जेठ ७ गते २०७७

ताजा समाचार

जेठ ७ गते २०७७

व्यवसाय जोगाउन र मजदुरलाई बचाउन सरकारको ध्यानाकर्षण



सरकारले आह्वान गरेको लकडाउन र कोरोना भाइरसका कारण व्यवसाय धराशायी भएको भन्दै ड्राईभिङ्ग स्कुल संघ नेपालले सरकारको ध्यानाकर्षण गराएको छ ।

स्कुल संघ नेपालका केन्द्रीय महासचिव उमेश सिकेले विज्ञप्ति निकालेर कोरोना भाईरस संक्रमणबाट जोगिन सरकारले चालेको कदम उपयुक्त भए पनि यसबाट ब्यवशाय र व्यवसायमा आश्रित मजदुरहरुको व्यवस्थापनका लागि पनि सरकारले सोही बमोजिम कदम चाल्न माग गरिएको छ ।

नेपाल सरकारले गत चैत्र ११ गतेबाट घोषणा गरेको लकडाउन हालसम्म जारी छ । विज्ञप्तिमा यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने बारेमा सरकारले निजि क्षेत्रसँग आवश्यक समन्वय तथा छलफलका गरी निकास निकाल्न आग्रहसमेत गरिएको छ । संघले जटिल परिस्थितिमा आर्थिक रुपमा समाजमा रहेका बर्गलाई कसरी राहत दिन सकिन्छ, रोजगारीका समस्या कसरी हल गर्न सकिन्छ भन्नेबारे राज्यलाई गहिरो अध्ययन गर्न पनि आग्रह गरेको छ ।

बित्तीय संस्थाहरुले व्यवसायीको खातामा रहेको रकम पनि जफत गर्न थालेको बिषयमा पनि संघले आपत्ति प्रकट गरेको छ । सामान्य गर्जो टार्न सहयोग पुग्ने रकम समेत बित्तिय सस्थाहरुले तानेर पीडा माथि झन पिडा थप्ने काम भएकोले तत्काल यस्ता कार्य रोक्न राज्यले आबस्यक कदम चालोस भन्नेबारे पनि ध्यानाकर्षण गराएको छ ।

यसको बिकल्पको रुपमा बैक तथा बित्तीय सस्थाहरुको ऋणको ब्याज तथा किस्ता भुत्तानी गर्ने समय सिमा थप गरी चालु पुजिका लागि सुरुको कर्जाका आधारमा केही ऋण थप गरिदिने नीतिगत र्निणय गर्न आग्रह गरिएको छ । प्रशिक्षण स्थलका सवारी नविकरणमा बिलम्व शुल्क र कर छुट तथा तत्काल मजदुरलाई उचित पारीश्रमिक दिन सक्ने अबस्था नभएकाले सामाजिक सुरक्षा कोषबाट खर्च गर्ने गर िमजदुरको पारिश्रमिक व्यवस्थापन गर्न पनि माग गरिएको छ ।