नेपालमा सञ्चालित मिडिया हाउसहरु नेपाली आमाको चिरहरण हुने गरी भारतीय मिडिया र भारतीय दलालहरु लाग्दा चू गरी बोल्न नसक्नु बिडम्बनाको कुरा हो। नेपालको राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा आबाज बुलन्द नगर्ने मिडियामाथि राष्ट्रबादी नेपाल सरकारले छानबिन गरी यिनीहरूको स्रोत पत्ता लगाउनु पर्छ ।
भारतीय विदेश मन्त्रालयको बिज्ञप्ति छाप्ने तर नेपाली आमामाथि भारतद्वारा हठात् बलात्कार हुँदा राष्ट्रियताको पक्षमा नबोल्ने मिडियाहरु बन्द गर्नेसम्मको काम सरकारले तुरुन्तै गर्नु पर्दछ।
नेपाल सरकार, नेपालका राजनीतिक दलहरु र सारा नेपाली जनसमुदायको तेजोबध हुने गरी भारतले गरेका गतिविधिहरु खेदजनक छन् । एउटा मित्रले मित्रलाई गर्ने मित्रवत् तवरका छैनन् । त्यस्तै नेपालको राष्ट्रियताको बिषयमा स्वाभिमानीपूर्वक आबाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय सेलिब्रेटी महामानव बिपी कोईरालाकी नातिनी आदरणीय मनिषा कोईराला नेपाली आमाकी छोरी, नेपालको धर्ती पूत्री हुन् ।
नेपाली आमाको चिरहरण हुँदा एउटा देशभक्त छोरीको तर्फबाट नेपालको राष्ट्रिय अखण्डतासित सम्बन्धित ट्विटले उनीमाथि सारा भारतका मिडियाहरु निकृष्ट ढ्ङ्गले खनिनु आपत्तिजनक छ। सारा अङ्ग्रेजका सामु नेपाली राष्ट्रियताको हित रक्षाका लागि लड्ने बहादुर र वीराङ्गना नेपालीहरु आफूलाई धारपमा राख्न फेरि पनि तयार छन् । प्रमाण र तथ्यहरुका आधारमा किन्चित डेग चल्नेवाला छैनन् । एक मुठ्ठी प्राण र एक थोपा रगत रहुन्जेल मित्रवत र कुटनैतिक हिसाबले लड्ने छन्, मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने छन् ।
राहतको चामल र दालमा बियाँ र बोक्रा देख्ने मिडिया, मिडिया हाउस र यिनका सञ्चालकलाई राष्ट्रिय स्वाभिमानमाथिको प्रहारले किन छुदैन ? किन देख्दैनन् ?
आग्रह र अनुरोधलाई बेवास्ता गर्दै नेपाली राष्ट्रियतामाथि अझै धावा बोल्ने दुस्साहसपूर्ण काम भयो भने बहादुर नेपालीहरु पर्यो भने हातमा दही जमाएर बस्ने छैनन् । ईट्टके जवाफ पत्थरले देदुङ्गा भन्ने कावतबाट राम्ररी परिचित छन् । अनि नेपाली राष्ट्रियताको बिषयमा नेपालका ठूल्ठूला नेताहरुलाई बोलाएर भयङ्करको अन्तरवार्ता लिने ठूल्ठूला पत्रकारज्यूहरु कुन दुनियाँमा हुनुहुन्छ ? भारतका सामु लिम्पियाधुरा, लिपुलेक र कालापानीको नेपालको हो भनी आवाज दोहोर्याउन नसक्ने ? भारतीय मिडियाहरु नेपाल, नेपाली र नेपाल सरकारमाथि नेपालको राष्ट्रिय स्वाभिमान, अखण्डता र स्वाधिनतामाथि धारे हात लाइरहेका छन्, । भारतीय मिडियाले रबैया देखाइरहदा नेपाली मिडियाहरु चूईक्कसम्म बोल्ने हिम्मत, आँट र साहस देखाइरहेका छैनन् ।
राहतको चामल र दालमा बियाँ र बोक्रा देख्ने मिडिया, मिडिया हाउस र यिनका सञ्चालकलाई राष्ट्रिय स्वाभिमानमाथिको प्रहारले किन छुदैन ? किन देख्दैनन् ? कि उतैको दानापानीले चलेका छन् ? राष्ट्रिय एकतामा यिनीहरूको भूमिका र कर्तव्य खोइ ?









