गजल : बुद्ध मान्छ तर हिंसा छोड्दैन यो मान्छे

बुद्ध मान्छ तर हिंसा छोड्दैन यो मान्छे
बिना स्वार्थ आखिर बाटो मोड्दैन यो मान्छे

मनन गर्नोस्, सम्बन्ध टिकाउन के के चाहिन्छ ?
विश्वास नटुटी त नाता तोड्दैन हो मान्छे

असमनाता, जालझेल, षड्यन्त्रको भूमरीमा
नपरी त लड्दै टाउको फोड्दैन भो मान्छे

भ्रम छर्ने यो शरीर र भोकले नपिरे त
अर्का लागि मात्र हड्डी घोट्दैन है मान्छे

अर्का आङको जुम्रा देख्ने मान्छेको प्रवृत्ति
तर आफ्ना गल्ती, ईष्र्या गोड्दैन खै मान्छे ।
२०७६–०१–२५, नुवाकोट, तारकेश्वर गाउँपालिका–१, दाङसिङ

 gkfriend8@gmail.com