कविता : छेपारा

रेबिज लागेको लालसत्ता
माक्सको टोपी लाएर
पुँजीवाद र फाँसीवाद चलाउछ ।

कुकुरले त मालिकको
चप्पल होईन, तलुवा चाट्छ ।

यी लाल जुडासहरु
मालिकको चप्पल चाट्न
एक आपसमा कुस्ती खेलछन

यि लाल जुडासहरु
भोको जनतालाई
गुड देखाई पीना चटाउन
माक्सको टोपी लाउछन

कुनै दिन माक्सको टोपी फाटो लागे
रामको टोपी लाउछन

छेपारा हुन छेपारा
हिजो अस्तीसम्म
छेपाराको पुच्छर छोटो थियो
अचेल छेपाराको पुच्छर
उत्तर पुग्यो कि दखीन
पूर्व पुग्यो कि पश्चिम
छेपारा पुच्छर खोज्दैछन

खोइ पुच्छर ?

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।