गीत : भोकभोकै हामी मजदुर सकिएन मर्न

बाध्य पारेऊ हामीलाई थानकोटबाट झर्न
भोकभोकै हामी मजदुर सकिएन मर्न

फेरिदैन देशको मुहार उखान मात्रै हाली
भक्तहरु खुसी हुँदै ठोक्छन अझै ताली
यो देशलाई हुन्न दिन्नौं विर्ता तिम्रो बाउको
हसिया र हथौडाले फोर्छौं तिम्रो टाउको

तिम्रो पन्जाबाट देशलाई छिटो मुक्त गर्न
भोकभोकै हामी मजदुर सकिएन मर्न ।

अबसर छोपी संसदवादमा रमाउनेहरु
कमिसन र घुसखोरीमा कमाउनेहरु
पानी पनि भन्न दिन्नौ पार्छौं फिटीफिटी
संसदीय ब्यबस्थालाई खारेज गर्ने निती।