हामीले संसदीय शासन व्यवस्थालाई आत्मसात गरेका छौं । आबधिक निर्वाचन मार्फत जनताले स्वीकार गर्दा सरकार र अनुमोदित नगर्दा विपक्षमा रहने प्रणाली लोकतान्त्रिक मुलुकहरूमा छ नै। हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदमा करीब दुई तिहाई बहुमतको आडमा छ । हामी सत्तासीन पार्टीका निकै ठूलो सङ्ख्याको कार्यकर्ता पंक्तिले पन्चायती शासन ब्यवस्थादेखि नेपाली काङ्ग्रेसको कुशासन र सर्वसत्तावादी रबैयाका कारण पाएको हण्डर,गोता,अपमान ,पीडा,छुत (अछुत जस्तै निषेधको बाक्लै शृङ्खला सम्झिदा ठूलो पहाडबाट खसे जस्तै कहाली लाग्छ, हलगोरु, बिबाह ,वर्तबन्धबाट अलग गरेका, कम्युनिस्ट भए वापतै स्कुलबाट रेस्टिकेट भएका घट्नाहरु सम्झिदा आँखाबाट बर्र आँसु झर्छ्न्।
परिवारमा कम्युनिस्ट भए वापतै बुवाआमालाई तिनीहरुले दिनसम्म दिएको पिडाका कारण कान्छा कि, नेकपा एमाले छोड नत्र म झुण्डिएर मर्छु भनेर आमा धेरै चुनावका बेला नाम्लो लिएर आत्महत्या गर्न हिडेका घट्नाको एउटा प्रतिनिधि पात्र मात्रै हु म। यस्ता घट्नाहरुको उन्नत चेत पनि नेकपा का नेताहरूमा हुनै पर्ने हो, २०४९ को स्थानीय निकायको चुनाव पछि मलाई झैं नै हरेक क्षेत्रमा ५७/५८ सय झुट्टा मुद्दाहरु लगाइएर खेदिएका, पेलिएका ,जागिर गएका, हल (परेली छुटेका,बिबाह-बर्तबन्ध भाचिएका धेरै योद्धाहरु हुनुहुन्छ नै । हजारौंको सङ्ख्यामा सहादत प्राप्त गर्नुभएका क्रान्तिकारीहरु पनि उत्तिकै हुनुहुन्छ नै ।
यस्ता धेरै आरोह अवरोहहरु छिचोल्दै आउदा समेत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै घरभित्रबाट खेद्नेहरु, धारे हात लगाउने,अमित्रवत ढङ्गले लखेट्नेहरु र अमानवीय ढङ्गले सताउहरुको सङ्ख्या औंलामा गन्न सक्ने जति छ नै। तर, भारत लगायतका संसदीय शासन ब्यवस्थाको अभ्यास भएका देशहरुमा त्यहाँका शासन प्रमुखहरुलाई सघाउनेहरुको ठूलै सङ्ख्या छ । ती देशका सत्तारुढ दलका नेताहरूमा भएको त्याग, बलिदान ,योजना ,दूरदर्शिता, आपसी समझदारी र निष्ठाले गर्दा सत्तारूढ दलहरु र शासनको वागडोर लिएकाहरु ढुक्क पूर्वक शासनसत्ता सन्चालन गरिरहेका छन् ।
तर,सारा मानव जगत कोरोना महामारीको बिरुद्द एक ढिक्का भै लडिरहेको बेलामा एकातिर आधी अर्कोतिर झोलूङ्गो भने झैं हाम्रो मुलुकमा त सत्तारूढ दलकै आफूलाई भयङ्कर ठूल्ठूला नेताहरु हौं भन्नेहरुमा भएको रिस,डाह, लोभ लालच, ईर्ष्या, अपरिपक्वता ,कुण्ठा र बद्लाको भावनाले सिङ्गै नेकपा र प्रधानमन्त्रीलाई वाक्कदिक्क छ। यसरी निजी स्वार्थमा आफूहरूलाई चुर्लुम्म डुबाएर क।केपीओलीकै नाम अगाडि सारेर लाखौं जनताबाट ५ बर्षको लागि अनुमोदित नेकपा र ओलीलाई अघि बढ्न र टिक्न नदिने नेकपाको केही झूण्ड ठूलो समस्याको रूपमा यहीँनेर छ ।
स्थिरता निजी स्वार्थका लागि बाधक हुने भएकाले नेकपालाई आफ्नो ठेक्काको कम्पनी जस्तो सम्झने क प्रचण्ड, माधव नेपाल र खनालहरुको घेरावन्दीमा जनताका प्यारा प्रधानमन्त्री ओली लाई पार्ने बद्नियतपूर्ण र असम्भव षड्यन्त्र गर्न खोजिएको छ।
हाम्रो देशमा क. केपी ओलीको लोकप्रियताको क्लाईमेक्स ,यो राजा दशरथको अयोध्या जस्तो अपराजयी ओली लहर समग्र दक्षिण एशियाको राजनीतिको महत्त्वपूर्ण उदाहरण हो । शक्ति क्षयीकरणको डिलमा पुगेर दुई अङ्कको आधा ठूलोसमेत हुन नसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई थेग्नै नसक्ने आत्मबिश्वासपूर्वक जुरुक्क उठाउने काम कमरेड ओलीको चरम उत्कर्षमा पुगेको लोकप्रियताले हो, ओली लहरले हो। यो जीवीत सत्यमाथि धावा बोल्ने हाम्रो पार्टी केन्द्रीय सचिवालयका कमरेडहरु गोयवल्स शैलीको नजिक हुनुहुन्छ, वहाँहरुको अपवित्र र अबान्छित खेलले कालिदासका चेलाहरुको कथालाई बिर्साउने निश्चित छ।
यो घिनलाग्दो खेलको धृष्टता गर्नु सूर्य हत्केलाले छोप्नु सरहको मूर्खता हो । यस्ता अस्वाभाविक र जनसमुदायबाट च्यूत हुने नैतिक निर्वस्त्रीकरणलाई सचेत लाखौं कार्यकर्ताहरुले छुट दिने छैनन् । किन कि, जुँगाको लडार्इँ लड्ने नेता, कार्यकर्तालाई जनताले कहिल्यै उठ्न नसक्ने गरी टुप्पीदेखि पैतालासम्मको बल लगाएर धूलो चटाएको वा हराएको इतिहास हाम्रो अगाडि छदै छन् । बि।स।२०१५ पछि जुङ्घाको लडाइँ काङ्ग्रेसले नलडी महा मानव बिपीको सट्टा सुबर्ण शमशेर प्रधानमन्त्री भएको भए प्रजातन्त्र हरण हुन्थेन । राजा महेन्द्रले एकतन्त्रीय ,निरङ्कुश पन्चायती ब्यवस्था स्थापना गर्थेनन् भन्ने इतिहासकारहरुको ठम्याइ छ । २०४८ बैशाख २९ गतेको आम निर्वाचनपछि काङ्ग्रेसमा आन्तरिक किचलो, छिनाझम्टी र जुङ्घाको लडाइँ नलडेको भए काङ्ग्रेसका संस्थापक र सर्वोच्च नेता गणेशमानले काङ्ग्रेसबाट सायद बिद्रोह गर्नुपर्थेन होला । २०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालीन नेकपा एमाले सदनको सबैभन्दा ठूलो पार्टी सायदै हुन्थ्यो वा हुदैनथ्यो ,हामीले गम्भीर समीक्षा गर्नै पर्दछ, शिक्षा लिनै पर्दछ।
त्यसपछि मुलुक कति अस्थिर र बेथितिहरु ब्याप्त भए २०५६ सम्म। २०५६ सालको निर्वाचनमा कस्तो नतिजा आयो ? तत्कालीन नेकपा एमालेमा कस्तो पिडा भयो ? किन तत्कालीन एमाले फेरि ०४८ सालकै जस्तो ६९ सिटमा झर्यो ? काङ्ग्रेसले ११२ को आरामदायी बहुमत प्राप्त गर्दा काङ्ग्रेस किन फुट र बिभाजनमा पर्यो ? देश के भयोरुलोकतन्त्र किन अपहरण भयो ? जनयुद्ध झनै बढी किन चर्कियो, कसैले कसैलाई जित्न सक्ने अवस्था किन भएन ? झन् बढी योद्धाहरुले हजारौंको सङ्ख्यामा थप सहादत प्राप्त गर्नुपर्यो ? आफ्ना निहित स्वार्थका लागि जुङ्घाको लडाइँ लड्ने नेता कमरेडहरुलाई लाखौं कार्यकर्ताले औंला ठड्याइरहेका छन् ।
राष्ट्रिय हित रक्षालाई केन्द्रमा राख्ने राजनीतिक संस्कार नेपालमा बिकास नहुनु ठूलो दूर्दशा र अफाप हो हाम्रा लागि । यस्ता बिषयहरु उठाउदा नेताहरू र मित्रहरूका कन्सिरीका रौ ठडिन सक्छन् ,बिषय उठान गर्ने मित्रमाथिभयङ्कर रिस उठ्न सक्छ,बदलाको भावना जागृत हुन सक्छ। किनकि, अस्थिरताले नै अवसरवादी नेता, कार्यकर्ताहरुलाई मलजल गरेको हुन्छ । स्थिरता निजी स्वार्थका लागि बाधक हुने भएकाले नेकपालाई आफ्नो ठेक्काको कम्पनी जस्तो सम्झने क प्रचण्ड, माधव नेपाल र खनालहरुको घेरावन्दीमा जनताका प्यारा प्रधानमन्त्री ओली लाई पार्ने बद्नियतपूर्ण र असम्भव षड्यन्त्र गर्न खोजिएको छ।
यस कारण हाम्रो पार्टीभित्रका लाखौं कार्यकर्ता र लाखौं शुभचिन्तक जनसमुदाय स्थिरता र सुशासनको निमित्त जमेर पार्टी र सरकारको रक्षार्थ दबाब दिनैपर्ने र बोल्नैपर्ने भएको छ।
नेपालको उदयदेखि नै नेपालका सबै प्रधानमन्त्रीहरुले यस्तै नियति भोग्नु परेको छ। जसरी महाभारतको युद्धमा चक्रब्यूहमा पारेर आफ्नै भनिने द्रोण, कृप, कर्ण, दुर्योधन आदि महारथीहरुको घेरावन्दीमा परेर मारिएका अभिमन्युको कथा जस्तो नियति क।केपी ओलीले सामना गरिरहनु परेको छ। यस कारण हाम्रो पार्टीभित्रका लाखौं कार्यकर्ता र लाखौं शुभचिन्तक जनसमुदाय स्थिरता र सुशासनको निमित्त जमेर पार्टी र सरकारको रक्षार्थ दबाब दिनैपर्ने र बोल्नैपर्ने भएको छ। यो हामी सच्चा कार्यकर्ताको साचो कर्तव्य हो।
हाम्रो पार्टी भित्रको मक्किएको तन्तु तत्कालीन एमालेभित्र डेढ दशक बढी नेतृत्वको हालीमुहाली गरेर एकछत्र पार्टी सन्चालन गर्ने दास मनोवृत्तिबाट आएको हिस्सा हो । स्पष्ट बिचार र सूक्ष्म योजना नभएको अदूरदर्शी यो हिस्सा, जसको भाग्यको उदय नै नेपालको अस्थिर राजनीति, हङ्ग पार्लियामेण्ट, मुख्य नायक जननेता कमरेड मदन भण्डारीको अवशान, २०५४ सालको पार्टीको अप्रत्याशित बिखण्डन वा प्रतिस्पर्धामा आमनेसामनेको टक्कर दिन सक्ने नेता कमरेडहरुको चुनावी पराजयका कारणले झुक्किएर भएको छ ।
आजको दिनसम्म पनि केपी ओली र प्रचण्ड मिलाउने वामदेव गौतमको पहल घरिघरि संकटमा नपरुन्जेल माधव र झलनाथको उपस्थिति खास अर्थ राख्ने हुँदैन ।
मदन भण्डारी र मनमोहन अधिकारीको अवशान बिना माधवको उदय कल्पना गर्नै सकिँदैन थियो । २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन एमालेको अप्रत्याशित हार नभएको भए,क माधव नेपालले पराजयको जिम्मेवारी लिदै नैतिकताको आधारमा पार्टी नेतृत्व नछोडेको भए जनताको बहुदलीय जनवादलाई खसीको टाउको झुण्ड्याएर बाख्रीको मासु बेच्ने कामसित तुलना गर्ने झलनाथको पुनरागमन किन्चित सम्भव थिएन । अर्को जीवीत यथार्थता अहिले हाम्रो पार्टीको अन्तरिम बिधानमा जनताको जनवाद उल्लेख भएता पनि यो सिद्धान्त र बिचारका मुख्य नायक क।मदन भएपनि यो बिचारका सच्चा अनुयायी र पक्षपोषकहरु सम आदरणीय नेताहरु क।माधव, बामदेव, केपी र जीवराज आश्रित नै हुन् ।
आजको दिनसम्म पनि केपी ओली र प्रचण्ड मिलाउने वामदेव गौतमको पहल घरिघरि संकटमा नपरुन्जेल माधव र झलनाथको उपस्थिति खास अर्थ राख्ने हुँदैन । जनताका प्यारा नेता ओली बिना यस हिस्साको हालत कन्तबिजोग हुने निश्चित छ,ओली बिना पार्टी भित्र यो हिस्सा सिपाहीहरु बिनाको सेनापति बाहेक अरु केही हुनेवाला छैन। बिना हिच्किचाहट ढुक्कले कमरेड ओलीलाई काम गर्न नदिदा कमरेड ओली नेतृत्वको पार्टी नै जसको तस हुने निश्चित छ।
देशका निम्ति जीवन समर्पित गर्न जान्ने राजनेताको रक्षा जनता स्वयंले गर्छन् । जसरी भारत बर्षको इतिहासमा प्रतिपक्षी गठबन्धनले प्रधानमन्त्री भएको १३ दिनमै १९९६ मे ३१ मा अटलविहारी बाजपेयीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य पारेपछि भारतभर उर्लिएको सहानुभूतितिर संकेत गर्दै लेखक एमपी। कमल आफ्नो पुस्तक ‘अटल बिहारी वाजपेयी’मा लेख्छन्– ूजब अटलबिहारी वाजपेयीको नाम प्रधानमन्त्री पदको लागि भनेर सञ्चारित भयो, जनतामा खुशीको लहर छायो । आफ्नो ४० वर्ष लामो संसदीय यात्राको दौरानमा अटलजी बिहारी बाजपेयीले भारतीय जनता सामु जुन छवि आर्जन गरेका थिए, त्यसप्रति हरेक भारतीयलाई गर्व थियो ।
आफ्नो राजनीति मात्र धरापमा पर्ने जान्दाजान्दै पनि हाम्रा सबैका प्रिय नेता क।केपी ओलीले जोखिम उठाएको गुण चिन्नलाई एक युग नै लाग्न सक्छ ।
सारा राजनीतिक बिरोधहरुलाई यदि एकातिर राखिदिने हो भने यो भन्नु अतिशयोक्ति नहोला कि ,जोकोही पनि अटलबिहारीलाई देशको सर्वोच्च पदमा आसिन रहेको देख्न चाहन्थे । हरेकमा यो विश्वास थियो कि ,बाजपेयी जस्तो कुनै अर्को नेता भारतभर कोही छैन । हरेकमा यो उत्कट चाहना थियो कि ,अटल बिहारी बाजपेयीलाई राष्ट्रको सर्वोच्च जिम्मेवारी सुम्पिनु पर्छ र उनले आफ्ना राजनीतिक अनुभव, व्यक्तित्वको शालीनता, स्पष्ट दृष्टिकोणको बलमा भारतमा जोडतोडले फैलिएको भ्रष्टाचार, अवसरवादिता, अकर्मण्यता, तथा राजनीतिक गिरावट, राष्ट्रबिरोधी तुष्टिकरणबाट जनतालाई मुक्ति दिन सकुन् र नैतिकता, कर्तब्यपरायणता, राष्ट्रियताको ग्राफलाई माथि उठाउन सकुन् ।
२०७३ सालमा राजनेता केपी ओलीलाई सत्ताच्यूत गर्ने हर्कतप्रति पनि नेपाली जनतामा त्यस्तै व्यापक रोष र क ओलीप्रति उच्च श्रद्धा, सम्मान ,सहानुभूति र विश्वास प्रकट भएको थियो । यी दिनहरुमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रैबाट रचिएका ओली बिरोधी अनेकौं षडयन्त्रका तानाबानाहरु र महाभारतको चक्रब्यूह जस्तो हर्कत विफल हुनुमा पनि जनताको क।ओलीप्रतिको अटुट विश्वास सबैभन्दा ठूलो र बलियो आधार हो । सत्ताच्यूत पार्न खोज्दा भारत बर्षमा अटलबिहारी वाजपेयीको जस्तो जनताको सहानुभूतिको छाल उठ्नु र चुनावमा जाँदा मोदीको जस्तै राजनेता ओलीको पक्षमा जनसमर्थनको उभार देखिनुले, उछाल उठ्नुले पनि सिङ्गै नेकपाभित्र र सरकारमा ओलीको विकल्प हुन सक्दैन । हामीले पनि यही पार्टीमा हड्डी घोटेर जीवन बिताएका छौं भनेर औसत नेताहरुले प्रभावशाली नेताको रिस नगर्ने होइनन् । जब विरलै मात्र छर्लंग हुन रुचाउने सच्चाई सबैको सामु अवतरित हुन्छ, तब प्रतिभाको डाह र आरिस्याई गर्नेको मुखमा बुझो लाग्नै पर्दछ ।
क. माधव नेपालको पालामा कुटनैतिक चातुर्यता हुँदाहुँदै पनि वस्तु, घटना र अरु दललाई हेर्ने स्पष्ट दृष्टिकोणको अभावमा, मुख्य प्रतिस्पर्धामा रहेका दलहरुसित आमनेसामुनेको खास लडाइँ लड्ने कला नहुदा र कार्यकर्ता को संरक्षण र ब्यवस्थापनका खास सूत्रहरु हुन नसक्दा एकपछि अर्को अनुकूलता र सम्भावनाका भ्रूणहरु हत्या हुँदै गए । तर पार्टी र सरकारको सर्वोच्च र शीर्ष पदमा नरहेर पनि, पार्टीका शीर्ष हस्तीहरु नै तत्कालीन माओवादीका गोटी भइरहेको अवस्थामा पनि राजनेता ओलीले हाम्रो गौरवशाली पार्टी तत्कालीन नेकपा एमालेको व्यापक शक्ति सन्चय र प्रतिस्पर्धी कम्युनिस्ट पार्टी तत्कालीन माओवादीसित फेश टु फेशको कुशलतापूर्वक खरो बैचारिक लडाइँ लड्दै ओली लहरको सौभाग्य थमाइदिनु प्रभावशाली नायकले छोड्ने प्रभावको ज्वलन्त उदाहरण थियो । जनता र कार्यकर्ताको प्यारो राजनेता को अब्बल नमूना थियो नै ।
तत्कालीन नेकपा एमाले २०६७/६८ सालतिर माधव र झलनाथले पस्किएको ओसेपिलो ओरालो राजनीतिको मारमुंग्रीमा परेर बडो मुस्किलले जोगिएको पार्टी हो । त्यसको कुशल नेतृत्व क।केपीले गर्नुभएको कुरा स्थानीय तहको चुनावमा तत्कालीन एमालेले एक्लै ६० % भन्दा बढी स्थानमा अभूतपूर्व बिजयी हासिल गर्नुले सिद्द गर्दछ। पूर्व एमालेमा तुषको अभाव भएर माओवादीसँग एकताको हात अघि बढाइएको थिएन, अनि एमाले कमजोर भएर पनि एकताको हात अगाडि सारिएको थिएन । तत्कालीन एमाले शक्तिशाली भएकै बेलामा एकताको हात अगाडि बढाइएको थियो । पाए देशले स्थिरता, समृद्धि पाउने, नेपालको वामपन्थी आन्दोलनले पोल्टाभरि सौभाग्य पाउने र परे आफ्नो राजनीति मात्र धरापमा पर्ने जान्दाजान्दै पनि हाम्रा सबैका प्रिय नेता क।केपी ओलीले जोखिम उठाएको गुण चिन्नलाई एक युग नै लाग्न सक्छ ।
यी र यस्ता खाले हर्कत र सुनियोजित षडयन्त्रहरुको ओइरो साच्चिकै नरोकिने हो भने एमाले फेरि पुनर्गठन हुन सक्ने जीवन्त यथार्थ ता छदैछ ।
एकातिर समआदरणीय नेताहरू कमरेड झलनाथ र माधवबाट सिस्नोको माला छँदाछँदै कमरेड प्रचण्डबाट काउसोको मालाको खतरा मोलेर आदरणीय अध्यक्ष कमरेड ओलीले गरेको त्याग र समर्पणलाई देशैभरिका लाखौं कार्यकर्ता र जनताको अदालतबाट अनुमोदित भएको कुरा बिगत निर्वाचनमा हासिल गरेको करीब दुई तिहाई बहुमतले प्रमाणित गर्छ नै। तर, लाखौं कार्यकर्ता र जनसमुदायबाट यसको पूजीकरण र पर्याप्त गोडमेलको आवश्यकता छ। वास्तवमा अझैसम्म संसदीय दलको नेतामा क झलनाथको हार र पार्टी अध्यक्षमा माधव नेपालको हारका दोहोरो आक्रमणको निशाना क ओलीतिरै सोझिएका थिए ।
दुई शक्तिशाली कम्युनिस्ट पार्टीहरुको एकतापछि कमरेड प्रचण्डले समन्वय र समझदारीको दिगो बाटो नहेरी पार्टी तत्कालीन माओवादी केन्द्रको शक्ति क्षतबिक्षत गराइदिएको रिस यति चाँडै साट्न र साध्न खोज्नु परिपक्व उस्तै राजनेताको पाको राजनीति हुन सक्दैन । यी र यस्ता खाले हर्कत र सुनियोजित षडयन्त्रहरुको ओइरो साच्चिकै नरोकिने हो भने एमाले फेरि पुनर्गठन हुन सक्ने जीवन्त यथार्थ ता छदैछ ।
कमरेड ओली बिनाको प्रचण्ड, नेपाल र खनालको बाँकी जीवन नगण्य सिपाहीहरु भएको बटालियनको सेनापति जस्तो मात्र हुनेछ भन्नुलाई अहिले धम्की ठानिएला तर हुने यस्तै हो ।
धेरै दुख गरेका छौं भनेर कहाँ हुन्छ र रु पात्रहरु धैर्य गरे केपी हुन्छन् र धैर्य नगरे सीपी हुन्छन् । ओलीको आरिस गर्नु पूर्व आफ्नो औकात नभुल्न र ६० को दशकमा जस्तै एक मजाक नगर्न नेतात्रयले बुझ्नुपर्ने हो । बहर छँदाका नेतात्रयलाई दाउन सक्ने ओलीसँग बूढो गोरुको क्लबलाई हैसियत देखाइदिने आँट पनि सदावहार खालको छ ।









