जेठ ४ गते २०७७

ताजा समाचार

जेठ ४ गते २०७७

विश्वविद्यालयलाई खण्डहर नबनाउनुहोस्



श्रीमान् कुलपतिज्यू
सम्माननीय प्रधानमन्त्रीज्यू

मार्फत

श्रीमान् सहकुलपतिज्यू
माननीय शिक्षा मन्त्रीज्यू

आज, बाध्य भएर म यो बिन्तिपत्र फेसबुकमार्फत प्रधानमन्त्रीज्यू समक्ष पु¥याउने कोशिश गर्दैछु । थाहा छैन, उहाँको आँखासम्म वा कानसम्म पुग्छ कि पुग्दैन ? तैपनी कोशीश त गर्नै प¥यो । अर्को कुनै उपाय छैन । पोखरा विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएको ९ महिना भयो । यसै बीचमा रजिष्ट्रार, डीन, परीक्षा नियन्त्रक, लगायतका पदाधिकारीको पनि म्याद सकिएर ती पदसमेत रिक्त छन् । यसबीच दुई पटक काम चलाउ उपकुलपति नियुक्ति भए ।

जति बेला नेपालका सबै विश्वविद्यालयमा उपकुलपति रिक्त थियो, हामीले विश्वास लिएका थियौं अब सरकारले ती सबै विश्वविद्यालयमा पूर्णकालीनउपकुल पति नियुक्त गर्नेछ । दुर्भाग्य, अरु विश्वविद्यालयमा चार वर्षे उपकुलपति नियुक्ती गर्दै गर्दा पोखरा विश्वविद्यालयमा भने नियुक्त गर्न किन आवश्यक ठानिएन ? के पोखरा विश्वविद्यालय नेपाल सरकार अन्तर्गत होइन ? के यो बिश्वविद्यालयको समस्याले सरकारलाई दुख्दैन ?

विश्वविद्यालय कुनै पार्टी वा खास मान्छेको होइन, यो सबैको हो, यसमा पक्ष वा प्रतिपक्ष भन्ने हुँदैन । यसमा प्रदेश वा केन्द्रिय सरकार भन्ने हुँदैन । यसमा कुनै वाद वा सिद्धान्त भन्ने पनि हुँदैन । यो देशको बौद्धिक धरोहर हो तर किन यस्तो संस्थालाई अपाङ्ग बनाउन खोजिदैछ ? सरकार किन बेखबर भए जस्तो वाहना बनाइरहेको छ ?

दुर्भाग्य, अरु विश्वविद्यालयमा चार वर्षे उपकुलपति नियुक्ती गर्दै गर्दा पोखरा विश्वविद्यालयमा भने नियुक्त गर्न किन आवश्यक ठानिएन ?

पोखरा बिश्वविद्यालयलमा ६३ कलेज र ४० हजारभन्दा बढी बिद्यार्थीहरु आबद्ध छन् । झण्डै १० हजारले रोजगारी पाएका छन् । नीजि क्षेत्रका कलेजमा अरबौं रुपैयाँ लगानी भएको छ । लाखौंको भाग्य र भविष्य जोडिएको यो शैक्षिक संस्थालाई ९ महिनासम्म प्रमुख कार्यकारी विहीन बनाएर राख्न कसरी सक्नु भयो प्रधानमन्त्रीज्यू ? अनि यस बिषयमा गम्भीरतापूर्वक लिन सक्नु भएन शिक्षामन्त्रीज्यू ?

तपाईलाई थाह छैन, एउटा विश्वविद्यालयको मूल नेतृत्वदेखि त्यसको मुख्य पदाधिकारी बिहीन भएर रहँदा देशलाई के घाटा हुन्छ ?

प्रधानमन्त्रीज्यू, कस्तो मानिस खोज्नु भएको छ, तपाईंले जुन नेपालमा आजसम्म फेला नपरेको होस् । बिज्ञापन आव्हान गरेको थियो शिक्षा मन्त्रालयले उपकुलपतिका लागि र दर्जनौ इच्छुकले आवेदन दिएको कुरा हामीले सुनेका थियौं । यदि ती आवेदक योग्य पाउनु भएन भने पुनः बिज्ञापन गर्न कसले रोकेको छ ? कि कोही पनि तयार छैनन् पोखरा विश्वबिद्यालयलार्ई नेतृत्व गर्न ? तपाईलाई थाह छैन, एउटा विश्वविद्यालयको मूल नेतृत्वदेखि त्यसको मुख्य पदाधिकारी बिहीन भएर रहँदा देशलाई के घाटा हुन्छ ? तपाई त विश्वविद्यालय सभाको अध्यक्ष हुनुहुन्छ, कुलपति हुनुहुन्छ, किन तपाईंलाई विश्वविद्यालय मन पर्दैन ? कुनै रिस राग छ र यस विश्वविद्यालय प्रति ?

तपाईंलाई कस्ले रोक्यो उपकुलपति नियुक्त गर्न, मलाई थाहा छ । नेपालको संसदीय अभ्यास बेलायतको वेष्ट मिनिष्टर प्रणाली जस्तो छ, जहाँ प्रधानमन्त्री सर्वेसर्वा हुन्छ र उसलाई जुनसुकै मन्त्रीले सहयोग गर्नु पर्दछ । मलाई लाग्छ, तपाईले चाहनु भयो भने १ मिनेटमा उपकुलपति नियुक्त गर्न सक्नुहुन्छ, चाहनु भएन भने विश्वविद्यालयलाई खण्डहर पनि बनाउन सक्नु हुन्छ ।किनकी विद्यार्थीको रिजल्ट रोकिएको छ, दैनिक प्रशासन रोकिएको छ । रणनैतिक योजनाहरु बन्न सकेका छैनन्, कार्यन्वयन हुन सकेको छैन । कोरोनाग्रस्त घडीमा कुनै निर्णय हुन नसक्दा विश्वविद्यालयमा चरम शैक्षिक संकट आइसकेको छ ।

विस्तारै विश्वविद्यालय कोमामा जाने अवस्था छ । विश्वविद्यालयको यस्तो दुर्गतीबारे शिक्षामन्त्रीज्यू र प्रधानमन्त्रीज्यूको ध्यानकर्षण होस् भन्ने हाम्रो चाहना हो । हामी तमाम शिक्षक, कर्मचारी, बिद्यार्थी, लगानीकर्ता र अभिभावक र सरोकारवाला सबैको अनुरोध छ । भो, अति भो अब हामी पर्खन सक्दैनौ । छिटोभन्दा छिटो एक जना उपकुलपति नियुक्ति गरेर विश्वविद्यालयलाई रसातलमा भासिनु अगावै उद्धार गरिदिनुहोस् चार वर्षे भिसि । तर पटके काम चलाउ नै पठाउने बिचार गर्नु भएको छ भने किमार्थ हामीलाई स्वीकार्य हुने छैन ।

लेखक पोखरा विश्वविद्यालयका सहप्राध्यापक हुन् ।