बागलुङकी १ वृद्धा कोरोना आशंकामा आइसोलेसनमा

बागलुङमा कोरोना संक्रमणको आशंकामा एक जनालाई धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

गलकोट नगरपालिका ६ चरौदीकी ६५ बर्षिया एक महिलालाई कोरोनाको शंकास्पद लक्षण देखिएपछि स्वाब संकलन गरी आइसोलेसनमा राखिएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।

डा पोखरेलले उच्च ज्वरो र खोकी लागेपछि उपचारका लागि गल्कोटबाट बागलुङ आएकी उनलाई कोरोना आशंकामा स्वाब संकलन गरी आइसोलेसनमा राखिएको जानकारी दिए । ‘उच्च ज्वरो र खोकी लागेपछि उपचारको लागि अस्पताल आउनुभएको थियो,’ उहाँले भन्नुभयो –‘मुटुको समेत समस्या रहेको र कोरोनाको आशंका लागेर स्वाब संकलन गरि आइसोलेसनमा राखिएको हो ।’

उनको स्वाब परीक्षणका लागि आजै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । कोरोनाका लक्षण देखिएकी ती महिला स्थानीय हुन् । उनको ट्राभल हिस्ट्री छैन ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।