सिंगो मानव सभ्यता नै लोप हुने गरि संसार नै कोरोना (COVID -19) को महामारीले आक्रान्त छ l बिस्व जगतका सामाजिक, आर्टिक र भौतिक रुपमा सम्पन्न मुलुकहरुको अबस्था झन् भन्दा झन् बिकराल छ । माया, मोह, धन, सम्पत्ति, पद, प्रतिष्ठा क्षणीक हो भन्ने कुरा एकपटक फेरी प्रमाणित भएको छ । यो भाईरसको महामारीले न त भौगोलिकता भनेको छ, न त बर्ग, लिङ्ग र वर्ण नै भनेको छ ।
शक्ति सम्पन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, धर्म गुरु, चिकित्सक आदि ईत्यादीलाई पनि भाईरसले मृत्युको मुखसम्म पुर्याएको छ । विश्व अर्थतन्त्र डामाडोल छ । निकट भविष्यमा नै भोकमरी र आर्थिक मन्दीले बिस्व जगतलाई फेरी छटपटाहट बनाउने अबस्य नै छ l
२०५२ सालमा सुरु भएको दश बर्षे सशस्त्र युद्दको अन्त्य दिल्लीमा भएको तत्कालिन सात दल र माओवादी बीच भएको बृहत शान्ति सम्झौताले गर्यो । शान्ति सम्झौताको जग र बिस्वासमा भएको दोश्रो जन आन्दोलन , जनआन्दोलनको जगमा भएको संबिधान सभाको निर्वाचन र संविधान सभाबाट भएको लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणाले राजनैतिक परिवर्तन गर्दै एकतन्त्रीय शाहवंशीय शासनको अन्त्य गरेको थियो । राजनीतिक रुपमा बिगत ६० बर्षदेखी संघर्षरत गरिएको संबिधान सभाको निर्वाचन र संबिधान सभाको दोश्रो संस्करणबाट नेपालले अन्तत संविधान प्राप्त गर्न सफल भयो ।
बन्दाबन्दीको पूर्ण रुप पालना गरेर कोरोना महामारीमाथि विजय हासिल गर्दै चाडै मेरो देश फेरि तीव्र आर्थिक विकास गर्ने मुलुकको रुपमा उदाउनेछ ।
यससंगै २०७२ सालको भूकम्प र भारतीय नाकावन्दीले थिलाथिला भएको मुलुक भर्खर भर्खर उठेर अर्थतन्त्रमा सुधार गर्दै थियो । लगभग शुन्य प्राय भएको आर्थिक विकासले दोहोरो अंकमा पुग्ने आधार तय गरिसकेको थियो । विडम्बना ‘बारम्बार पछारिएर शरीरमा लागेको धुलो टकटकाउदै, घाउमा मलम पट्टि लगाउदै तंग्रिदै गरेको मेरो देश फेरी एकपटक उठ्नै मुस्किल हुने गरि भुईमा बजारिएको छ ।’ कोरोना महामारीले सम्पन्न मुलुकसंगै नेपाल जस्ता विकाशोंमुख देशहरुको हालत पनि बेहाल भएको छ l
यो लेख तयार पार्दा सम्म नेपालमा ९९ जना कोरोना संक्रमितमध्य २२ जना स्वास्थ्य लाभ गरि घर फर्किसकेका छन् भने ७७ जना अस्पतालमा उपचाररत छन् । सरकारले बन्दाबंदिलाई जारि राख्दै जेठ ५ गतेसम्म पुर्याएको छ । राष्ट्रिय एवं अन्तराष्ट्रिय हवाई उडान ठप्प छ । बन्दाबंदिलाई जारि राख्दै पिसिआर परीक्षणको दायरालाई बृद्दि गर्दै, ठुला र दिर्घकालिन बिकास निर्माणका योजनाहरुलाई सामाजिक दुरी कायम गरि सतर्कता अपनाउदै अगाडी बढाउनुपर्छ । बन्दाबन्दीको पूर्ण रुप पालना गरेर कोरोना महामारीमाथि विजय हासिल गर्दै चाडै मेरो देश फेरि तीव्र आर्थिक विकास गर्ने मुलुकको रुपमा उदाउनेछ ।









