नमन तथागत …
हामीलाइ सानै देखी बुद्ध दयावान हुनुहुन्थ्यो , प्राणिमात्रलाइ दया गर भन्नु हुन्थ्यो भनेर सिकाइन्थ्यो ।हाम्रा पाठ्यपुस्तक पनि त्यही भन्थे । जिबनको उत्तारार्धमा आए पनि थाह भयो गलत सिकाइएको रहेछ ।
वहां प्राणि भनेको जगत र जगतको आधारलाइ भन्नु हुंदो रहेछ , मानिस पसु चराचुरुंगी किरा फट्यांग्रामात्र होइन । अर्को वहां दया होइन करुणा भन्नु हुंदो रहेछ । दया र करुणामामा त्यतिनै फरक रहेछ जति रात र दिन ,उज्यालो अंध्यारो , गाइ र त्रिशुल ।
करुणा अन्तस्करणको स्वभाव रहेछ , जो गर्न सकिदैन भन्न सकिदैन प्रकट देखिदैन तर स्वाभाबिक हुन्छ । ह्रृदयबाट करुणाका अनन्त धारहरु बही रहन्छन ,स्वयं कर्तालाइ थाह हुन्न म मा के गुज्रिरहेछ । संपुर्ण जगतको मंगल कामना गर्न पर्दैन , हुन्छ भइ रहन्छ ।
बुद्ध बुझ्न कठिन छ, त्यसैले बुद्धमत कर्मकाण्डीहरुले सर्टकट बनाइदिए । मुर्ति बनाइ दिए, कथा, उपकथा बनाइ दिए । हुँदाहुँदा शास्त्र बनाइ दिए, जुन शास्त्रको उहाँ विरोधी हुनुहुन्थ्यो ।
दया मन र सरीरको बाह्य स्वरुप हो । परिस्थिजन्य अबस्थामा प्रकट हुन्छ । यो अहंकारको जगमा उभियको हुन्छ ।पारितोषमा स्वर्ग नाम जयजकारको कामना राख्छ । दया दान संझिइन्छ । एउटा टेलिभिजन पत्रकार ताली, प्रशंसा, माला, खादा, अबीरको अपेक्षा राख्छ । अर्को दान, बाजा बजाएर गर्ने वस्तु हैन, म गोप्यदान गर्छु भन्दै झन ठूलो स्वरमा बाजा बजाउँछ ।
तथागत मुर्तिभञ्जक हुनुहुन्थ्यो, संसारमा सबै भन्दा धेरै मुर्ति वहांकै छन । हाम्रै ललितपुरमा हजार बुद्धमुर्ति भएको बिहार छ , क्यालिफोर्नियाको युकाह सहरमा मैले दस हजार बुद्धको मुर्ति भएको गुम्वा दर्शन गरेको थिएं । बुद्ध बुझ्न कठिन छ, त्यसैले बुद्धमत कर्मकाण्डीहरुले सर्टकट बनाइदिए । मुर्ति बनाइ दिए, कथा, उपकथा बनाइ दिए । हुँदाहुँदा शास्त्र बनाइ दिए, जुन शास्त्रको उहाँ विरोधी हुनुहुन्थ्यो । गुरु बनाइ दिए ईस्वर बनाइ दिए , वहां त अप्प दिपो भव : भनुहुन्थ्यो ।
हामीले तपाइंलाइ न्याय गर्न सकेनौ , क्षमा तथागत …




