२१ औं शताब्दीको जनबाद र जनताको बहुदलीय जनबादमा आधारभूत भिन्नता देखिन्छ किनकी जबजले माक्र्सवाद लेनिनवाद र माओवाद सारलाई समेट्न सकेको देखिदैन । मित्रवत राजनैतिक शक्तिहरुको बीचमा प्रतिस्पर्धा र शत्रुवतलाई निषेधको राजनीतिलाई अंगीकार गरेको पाईदैन। कमरेड मदन भण्डारीले अमुर्त कुराहरुलाई जबज मा समेटिएको देखिन्छ ।
सर्वहाराको अधिनायाकत्य भनेको अरु कसैको अस्तित्व स्वीकार्य नगर्नु भने होईन, राष्ट्रभक्ती शक्तिहरुसँगको प्रतिस्पर्धालाई स्वीकार गर्नु हो । राष्ट्र बिरोधी, जनता बिरोधी, देश र जनतामाथी शोषण र थिचोमिचो गर्नेहरु सर्वहाराको अधिनायकवादका प्रमुख हुन् । यिनीहरुको अन्त्य नगरी समाजबादको यात्रा अगाडि बढाउन सकिदैन । यो दस्तावेजमा क्रान्तिकारी जनसेनाको निर्माण र क्रान्तिकारी रुपमा हुने रुपान्तरणलाई सहजै स्वीकार गरेको पाईदैन । हामीले मान्दै आएका बिश्वका कम्युनिस्ट विचारक माक्र्स, एगेल्स, लेनिन र माओले एक क्रान्तिकारी पार्टी निर्माणका लागि जनताको सेनाको निर्माणमा जोड दिनुभएको छ । साथै सेना बिनाको पार्टी कम्युनिस्ट पार्टीको स्थापनालाई मान्यता दिएको पाइदैन ।
यसरी एउटा क्रान्तिकारी पार्टीले शक्तिशाली हुनका लागि जनताको सेना हुनुपर्ने कुरालाई जोड दिईरहदा जबजले यो कुरालाई बारम्बार अस्वीकार गरेको पाइन्छ । यसरी यस्ता कुराहरु नसमेटिकन बनेको पार्टी कसरी जनताको पार्टी र कम्युनिस्ट पार्टीको कार्यक्रम हुन सक्छ ? जबजमा केही सकारात्मक कुरा पनि नभएका होईनन्, त्यसमा भएको देशभक्ति भावनालाई त्यस्को बलियो पक्षको रुपमा लिनुपर्छ ।
जबजले यस युगमा बिश्व कम्युनिस्ट आन्दोलन, तिनीहरु पलायन हुनुको कारण र बर्तमान युगमा कम्युनिस्ट पार्टीहरुले गर्नुपर्ने चुनौतीकाका बारेमा बोल्न सकेको देखिँदैन।
जबजले यस युगमा बिश्व कम्युनिस्ट आन्दोलन, तिनीहरु पलायन हुनुको कारण र बर्तमान युगमा कम्युनिस्ट पार्टीहरुले गर्नुपर्ने चुनौतीकाका बारेमा बोल्न सकेको देखिँदैन। कम्युनिस्ट आन्दोलन मा देखिएका समस्यालाई पहिचान गर्नु र ती कमिकमजोरीलाई सुधार गरी अघि बढनु नै कम्युनिस्ट पार्टीको वास्तविक अभिभारा हो ।
कम्युनिस्ट पार्टीलाई जनताप्रति उतरदायी बनाउने हो भने पार्टी को निर्माण, कुन अबस्थामा राख्ने र सत्ता पुग्दा के कस्तो भूमिका गर्ने भने कुरा महत्त्वपूर्ण हुन्छन् । यी कुरालाई ठीक रुपले प्रयोग गर्न नसक्दा बिश्वमा कम्युनिस्ट पार्टीहरुले असफलता ब्यहोर्नु परिरहेको थियो । नेतृत्व, पार्टी भन्दा सत्ता प्रमुख बनेका कारण नै अहिले कम्युनिस्टहरु बिश्वभर नै रक्षात्मक अबस्थामा रहेका छन् । सर्बहारा वर्गको सेनालाई वैचारिक प्रशिक्षण कमीले निष्क्रिय बनाउने र प्रतिक्रान्तीलाई रोक्न नसक्ने अबस्थामा पुर्याउने कार्यले गर्दा यस्तो अबस्थामा आएको हो । यिनै कारणले गर्दा एकपछि अर्को कम्युनिस्टका सत्ता ढले ।
नेतृत्वले तीन कामलाई विचार गरी नेतृत्व गर्नुपर्ने हुन्छ । पार्टी को मुल नेतृत्व सत्ता र राज्य संयन्त्र मा जानु हुँदैन । पार्टीको नियन्त्रणमा राज्य संयन्त्र रहनु पर्छ भने मान्यताको आधारमा पार्टी भित्र र जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप पार्टी नेतृत्वको रहिरहनु पर्छ । पार्टीलाई प्रणालीको रुपमा स्थापित गर्न सक्नुपर्छ भने मेरो मान्यता हो ।
अहिले पार्टीमा दक्षिणपन्थी प्रवृत्ति, क्रान्तिकारी प्रवृत्ति र अर्को यो दुई प्रबृत्तिको बीचमा अल्मलिएको पाईन्छ । माक्र्सवाद र लेनिनवादको विचार धाराको सिर्जनात्मक प्रयोग गरी बनेको नयाँ पार्टी नेकपालाई स्थापित गरेर सामाजबादको गन्तब्यमा आगाडी बढ्नु पर्ने अबस्था देखिएको छ । बामपन्थी विरुद्ध खनिएका ठूला सञ्चार माध्यमहरुको षड्यन्त्र र भ्रम चिर्दै श्रमजीवी, किसान, मजदुर र सर्बहारावर्गको पक्षमा हित हुने खाला काम गर्ने र बुर्जुवा र सामन्त वर्गको अस्तित्व नै समाप्त गरी समृद्ध नेपाल बनाउने जिम्मेवारबाट भाग्ने छुट कोही कसैलाई छैन । त्यसले जबज र २१ औं शताब्दी जनबादको आधारभूत सैद्धान्तिक कुरालाई अगालेर आगाडि बढ्नुपर्ने आजको आवश्यकता हो ।








