उहाँलाई बेहोस नहुँदै अस्पताल पुर्याएको भए उपचार सफल हुन सक्थ्यो | – गुल्मी मदानेका शिक्षक पनि पटक पटक जन्डिस देखिने समस्याले पीडित हुनहुन्थ्यो |

पहिलेका ४ जना मृतकको जस्तै उनको पनि कोरोना संक्रमण मृत्युपश्चात पुष्टि भएको हो | उनी कलेजोको दीर्घबिरामी थिए

उहाँलाई के कारणले जण्डिस भएको थियो भनेर ठोस डाइग्नोसिस हुन सकेको थिएन | कलेजोको समस्याको कारण दुई जनाको ( तेस्रो र पाँचौं ) निधन भएको बुझिन्छ | तसर्थ ब्यायाम गर्ने, रक्सी / अनाबश्यक औषधि नखाने, मोटो मान्छेले घ्यु / बोंसो / धेरै गुलियो नखाने, मोटोपन नियन्त्रण गर्ने लगायतका अभ्यासले फ्याटी लिभर घटाउने गर्नु जरुरी छ | कलेजोको अन्य समस्या छ भने कलेजो बिशेषज्ञसंग सम्पर्क राखेर रोगको निदान तथा उपचार समयमै गर्नुपर्दछ | @ डा. रवीन्द्र पाण्डे


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं