हामो जस्तो गरिब मूलुक समाजवादी विचार र सिद्धान्त बोकेको पार्टीको हातमा गएको लगभग तीन वर्ष मात्र टेक्न लागेकोे थियो । कोरोनाले विश्व आक्रान्त बनाईदियो । यो सबैलाई थाहा छ, त्यसैले यस बारेमा टिप्पणी गरेर म समय खेरा फाल्न चाहान्न । भरखरै भौतिक निर्माणले मुना हालेको अवस्थामा आजसम्म पुग्दा बन्दाबन्दीले के कती असर ग¥यो ? त्यसको क्षतीपूर्तीका लागि अब अरु कती समय खर्च गर्नु पर्ने हो भन्ने कुराको अनुमानलगाई रहँदा गण्डकी प्रदेश सरकारले निर्माणसम्बन्धी कार्यको खुलासा गरे सँगै निर्माण कार्यले पुन बामे सरेको कुरा पत्रपत्रिका लगाएत विभिन्न संचार माध्यमबाट देख्न सुन्न र पढ्न पाइएको छ ।
चित्रले के उठान गरेको छ भन्दानिर्माण कार्य सुचारु गरे सँगसँगै आर्थिक क्रान्तिमा निर्माण जगतको महत्व के कती छ भने प्रष्ट हन्छ । त्यसैले यो आर्थिक क्रान्तिको बाटोलाई छिचोलेर अगाडि बढ्नु पर्ने अर्को एउटा ठूलो चुनौतीहो । यो चुनौतीलाई पार गर्नका लागि स्वदेशी एवम् विदेशी निर्माण कम्पनीले ठूलै गुरूयोजनाका साथ अगाडि बढ्नुपर्ने देखिन्छ । यसरी अगाडि बढ्नलाई निर्माण व्यवसायी र नेपाल सरकार बिच छलफल हुन जरुरी छ । मलाई आशा छ की नेपाल सरकारले उक्त छलफललाई छिटै चलाउनेछ । र एउटा निर्णय निश्चयनैदिने छ । मैले गरेको त्यो आशाको दियो अवश्य निभ्ने छैन ।
निर्माण कार्य सुचारु गरे सँगै यस क्षेत्रसँग सम्बन्धीत सम्पूर्ण क्षेत्रहरूलाई एकतृत गरी निर्माण कार्यको सुरुवात गरेर सरकारलाई सहयोग गर्नुको विकल्प छैन । किनभने निर्माण एउटा यस्तो क्षेत्र हो जसले गरीब मजदुरका साथसाथै ठूलाठूला उद्योग धन्दासमेत लाई जोडेको छ, भन्ने कुरामाकुनै मतान्तर छैन । मैले यसो भनी रहदाँ मजदुरको स्वस्थसम्बन्धी कुराको पनि प्रश्नचिन्ह्र पक्कै खडा हुनेछ । उक्त प्रश्नलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी निर्माण कार्यलाई दुर्त गतीमा लान सकेको खण्डमा मजदुरहरूको लागि पनि ठूलो राहत सावित हुनेछ ।
यसैगरी मजदुर व्यवस्थापन पनि अर्को ठूलो चुनौती पनि पाहाड सरी ठडीएको छ । साथसाथै, स्थानीय स्तरमा निर्माण सामार्गी कती मौजदात छ भन्ने कुराको पनि हिसाब किताब गर्नु जरुरी देखिन्छ। कार्य प्रारम्भ सँगसँगै निर्माण कार्य स्थगनगर्नु नपरोस् भन्ने तह तरिकाका विषयमा पनि ज्ञान लिन पनि उतिकै जरुरी देखिन्छ । अन्त्यमा, यी सम्पूर्ण चुनौती पार गर्दै निर्माण व्यवसायीले हातेमालो गरेर देश अनि जनताको सुरक्षार्थमा खटिएका अर्का एक सच्चा पहरेदार हुन भनेर देखाउने बेला आएको छ । मलाई आशा छ, सम्पूर्ण निर्माण व्यवसायीहरू देश बनाउनेको अग्रपक्तिमा रहनु हुनेछ ।
(लेखक ईन्जिनियर साथै निर्माण व्यवसायी हुनुहुन्छ)




