कोदो, मकै फले पनि आफ्नै देशको माटाे राम्रो
सगरमाथा पुर्याउने नागबेली बाटो राम्रो
छिमेकिको बारीभरि सुनै सुन फले पनि
पसिनाले भिजाएको मेरै खेतको पाटाे राम्रो
स्वाभिमान गुमाएर परातन्त्र बाँच्नु भन्दा
पेट्राेल ज्ञाँस नपाएर चुलिएको घाटाे राम्रो
दार्जिलिङ, नैनिताल, नालापानी हाम्रै थिए
मोदि काका कोट्याउँदैछन् नबसेको खाटाे राम्रो
रास्ट्रसंघमा उल्लेख छ छिमेकमा अहस्तक्षेप
जानीजानी किन पार्छौ एकअर्कामा फाटाे राम्रो ?






