धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै सुत्केरीको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको जनाएको छ ।
उनी नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुने पहिलो हुन्। हालसम्म नेपालमा २ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ३६ जना उपचारपछि निको भइसकेको छ ।
सिन्धुपाल्चोक बाह्रिबिसेको २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको हो। उनको शनिबारै पशुपतिस्थित विधुतिय शवदाह गृहमा अन्तेष्टि गरिने भएको छ। उनको ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि(२०७६’ अनुसार नै अन्तेष्टि हुने मन्त्रालयले जनाएको छ।









