कविता : देशभित्रै शरणार्थी भएको छ मान्छे

अचेल नेपथ्यमा सुतेका छन् आवाजहरु
सुतेका छन् कृत्रिम खुशीहरु
अचेल मान्छेले मान्छेसंग शान्त भएर
जीवन जीउन चाहेको पनि धेरै भो
अचेल मान्छेले मान्छे छाडेर एक्लै जीउन
जंगलमा बस्ती बसालेको पनि धेरै भो

अचेल सिकारीहरुभित्र बसेका छन्
अचेल चराहरु मुक्त कण्ठले चीरबिराइ रहेका छन्
अचेल मानिसले टेक्न छोडेका दुबोका भुमीहरु मौलाउँदै छन्
सुतेको छ कोलाहलपूर्ण सडक
प्रिय लाग्छ कोलाहलहीन बस्ती

अचेल सुतेका छन् सडकका नसकिने राता बत्तिहरु
अचेल कोठाबाटै सुन्न सकिन्छ सुस्तरी प्रकृतिले सुनाएका गितहरु
अचेल झयालको चरबाटै पान गर्न सकिन्छ
सहरका पनि हावाका ताजगी स्पर्शहरु

अचेल आफ्नै घरको बरण्डाबाट चियाउन सकिन् छ
नीलो र शान्त आकाश
कल्पना गर्न सकिन्छ स्वच्छ गहिराइको नीलो सागर
पान गर्न सकिन्छ त्यहॉ बग्ने सफा हावा

अचेल देख्न सकिन्छ विरुवाका कलि हरिया पातहरू
अनि बिहानै नदेखिएका हिमालका सेता र सुकिला अनुहार
अचेल नगन्य लाग्छन् पृथ्वीका भुमरी र
पराकम्पीय हलचलहरु
अचेल शुद्ध भएका छन् हामीले पिउने सर्वत र पानी

अचेल आकाशमा पुग्ने धुलो धुॅवा छैन
महासागर सफा छ, समुन्द्र कञ्चन भएको छ
अचेल प्रकृतिक छटा खुलेको छ
अचेल हेर्न सकिन्छ पहाडबाट
बगेका निर्मल र स्धीग्न अविरल नदिहरु

अचेल मानिसलाइ गार्हो भएको छ
सुखले बॉच्न
प्रकृतिलाई सजिलो भएको छ
सजिलै स्वास फेर्न
अचेल झ्यालबाट सजिलै देख्न सकिन्छ
बादलपछिका पनि जूनहरु
छाम्न सकिन्छ मनसुनहरुका ताजगी मौसम

अचेल विस्थापित भएका छन् विश्वले देख्ने सपना
अचेल विस्थापित भएका छन्
आॅफै देशमा घरले देख्ने बिपनाहरु
अचेल नानीहरु भोकले अबिराम रोएका छन्
ज्वोरो ताप र चापले इन्तकाल थलिएका छन्
सहर घर हिडेका शरणार्थीहरुका पाइतलाको तापले
जलेका र रक्ताम्य भएका छन्
अचेल मौन छ सरकार
अचेल मौन छ शान्ति खोज्ने परीवर्तन्
अचेल मौन छन् धर्म र वर्गका पर्चारकहरु पनि
अचेल मौन छन कार्न्तिका इम्तिहानहरु
यही समयमा कुर्चीको कोलाहल छ
घरबेटीबाट निकालिएका छन् सहर बचाइरहेका मान्छे
इमान मरेको छ
फेरि उही तीतो सत्ता र स्वार्थको आकलन छ
अचेल आफ्नै घरमा शरणार्थी भएको छ मान्छे
आफ्नै देशमा शरणार्थी भएको छ मान्छे

तैपनि अचेल झ्यालहरुबाट
हेरिरहुॅ जस्तो लाग्छ किन घरीघरी
त्यो मौन सफा र स्वच्छ शहर
हेरीरहुॅ लाग्छ किन किसानका चिल्ला र हरिया गराहरु
हेरिरहुॅ जस्तो लाग्छ किन हरियो करेसाबारी र शान्त धर्ति
बॉचीरहु लाग्छ पर्कृतिका टॉसेर अनुपम कायाहरु १
अनि टिपिरहुॅ जस्तो लाग्छ क्षितिजका तमाम दृश्यहरु