पोखरामा राँके जुसुससहित प्रधानमन्त्रीको पुत्ला जलाइयो

नेपाल विद्यार्थी संघले कास्कीमा राँके जुलुससहित प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै बिहीबार नेविसंघले खहरेचोकदेखि राँके जुलुश प्रदर्शन गर्दै हल्लनचोकमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो । उनीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘अतिक्रमण बन्द गर’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘भ्रष्ट नेता होशियार’, ‘भारतीय सेना कालापानीबाट फिर्ता गर’ लगायतका नारा लगाएका थिए ।

कोणसभामा नेविसंघका नेता लक्ष्मण पहारी, नेपाली काँग्रेस पोखरा ६ का ईकाई सचिव शिशिर पहारी, तरुण दल वडा नं ६ का सचिव प्रकाश न्यौपाने, जनप्रिय बहुमुखी क्याम्पस नेविसंघका उपसभापति आदित्य देवकोटा, जनप्रिय बहुमुखी क्याम्पस नेविसंघका सहसचिव शंकर पहारी र सदस्य नवराज विश्वकर्मा लगायतले सरकारले सीमा समस्या गम्भीरतासाथ लिएर समाधान गर्न नलागे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।