कोरोना भाइरसको विश्वव्यापी महामारीका बेला प्रगतिशील इन्जिनियरिङ एसोसिएन नेपाल (पिन) जिल्ला कमिटी स्याङ्जा र नेपाल इन्जिनियरस एसोसिएसन (एनइए) गण्डकी प्रदेशले जिल्ला अस्पताल स्याङ्जालाई खुट्टाद्वारा चल्ने हात धुने प्रणाली प्रदान गरेका छन् ।
कोरोनाबाट बाच्न खुट्टाबाट चल्ने हात धुने मेसिन निकै उपयोगी हुने भएकाले यो मेसिन हस्तान्तरण गरिएको हो । हातले पटक पटक पानीको धारा र ह्यान्ड बास छुँदा ब्याक्टेरिया सर्न सक्ने जोखिम भएकाले खुट्टाले चलाउने प्रणाली बनाईएको पिन स्याङ्जा अध्यक्ष ई टीकाराम रेग्मीले जानकारी दिए ।
इन्जिनियरहरु सन्तोष थापा र रामचन्द्र गिरीले यो प्रणालीबारे जानकारी गराए । कार्यक्रममा जिल्ला समन्वय महासंघ नेपालकी अध्यक्ष तथा जिल्ला समन्वय स्याङ्जा प्रमुख सीताकुमारी सुन्दासले प्राविधिक जनशक्तिमा सामान्य कुरामा पनि विशेष आँखाले हेर्न सक्ने र फरक तरिका अपनाउन सक्ने क्षमता हुने औंल्याइन् ।

पुतली बजार नगर प्रमुख सीमा क्षेत्रीले इन्जिनियरहरुको यो कामले आफू उत्साहित भएको विचार राखिन् । जिल्ला अस्पताल स्याङ्जाका मेडिकल सुपरिटेन्डेट डा सुशील मरासिनीले पिनको सहयोगबाट उत्साहित भएको सुनाए ।
कार्यक्रम जिल्ला अस्पताल स्याङ्जाका अध्यक्ष लोकराज शर्माको अध्यक्षता पिन स्याङ्जा अध्यक्ष ई टीकाराम रेग्मीको सञ्चालनमा भएको थियो । कार्यक्रममा पिन सचिव ई टेक खड्काले पनि बोलेका थिए ।





