प्रकाशदेवले गराए सबै कर्मचारीको कोरोना बिमा

युवा उद्यमी प्रकाशदेव पालिखेले आफ्ना सबै कर्मचारीको कोरोना बिमा गराएका छन् ।

पालिखेले आफूले सञ्चालन गरेका फर्मका कार्यरत कर्मचारीको बिमा गरिदिएका हुन् । शिखर इन्स्योरेन्स पोखरा शाखामार्फत पालिखेले प्रन्सु इन्टरप्राइजेज, पालिखे ट्रेडर्स प्रालि, न्यु रारा स्टोर्स र पल्स मार्केटिङमा कार्यरत कर्मचारीको कोरोना बिमा गराएको शिखर इन्स्योरेन्सका पोखरा शाखा प्रमुख शिव सुवेदीले बताए ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढेकाले कर्मचारीको बिमा गरिदिएको पालिखेले जानकारी दिए । बिमितको पिसिआर जाँचमा कोरोना पोजेटिभ देखिएमा उनीहरुले १ लाख पाउनेछन् ।